20120313

बाबुराम भट्टराईको सरकार देश र जनताको पक्षमा नभएको माओवादी बरिष्ठ उपाध्यक्ष मोहन बैद्यको आरोप, सरकारविरुद्ध सडक संघर्ष गर्ने चेतावनी !

"प्रधानमन्त्री सात बुँदे सहमतिलाई मिचेर अगाडि बढ्न खोजेको हामीले बुझ्यौँ" - कङ्रेस र एमाले
माओवादी बरिष्ठ उपाध्यक्ष मोहन बैद्यले राष्ट्रिय सरकार गठनका लागि प्रधानमन्त्री बाबुराम भट्टराई बाधक रहेको भन्दै उनले तत्काल राजीनामा दिनुपर्ने बताएका छन्। सहमतिय सरकार गठन गर्न आवश्यक परे सरकारविरुद्ध सडक संघर्ष गर्ने उनले दिए। रिपोर्टर्स क्लबको टोलीसँग आज छलफल गर्दै उनले सरकार देश र जनताको पक्षमा नभएको आरोप समेत लगाए। उनको भनाइ थियो- 'यो माओवादी नेतृत्वको सरकार हो कि होइन भन्नेमै शंका छ।' उनले दर्जाकै कारण अब शान्ति प्रक्रिया नरोकिने उल्लेख गरे। शान्ति प्रक्रिया अन्तिम अवस्थामा पुगिसकेको भन्दै यस्तो बेलामा पार्टी नेतृत्वले दर्जामा अडान लिन्छ भन्नेमा आफूहरुलाई विश्वास नरहेको उनको भनाइ थियो। उनले शान्ति प्रक्रियामा आफूहरुको स्पष्ट असहमति रहेको उल्लेख गर्दै समायोजनको नाममा जनमुक्ति सेनाको अपमान र निशस्त्रीकरण गर्ने काम
भएको आरोप लगाए। सेना समायोजन विशेष समितिको आजको बैठकमा प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानसेनापति छत्रमान गुरुङले यसअघि सार्वजनिक गरेर विवादमा आएको समायोजन प्रस्तावलाई नै 'मेरो प्रस्ताव' भन्दै अघि सारेका छन्। समितिका सदस्य भीम रावलका अनुसार प्रधानमन्त्रीले यस्तो प्रस्ताव राखेपछि समितिका अन्य सदस्यहरुले आपत्ति जनाएका थिए। उनका अनुसार प्रधानमन्त्रीले आफ्नो यो प्रारम्भिक प्रस्ताव भनेपछि सदस्यहरुले आफूहरुको पनि यो प्रारम्भिक टिप्पणी भएको बताएका थिए। बैठकपछि कुरा गर्दै रावलले भने, 'आजको बैठकबाट प्रधानमन्त्री सात बुँदे सहमतिलाई मिचेर अगाडि बढ्न खोजेको हामीले बुझ्यौँ।'

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक