20120307

नेपालको नाम बदनाम गरेका यी एस् एल सी पास जिरे खुर्सानीका मुन्द्रे जस्तै विद्वान मनुवालाई चिन्नुभएको छैन भने !

मन्त्री रे ! तर बिदेश उडदा भिसा चाहिन्छ भन्ने थाहा नभएका बज्रस्वाँठ, मान्छे रुपी तर मान्छेको शिकार गर्ने प्राणी, अर्काको देशमा समातिएर हिरासतमा परे, नेपालको नाम बदनाम गरेका यी एस् एल सी पास जिरे खुर्सानीका मुन्द्रे जस्तै विद्वान मनुवालाई चिन्नुभएको छैन भने आउनुहोस यहाँ हामी उनलाई राम्ररी चिनाउँदैछौं । 'मसँग यहीँ बन्दुक छ, सक्छौ भने कारबाही गर' भनी कांग्रेस र एमाले नेतृत्वलाई चुनौती दिने एसएलसी सेकेन्ड डिभिजनमा बल्ल तल्ल पास गरेको सर्टिफिकेट हात पारेका माओवादी "गुण्डा" लोकेन्द्र बिष्ट मगर जसले माओवादीका नाममा धेरैलाई कुट्न, लुट्न, अपहरण गर्न, मार्न आदेश दिने  लगायतका कयौँ अपराध गरेकाले पुरस्कार स्वरुप बाबुराम भट्टराईद्वारा मन्त्री बनाइएका हुन । 
पटक-पटक चर्चामा आइरहने लोकेन्द्र बिष्ट मगर माओवादीको समानुपातिक कोटामार्फत रुकुमबाट चुनिएका सभासद हुन् । प्रतिनिधिसभाको पुनःस्थापनापछि पनि उनी माओवादी तर्फबाट सांसद भएका थिए । त्यसको केही समयपछि नै उनका निजी सुरक्षाकर्मी अनधिकृत पेस्तोलसँगै संसद् हातामा पक्राउ परेका थिए । त्यसको रिसमा उनले संसद्मै 'मसँग यहीँ बन्दुक छ, सक्छौ भने कारबाही गर' भनी कांग्रेस र एमाले नेतृत्वलाई चुनौती दिएका थिए । बिष्टको जन्म २०२१ सालमा रुकुममा भएको हो । उनले ०३९ सालमा एकता केन्द्र मसालको सदस्यता लिएर कम्युनिस्ट राजनीति सुरु गरेका थिए । पञ्चायतकालमै उनी जेल परेका थिए । छुटेपछि २०४६ मा पार्टीको पूर्णकालीन सदस्य भए । २०५१ मा माओवादीको केन्द्रीय सदस्य भए । २०५१ साल असोजमा उनी पक्राउ परे । २०५८ असार २८ मा छुटे । त्यसपछि पनि भूमिगत भएका उनी फेरि २०६१ मा भारतको पटनामा पक्राउ परे । त्यसको दुई वर्षपछि छुटे । तर भारतमा उनीविरुद्ध अझै मुद्दा चलिरहेकै छ । झलनाथ खनालको पालामा उनी १३ दिनसम्मका लागि मात्रै स्वास्थ्यमन्त्री भएका थिए । पछि बनेको बाबुराम नेतृत्वको सरकारमा पर्यटनमन्त्री छन् । रुकुमको एक सरकारी स्कुलबाट २०४५ मा उनले एसएलसी सेकेन्ड डिभिजनमा पास गरेका थिए । प्रचण्ड निकट मानिने उनी  खरा स्वभावका बन्दुके छन् ।


नेपालकै बेइज्ज्यत : माओबादीको मान्छे मार्ने, कुट्ने, लुट्ने, अपहरण गर्ने बिस्वबिद्यालय बाट अपराध बिषयमा बिद्याबारिधी गरे पनि पढ्ने लेख्ने काममा बुढी औलाकै सहायता चाहिने यी महान विद्वान मन्त्रीलाई बिदेश उड्दा भिसा लिएर उड्नुपर्छ भन्ने थाहा रहेनछ !

छ सय एक सभासद्का बारेमा त तपाईंलाई थाहानै छ भनिरहनु पर्दैन । तर भट्टराई सरकारका आधा सय मन्त्री मध्ये कतिपय यस्ता पनि मन्त्री छन जसलाई बिदेश उड्दा भिसा लिएर उड्नुपर्छ भन्ने थाहा रहेनछ । केही समय अघी सँसदमै पेस्तोल बोकेर पुगेका र हँगामा मच्चाएका, बाबुराम भट्टराईका सन्काहा र हावा मन्त्री भनेर चिनिने पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्टले अहिले नेपालकै  इज्जत फालेका छन । भिसै नलिई विदेश उडेका पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्ट अझै युएईको आबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलको ट्रान्जिट मै बस्न बाध्य भएका छन्। सुरुमा उनलाई 'डिपोर्ट' गरिने खबर आए पनि कुटनीतिक प्रयासले उनी मन्त्री रहेको पुष्टि भएपछि त्यहाँका अध्यागमन अधिकारीहरुले उनलाई ट्रान्जिट होटलमा बस्न दिएको छ। कुटनीतिक (रातो) पासपोर्ट बोकेका मन्त्री विष्टले जर्मनीको भिसा लिएका थिएनन्। जुन देशमा जानु पर्ने हो त्यो देशको भिसा नदेखिएपछि आबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनले उनलाई नियन्त्रणमा लिएको थियो। युएईस्थित उपनियोगका प्रमुख दीपक अधिकारीले भने, 'भिसाका कारण समस्या रहेको देखियो।' मन्त्री विष्ट बुधबारदेखि आउँदो आइतबारसम्म जर्मनीको बर्लिनमा आयोजना हुने ट्राभल र पर्यटनसँग सम्बन्धित आइटिबी बर्लिनमा भाग लिन हिजो दिउँसो इत्तेहाद एअरवेजको विमानबाट त्यसतर्फ प्रस्थान गरेका थिए।  माओबादीको मान्छे मार्ने, कुट्ने, लुट्ने, अपहरण गर्ने बिस्वबिद्यालय बाट अपराध बिषयमा बिद्याबारिधी गरे पनि पढ्ने लेख्ने काममा बुढी औलाकै सहायता चाहिने यी महान विद्वान मन्त्रीलाई बिदेश उड्दा भिसा लिएर उड्नुपर्छ भन्ने थाहा रहेनछ भन्दा उनलाई त के नै लाज लाग्छ होला र ! तर हामी नेपाली जनतालाई भने अबस्य लाजले शिर निहुरियो । आची गर्ने लाई भन्दा देख्ने लाई लाज भन्ने उखान त्यसै बनेको रहेनछ बा भनेर यो बिर्खे पनि आज दंग पर्‍यो र सम्झ्यो जिरे खुर्सानीको थेगो र मनमनै भन्यो "ए दुवा तिर्की, बिदेश उड्दा भिसा लिएर उड्नुपर्छ  भन्ने सम्म पनि थाहा रहेनछ है तिमीलाई मन्त्री हुँदा पनि !! प्वाक्क मुखमा हान्नु जस्तो !!!!!" 

4 comments:

  1. malai ta ,, neta g ko aanuhar ma 1 palta thukna paya hunthyo,, asko bawasta garna paroo,,

    ReplyDelete
  2. malai ta neta g ko aanuhar ma 1 palta thukna man lagoo,, kasto bhudimani hunuhudo richa , akhir mantri parnu bho ,,,,

    ReplyDelete
  3. malai ta ,, neta g ko aanuhar ma 1 palta thukna paya hunthyo,, asko bawasta garna paroo,,

    ReplyDelete
  4. खै के लेख्नु र मैले सोचेको भन्दा पनि तपाईंले बढी नै लेख्नु भयो ! हाम्रो नेपालमा कैले मन्त्री हुनकोलागी खास योग्यता तोकिन्छ होला ? एस्तो मान्छेले जर्मनी आएर त्यो पनि ट्राभल र पर्यटनसँग सम्बन्धित आइटिबी सम्मेलनमा के गर्छ होला ? बिचरालाइे यहाँ खान र टट्टी गर्न पनि गाह्रो होला !!!!

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक