20120226

मन्त्रीहरु भ्रष्टाचार काण्डमा धमाधम जेल जान थालेको र २२ भन्दा बढि मन्त्रीका बिरुद्ध उजुरी परेपछि अख्तियारलाई झन निष्प्रभाबि बनाउने प्रयास गरे प्रधानमन्त्री भट्टराईले !

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अब अख्तियारले गर्ने काम पनि आफै गर्ने भएका छन्। उनको मन्त्री परिषदका मन्त्रीहरु भ्रष्टाचार काण्डमा धमाधम जेल जान थालेको र २२ भन्दा बढि मन्त्रीका बिरुद्ध उजुरी परेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भ्रष्टाचारविरुद्धको इकाई स्थापना गरिएको बताएर अख्तियारलाई झन निष्प्रभाबि बनाउने प्रयास गरेका छन् । प्रत्येक सरकारी निकाय भ्रष्टाचारविरुद्ध लाग्नुपर्ने उद्देश्यका साथ यस्तो निकाय स्थापना स्थापना गरिएको बताइएको छ। भ्रष्टाचार नियन्त्रणका लागि क्रियाशील अख्तियार दुरुपयोग अनुसन्धान आयोग विगत पाँचवर्षदेखि प्रमुख आयुक्त तथा आयुक्त नियुक्त हुन सकेका छैनन्। तर माओबादी र मधेशी दलहरु सो आयोगको अधिकार पनि आफै प्रयोग गर्ने शोचमा पुगेको जानकारहरुको भनाई छ। भ्रष्टाचारलाई नियन्त्रणका लागि संवैधानिक निकायले मात्रै काम गरेर नहुने भएकाले यस्तो खालको इकाई स्थापना गरिएको मन्त्रीपरिषद सचिवालयका अधिकारीहरुको भनाइ छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक