(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीति
र छाडापनबाट
पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20120224

आफ्नै छोरी ज्वाईँले धारिलो हतियार प्रहार गर्दा सुकमायाँ गोलेको घटनास्थलमानै मृत्यु, बहादुर गोलेलाई उपचारको लागि स्थानीय अस्पतालमा !

प्रहरी सहायक निरीक्षकले आफैंले बोकेकेा पेस्तोलले कन्चटमा हानेर आत्महत्या 
 आफ्नै छोरी ज्वाईँले धारिलो हतियार प्रहार गर्दा माईस्थान- १ मक्सी गाँउ बस्ने ४० बर्षीया सुकमाया गोलेको मृत्यु भएको छ भने उनका श्रीमान ४८ बर्षीय बहादुर गोले गम्भीर घाइते भएका छन्। उनीहरुलाई फागुन १० गते राति धनुषा चारखोला बस्ने संजय बम्जनले ते सासु ससुराले छोरीलाई आफुबाट छुटाएको बिषयलाई लिएर आक्रोशमा आई धारिलो हतियार प्रहार गर्दा सुकमायाँ गोलेको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते बहादुर गोलेलाई उपचारको लागि स्थानीय अस्पताल बर्दिबासमा लगिएको छ। फरार अभियुक्तको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। उदयपुरको जाल्पाचिलाउने- ५ स्थित सुकौरा अस्थायी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षकले शुक्रबार बिहान आफैंले बोकेकेा पेस्तोलले कन्चटमा हानेर आत्महत्या गरेका छन् । परिवारिक तनावमा रहेका प्रहरी सहायक निरीक्षक बलबाहादुर
राउतले बिहान ७ बजेतिर आफैले बोकेका पेस्तोलेले कन्चटमा प्रहार गरेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आत्महत्याको कारण खुलेकेा छैन ।घटनालगत्तै जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्र उप्रेती घटनास्थलतर्फ गएकोले उनी फर्किएपछि मात्रै विस्तृत विवरण आउने प्रहरीले जनाएको छ ।पुरानो घर सोलुको नेचा भएका राउत हाल इटहरीको पाँचगाछीमा बस्दै आएका थिए । उनी विगत ४ महिनायता सुकौरो प्रहरी चौकीमा कार्यरत थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक