20120309

माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सहमति कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको भोलीपल्ट बैद्य पक्षीय गजुरेलले मधेसी मोर्चासँग भएको चारबुँदे सहमति कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने चेतावनी !

माओवादी सचिव सीपी गजुरेलले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग भएको चारबुँदे सहमति कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने चेतावनी  दिनु भएको छ । माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सहमति कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको भोलीपल्ट बैद्य पक्षीय गजुरेलले भने चारबुँदे कार्यान्वयन असम्भव रहेको बताउनु भयो । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा सचिव गजुरेलले संविधान संसोधन गरेर नागरिकता वितरण गर्नु भन्दा नागरिकता नपाएका बास्तविक नेपाली पहिचान गरी नागरिकता दिन विशेष टोली खटाउनु पर्ने बताउनु भयो । नेपाली सेनालाई समावेशी बनाउन छाडेर तीन हजारको समूहगत प्रवेश भन्नुको आधार के हो भनि प्रश्न गर्दै गजुरेलले समूहगत प्रवेशले राष्ट्रियताको संरक्षणमा मद्दत नपुर्याउने दावी गर्नुभयो । जनतालाई झुक्याउन मधेसी दलहरुले तीन हजारको समूहगत प्रवेश गराउने एजेण्डा अगाडि सारेको आरोप लगाउँदै उहाँले समावेशीकरण गरिए त्योभन्दा पनि बढी मधेसीको सहभागी सुनिश्चित गर्न सकिने
तर्क गर्नुभयो ।
कार्यक्रममा फोरम गणतान्त्रिकका कार्यवाहक अध्यक्ष राजकिशोर यादवले मोर्चा सरकार ढाल्ने पक्षमा नरहेको स्पष्ट पार्नुभयो उहाँले भन्नुभयो-’शान्ति र संविधान अगाडि बढ्दा सम्म मोर्चाको समर्थन कायम रहन्छ ।’यादवले मोर्चा सरकार नछाडी सरकारलाई साधन बनाएर चार बुँदे सहमति कार्यान्वयन गर्न लाग्ने बताउनु भयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक