हत्यारालाई कारबाही होइन कि मन्त्री बनाएर र प्रहरीकै हाकिम सँग सँगै राखेर हत्यारालाई पुरस्कार दिँदैछन कथित जनप्रिय प्रधानमन्त्री बाबुराम भट्टराई, कठै लोकतन्त्र र गणतन्त्रको कस्तो उपहास ! नियम कानुन र अदालतको आदेशको कस्तो नाँगो उपहास ! यती हुँदापनी अझ जनता जाग्दैनन बा, वाह नेपाली जनता तिमीहरुको महानतालाई मान्नै पर्छ, सुत अझै सुत, प्रचण्ड र बाबुरामका पछाडी कुँद, मातृभूमी माथिको राजनीतिक बलात्कार र हर क्षेत्रमा माओवादीको नाँगो नाचको मुक दर्शक भएर सुत तर एक दिन तिमीहरु कसैलाई पनि यि राजनीतिक अपराधी र भ्रस्टाचारीले बाँकी राख्ने छैन अनी तिमीहरुको घैंटोमा घाम लाग्ला !

कारबाही हुने तर सभासद् ढुङ्गेललाई संरक्षण गरेर राख्ने कार्यले दण्डहीनताले मुलुकमा प्रश्रय पाएको पनि उनले बताए। उनले अहिलेकै अवस्थामा राज्य पक्षबाट दण्डहीनता अन्त्य हुन्छ भन्ने आश कसैले पनि नगरे हुने अवस्था रहेको दाबी गर्दै सभासद ढुङ्गेललाई कारबाही भएन भनेर पीडित र मानव अधिकारवादीले आन्दोलन रोक्न नहुने सुझाव पनि दिए। मानव अधिकारकर्मी चरण प्रसाईले हत्या गर्ने व्यक्ति सबैभन्दा ठूलो नैतिक पतन भएको व्यक्ति स्वत: सावित भएकाले संविधान सभाका अध्यक्षले हत्यालाई नैतिक पतन कार्यका रुपमा लिई सभासद् पदबाट मुक्त गर्नुपर्ने सुझाव दिए। उनले माओवादी नेताहरु अग्नि सापकोटा, सूर्यमान दोङ
र सभासद ढुङ्गेललाई तत्काल पक्राउ गरी कारबाही गर्न पनि माग गरे। उनले पीडितलाई न्याय दिएर कानुनी राज्य स्थापनाका लागि हत्यारालाई कारबाही गर्न राज्य अगाडि बढ्नुपर्ने बताए।
समाजका अध्यक्ष जनक राउतको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा बेपत्ता पीडित न्याय मञ्चका संयोजक रामकुमार भट्टराई र शम्भु अधिकारीलगायतले पनि दण्डहीनता अन्त्यका लागि भन्दा पनि त्यसलाई प्रश्रय दिने गरी राज्यले गतिविधि गरेको भन्दै असन्तुष्टि प्रकट गरे।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक