20120314

अन्तराष्ट्रिय कलाकार मन्च युरोप महाशाखाले '' स्वदेश गान लेखन प्रतियोगिता 2012 '' गर्ने

नेपाली भाषा, कला र संस्कृतिको उत्थान गर्ने र त्यस्मा संलग्न श्रष्टा तथा प्रतिभाहरुको सिर्जना र प्रतिभालाई अन्तराष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्यले स्थापित अन्तराष्ट्रिय कलाकार मन्च, युरोप महाशाखाले यस वर्ष देखि स्वदेश गान लेखन प्रतियोगिता समेत आयोजना गर्ने भएको छ । लेखन क्षेत्रलाई कलाकारिताको प्रथम कसीको रुपमा लिदै आएको यस महाशाखाले ''स्वदेश गान लेखन प्रतियोगिता- २०१२'' लाई राष्ट्रको लागि समर्पित गर्ने उद्देश्य लिएको र सोही अनुरुप यस पटकको गीत लेखन प्रतियोगितालाई "स्वदेश गान लेखन प्रतियोगिता २०१२" नामाकरण गरिएको कुरा महाशाखाका कार्यकारी सदस्य तथा स्वदेश गान लेखन प्रतियोगिता-२०१२ का संयोजक श्री मित्रलाल पार्देले जानकारी गराउनुभएको छ । उहाँले प्राप्त हुने रचनाहरु मध्ये प्रथम, दोश्रो र तेश्रो हुने रचनालाई महाशाखाले उचित पुरस्कार र प्रमाण-पत्र प्रदान गर्नुका साथै पुरस्कृत रचनाहरुलाई रेकर्ड गराउने सम्बन्धमा आवश्यक सहयोग समेत गर्ने जानकारी गराउनु भयो । प्रतियोगिताका लागि रचनाहरु देहायानुसारको नियम- परिधिमा रही यहि ५ अप्रिल २०१२ भित्र iartistf@gmail.com मा ईमेलमा पठाउनुहुन इच्छुक श्रष्टाहरुलाई महाशाखाले अनुरोध गरेको छ ।

प्रतियोगितासम्बन्धी नियमहरु :-
१. रचना कुनै पनि शीर्षकमा लेख्न सकिने छ ।
२. रचना नेपाली भाषामा लेखिएको हुनुपर्नेछ ।
३. रचना मौलिक र राष्ट्र प्रेमले ओतप्रोत हुनुपर्नेछ ।
४. रचना बढीमा १५० शब्दसम्मको हुनुपर्नेछ वा एक स्थाई दुइ अन्तराको हुनु पर्नेछ ।
५. रचनाको निष्पक्ष मूल्यांकनको लागि विभिन्न देशका सर्जकहरु सम्मिलित एक ५ सदस्यी मूल्याङ्कन समिति गठन गरिनेछ र उक्त समितिको निर्णयनै अन्तिम निर्णय हुनेछ ।
६. प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो हुने रचनालाई क्रमश: नेपाली रुपैया १०,००० (दस हजार), ७,००० (सात हजार), ५,००० (पाँच हजार) नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ ।
७. रचनाकारले रचनाको साथमा आफ्नो नाम ठेगाना र पासपोर्ट साइजको एक प्रती फोटो र सहमति पत्र पठाउनुपर्नेछ ।
८. पुरस्कार पुरस्कृत रचनकारहरुको ठेगानामा पठाइनेछ ।
९. पुरस्कृत प्रथम हुने रचनालाई रेकर्डिंग गरेर संचार माध्यमहरुमा प्रस्तुत गरिनेछ ।
१०. २०१२ अप्रिल ५ पछाडि आएका कुनै पनि रचनाहरु प्रतियोगितामा समावेश गरिनेछैन ।
११. प्रतियोगिताको नतिजा २०१२ अप्रिल १५ मा फ्रान्सको पेरिसबाट घोषणा गरिनेछ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक