20120317

कांग्रेस र एमालेसँग मिलेर सरकार ढाल्न बैद्य पक्षले सडक र सदन तताउने, प्रधानमन्त्री वावुराम भट्टराई राष्ट्रघाती र जनविरोधी : वैद्य पक्ष

************
बैद्य पक्षले बाबुरामको राजिनामा माग्दा एमाले र कङ्रेस खुशी हुनु बेकार छ, बैद्य पक्ष भनेको यस्तो लुतो हो जुन लुतो कहिलै निको हुँदैन, बाँदरको लुतो जस्तो !  बैद्य पक्षसँग मिलेर एमाले र कङ्रेस सरकार ढाल्ने निर्णयमा पुगे भने त्यो नेपालको लागि  अर्को दुर्घटना हुनसक्छ । बाबुराम भट्टराई अब नेपाली जनताका प्रधानमन्त्री होइनन कि हत्यारा, अपराधी, भ्रस्टाचारी, गुण्डादलका मात्र प्रधानमन्त्री साबित भए भन्ने कुरा कसै बाट नछिपे पनि बैद्य पक्ष जस्तो अर्को नालायक र हुनै नसक्ने जिद्दी गर्ने अपराधी जमात, सन्काहाहरुको जमात सँग सती जाने निर्णय एमाले कङ्रेसले नगरुन, अर्को बैधानिक बाटोबाट बाबुरामलाई सिंहदरबारबाट निकालेर सडकमा झारुन र माओवादी लाई नङ्याउन सफल होउन भन्ने जनताको चाहनालाई कत्तिको मनन गरिन्छ हेर्न बाँकी नै छ ।         
                                                 ****************************************
माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरण पक्षले आफ्नै पार्टीका उपाध्यक्ष डा. वावुराम भट्टराई नेतृत्वको सरकार ढाल्न सडक र सदनवाट संघर्ष गर्ने घोषणा गरेको छ । शान्ति प्रकृया टुंगाउन दलहरुवीच निर्णायक वार्ता भइरहेका बेला असन्तुष्ट वैद्य पक्षका नेताहरुले शनिवार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै आन्दोलनमा गएको घोषणा गरेका हुन् । भट्टराई सरकार बनेदेखि नै बिरोध गर्दै आइरहेको वैद्य पक्षले पार्टीलाई सरकारबाट फिर्ता बोलाउन दबाब दिने र त्यसो गर्दा पनि सरकार नढले अबिश्वास प्रस्ताव ल्याएरै भएपनि सरकार
ढाल्ने वताएको छ ।  वैद्य पक्षले बनाएको क्रान्तिकारी जनपरिषद्का संयोजक एवं पार्टी सचिव सीपी गजुरेलले भन्नुभयो- ‘सरकार ढाल्न अन्य पार्टीसँग पनि छलफल भइरहेको छ ।’  गजुरेलले भन्नुभयो, ‘यो जेठ १४ सम्मको चरणवद्ध आन्दोलन हो, हामी सदन र सडकवाट आन्दोलनलाई चर्काउछौ ।’ सरकार ढाल्न कांग्रेस र एमालेसँग भएको वार्ता पनि सकारात्मक रहेको गजुरेलेको दावी थियो । समूहका नेता मोहन वैद्य र रामबहादुर थापा अनुपस्थीत रहेको कार्यक्रममा गजुरेलले प्रधानमन्त्री वावुराम भट्टराईले राष्ट्रघाती र जनविरोधी काम गरेको आरोप लगाउनु भयो । वैद्य पक्षले आन्दोलन गर्ने घोषणा गरेपनि कहिले कहिले के कस्ता आन्दोलनका कार्यक्रम गर्ने भन्ने सार्वजनिक गरिएको छैन् । वैद्य पक्षले संस्थापन पक्षको विरोधमा भण्डाफोर अभियान चलाउने घोषणा पनि गरिसकेको छ । भारतसंग गरेको विपा सम्झौता खारेज गर्नु पर्ने र तत्काल सरकारवाट फिर्ता हुनु पर्ने माग वैद्य पक्षको छ । गजुरेलले भन्नुभयो-’शान्ति र संविधान जनपक्षीय नभए आन्दोलन गर्ने पार्टीकै आधाकारिक निर्णय हो । जनपक्षीय संविधान नवने जनविद्रोहमा जान बाध्य हुनेछौ ।’ बिबाद समाधानका लागि गत माघमा अध्यक्षसँग भएको सहमति पालना नभएको र पछिल्लोपटक एक महिनाअघि प्रचण्डले सरकार ढाल्ने वाचा गरेर पनि पुरा नगरेको गजुरेलेको आरोप थियो । ‘एक सातामा भट्टराईलाई राजीनामा गराउँछु भन्नुभएको थियो- गजुरेलले भन्नुभयो- चार साता बित्दा पनि भट्टराईको राजीनामा आएन् ।’ उहाँले पार्टी फुटाउन नभई पार्टीलाई थप एकतावद्ध वनाउन आन्दोलनले मदत गर्ने वताउनु भयो । पत्रकार सम्मेलनमा सचिव सिपी गजुरेल, स्थायी समिति सदस्य नेत्रविक्रम चन्द विप्लव, देब गुरुङ, हितमान शाक्य लगायतका नेताहरु सहभागी थिए ।
प्रधानमन्त्रीका प्रमुख राजनितिक सल्लाहकार देवेन्द्र पौडेलले सडकबाट माग्दैमा प्रधानमन्त्रीले राजीनामा नदिने बताउनु भएको छ ।
प्रधानमन्त्रीको राजीनामा माग्दै आफ्नै दलको वैद्य पक्षले सडक आन्दोलनको घोषणा गरेकोमा आक्रोश पोख्दै उहाँले भन्नुभयो-’प्रधानमन्त्रीको राजीनामा माग्नु मुलुकलाई पुनः द्धन्द्धमा होम्ने षडयन्त्र हो । आफ्नै दलको सरकारको राजीनामा माग्नु गैरजिम्मेवारी र अपरिपक्वता हो ।’
शनिबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा पौडेललेलाखौं जनताको आँशु, रगत र पसिनाबाट खर्चेर बनेको पार्टी र सरकारलाई राष्ट्रघाती भन्नु अराजकता र मुखर्ता भएको बताउनु भयो । ‘बाबुरामजीलाई पहिलेदेखि नै राष्ट्रघाती भन्नेहरु थिए । अहिले त्यसैको पुनरावृत्ति भएको छ-पौडेलले भन्नुभयो । राष्ट्रिय सहमतिको आधार नबनेसम्म र अविश्वासको प्रस्ताव पारित भएको अवस्थामा बाहेक प्रधानमन्त्रीले कुनै पनि हालतमा राजीनामा नदिने भन्दै उहाँले सडकबाट राजीनामा माग्नु भन्दा अविश्वासको प्रस्ताव ल्याउन चुनौती दिनुभयो ।
साक्षात्कारमा कांग्रेस नेता अर्जुन नरसिंह केसीले शान्ति प्रक्रिया टुंग्याउन कांग्रेसले दिएको फागुन मसान्तसम्ममा शान्ति प्रक्रिया पुरा नगरेकाले अव प्रधानमन्त्रीले राजीनामा दिनुको विकल्प नभएको बताउनु भयो ।
‘हाम्रो पार्टीका सभापति सुशील कोइरालाले नै फागुन मसान्तभित्र शान्ति प्रक्रिया टुंग्याउन प्रधानमन्त्रीलाई समय तोकिदिनुभएको थियो, केसीले भन्नुभयो-’त्यो समय तोकिदिएको चार दिन वित्दा पति शान्ति प्रक्रिया नटुंगेकाले प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ । कांग्रेसले बाबुरामको विकल्पमा जाने दृष्टिकोण बनाइसकेको छ ।’ 
माओवादी स्थायी समिति सदस्य देव गुरुङले अध्यक्ष पुष्पकमल दाहालले आफ्नो विचार समूहका नेतामाथि कारबाही गर्न नसक्ने जिकिर गरेका छन् ।
उपाध्यक्ष बाबुराम भट्टराई नेतृत्वको सरकार ढाल्न सडक र सदन संघर्ष घोषणा गरेको मोहन वैद्य समूहका नेता गुरुङले कारबाही गरे मोहनविक्रम सिंहकोजस्तै नियति भोग्नुपर्ने चेतावनी दिए । ‘सके त उहिल्यै कारबाही गर्थे,’ शनिबार सञ्चारकर्मीसँग उनले भने, ‘यो पद्दतिबाट जाँदा पार्टी चल्दैन भनेर त घटनाक्रमले पुष्टि गरिसकेको छ । मोहनविक्रम सिंहले धेरैपटक अभ्यास गरिसकेको हो, अहिले पनि त्यो दोहोरियो भने बिडम्बनाको विषयमात्र बन्छ ।’
गुरुङले पार्टी निर्णयविपरीत सरकार बनेकाले आफूहरुले निर्णय कार्यान्वयन गर्ने योजना बनाएको दाबी गरे । ‘पार्टीको निर्णय बिना किन सरकारमा रहने प्रश्न छ,’ उनले भने, ‘पार्टीले राष्ट्रिय सहमतिको सरकार बनाउने भनेको थियो सहमतिको सरकार नहुँदा किन सरकारमा गइयो ?’

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक