20120204

हेम सरिता पाठक प्रतिस्ठान अमेरिकाद्वारा प्रदान गरिएको एक हजार डलर राशिको पुरस्कार राष्ट्रपति यादवबाट बितरण

काठमाडौँ / राष्ट्रपति डा. रामवरण यादवबाट हिजो अपरान्ह राष्ट्रपति भवन शीतल निवाशमा नेपाली साहित्य प्रतिष्ठा, उत्तर अमेरिकाद्वारा आयोजना गरिएको एक भब्य समारोहका बीच गत जुलाई महिनामा अमेरिकाको वाशिंगटन डी. शि. मा सम्पन्न अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सब- २०११ का बिजयी कविहरु नुवाकोटका रामबहादुर तामांग, पोखराका शरण आँशु र गोरखाका छम गुरुङलाई पहिलो, दोश्रो र तेश्रो पुरस्कार स्वरूप अमेरिकी डलर क्रमश: १,०००/-,३००/-र २००/- तथा प्रमाणपत्र प्रदान गर्नु भयो. उक्त प्रथम पुरस्कार हेम सरिता पाठक प्रतिस्ठान अमेरिका द्वारा प्रदान गरिएको थियो । हेम सरिता पाठक प्रतिस्ठान नयाँ तर अत्यन्त लोकप्रिय प्रतिस्ठान को रुपमा उदाउँदै गएको छ । जसको संरक्ष्यक समाजसेबी हेम पाठक तथा वहाँकी धर्मपत्नी सरिता पाठक हुनुहुन्छ। त्यसअघि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति कवि बैरागी काईलाले पुरस्कृत कविहरूलाई टिका र राष्ट्रकवि माधव घिमिरेले माला पहिर्‍याइ दिनु भएको थियो. प्रारम्भमा नेपालका संयोजक कवि बिश्वोबिमोहन
श्रेष्ठले राष्ट्रपतिलाई पुष्प-गुच्छाद्वारा स्वागत गर्नु भएपछि सचिब श्रीओम रोदनले स्वागत मन्तब्य राख्नु हुँदै अमेरिकाबाट प्राप्त अध्यक्ष वसन्त श्रेष्ठको लिखित मन्तव्य पढेर सुनाउनु भयो. समारोहमा सम्माननीय राष्ट्रपतिज्यूबाट प्रतिष्ठानको यस किसिमका कार्यहरुको प्रशंशा गर्दै पुरुस्कार सस्थापकहरुलाई धन्यबाद दिदै पुरुस्कृत कविहरुलाई शुभकामना दिनु भएको थियो। अन्तमा सभापतिको आशनबाट संयोजक बिश्वोबिमोहन श्रेष्ठले सबै प्रति यथोचित आभार ब्यक्त गर्दै प्रतिष्ठानको गतिबिधिहरु माथि प्रकाश पार्नु भयो र राष्ट्रपतिलाइ सस्थाका तर्फबाट उपहार स्वरूप ढलौटको सरस्वतीको कलात्मक मुर्ती प्रदान गर्नु भएको थियो. करिव दुइ सय साहित्यकार एबम बुद्धिजीबीहरु सहभागी रहेको उक्त कार्यक्रमको संचालन साहित्यकार बाबा बस्नेतले गर्नु भएको थियो. कार्यक्रमको समाप्ती पछि भएको सुमधुर जलपानमा लामबढ्द सहभागीहरुसंग राष्ट्रपतिले एक एक गरी परिचय गर्दै आयोजकहरुसंग समसामयिक साहित्यिक गतिबिधिहरुप्रति चासो देखाउनु भएको थियो र पुरुस्कृत एबम आयोजकहरुका साथ सामुहिक तस्बिर पनि खिचाउनु भएको थियो.

2 comments:

  1. Pathak paribar ko yo yogdan prati harthik subhakamana sahit bhavisyama ajjha badi rachanatmak ra prenanatmak prasansa haru sunna apiyos...
    Laxman Bhandari, IOWA

    ReplyDelete
  2. pathak paribar le gare ko yo karay prati hami dherai utsahit bhay ka chaun. meena dahal . keshab dahal

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक