20120312

बिचरा तीन दललाई अझै समय पुगेनछ लौ हेर्नुस त ! समय नपुगेर पो शान्ती र संबिधान अलपत्र परेको रहेछ हगी !

प्रमुख तीन दलले संविधानका विवादित विषयमा सहमति गर्न थप १५ दिनको म्याद मागेका छन् । संवैधानिक समिति अन्तरगतको विवाद समाधान उपसमितिको सोमबार बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरुले अब शान्ति प्रक्रियाबारे भोली ठोस निर्णय आउने र त्यसपछि संविधान निर्माण अघि बढ्ने भन्दै सहमतिका
लागि समय मागेका हुन् । बैठकमा अन्य दलका नेताहरुले भने पटक पटक दिइएको समयमा कुनै प्रगति नभएको भन्दै अब थपिने समयमा सहमति हुने आधार खोजेका छन् । ‘उहाँहरुले भोली शान्ति प्रक्रियाबारे ठोस निर्णय हुने र त्यसपछि संविधान निर्माणबारे सहमति हुने भन्दै १५ दिनको समय माग्नु भएको छ’ उपसमिति सदस्य कल्पना रानाले भन्नुभयो-’हामीले भने सहमतिको आधार के भनेर सोधेका छौं ।’ बैठकमा नियमावली संशोधन समितिलाई तत्काल निर्णयमा पुग्न आग्रह गर्ने सहमति भएको छ । राज्य पुनःसंरचना आयोगको प्रतिवेदन संविधानसभामा प्रवेश गराउन र कुनै पनि प्रस्तावले बहुमत नपाए के गर्ने भन्ने टुङ्गो लगाउन नियमावली संशोधन समिति बनाएको छ । तर, आयोगको प्रतिवेदन संविधानसभा अन्तरगतको राज्य पुनःसंरचना सम्वन्धी समितिमा लैजानु पर्ने माओवादी अडानका कारण समितिले कुनै सझाव दिन सकेको छैन ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक