20120319

स्वास्थ्य राज्यमन्त्री सरोजकुमार यादवले आइतबार राति रक्सी पिएर वीर अस्पतालको आकस्मिक कक्षमा पुगी चिकित्सक, स्वास्थ्यकर्मी र पत्रकारहरूलाई अभद्र व्यवहार गरे !

गर्नु गरेउ बाबुराम प्रधानमन्त्री भएर, 
दुवा तिर्की, मधेशीलाई मन्त्रिमण्डलमा लगेर !
स्वास्थ्य राज्यमन्त्री सरोजकुमार यादवले आइतबार राति रक्सी पिएर वीर अस्पतालको आकस्मिक कक्षमा पुगी चिकित्सक, स्वास्थ्यकर्मी र पत्रकारहरूलाई अभद्र व्यवहार गरेका छन् । अस्पतालमा अभद्र व्यवहार गर्दै करिब एक घन्टा बिताएपछि राज्यमन्त्रीलाई जनसेवा प्रहरीको समूहले पछाडिको गेटबाट सुटुक्क बाहिर निकालेको थियो । आकस्मिक विभागका चिकित्साकर्मीहरूका अनुसार राज्यमन्त्रीसँगै आएका उनका
अंगरक्षकले समेत रक्सी पिएका थिए । 'उपकुलपति र निर्देशकलाई १५ मिनेटमा हाजिर गर, नत्र भोलि लात्तीले हानेर निकाल्छु भने राज्यमन्त्रीले,' इमर्जेन्सीमा कार्यरत एक चिकित्सकले राति ९ बजेर २० मिनेटमा कान्तिपुरसँग भने, 'उनी करिब ८ बजेर २५ मिनेटमा यहाँ आए, मुख गनाइरहेको थियो, जँड्याहा जस्तै बोली लरबराइरहेको थियो ।' अस्पतालमा रहेका बिरामीका आफन्त र कुरुवाहरूले राज्यमन्त्री रक्सी खाएर आएको हुनाले उनको मापसे जाँच गर्नुपर्ने आवाज उठाउन थालेपछि उनी लुसुक्क पछाडिको बाटोबाट प्रहरीको सहयोगमा निस्किएका थिए । बाहिर निस्किएलगत्तै उनी आफ्नो गाडीमा अस्पताल परिसर बाहिर निस्किएको प्रत्यक्षदर्शीले बताए । मन्त्रीले इमर्जेन्सीमा कार्यरत डा. विनिता श्रेष्ठ जोशीलाई १५ मिनेटभित्रै निर्देशक, उपकुलपति र इमर्जेन्सीका प्रमुखलाई बोलाउन भनेका थिए । उनीहरू नआए 'भोलि लात्तीले हानेर निकाल्ने' धम्कीसमेत दिएका थिए । चिकित्सकहरूका अनुसार राज्यमन्त्री आफन्तलाई हेर्न अस्पताल पुगेका थिए । उनी इमर्जेन्सीबाट आईसियु गएर फेरि इमर्जेन्सीमै फर्केका थिए । सद्भावना पार्टीका तर्फबाट राज्यमन्त्री भएका यादवलाई त्यतिबेला अस्पताल पुग्नुको कारणबारे सञ्चारकर्मीले सोध्दा छड्के जाँचमा आएको बताएका थिए । लरबरिएको बोलीमा घरिघरि उनी आफन्त बिरामीलाई भेट्न आएको समेत बताइरहेका थिए । '९ बजे छड्के पनि हुँदैन, बिरामीका आफन्तले १५ मिनेटमा हाजिर होऊ भन्दैमा हाजिर हुन सकिने कुरा हैन,' अस्पतालका निर्देशक डा.बुलन्द थापाले राति साढे १० बजे भने, 'यो जनताको अस्पताल हो, कोही मन्त्री, प्रधानमन्त्री भन्दैमा विशेष गर्नुपर्ने आवश्यकता छैन । हाम्रा लागि सबै बिरामी समान हुन् र सबैलाई हाम्रो क्षमताले भ्याएसम्मको सेवा गर्ने नै हो ।' राज्यमन्त्री अस्पताल पछाडिको गेटबाट गएको जनाउँदै डा. थापाले आफूले यस प्रकरणमा छानबिन गरिरहेको जनाए । 'राज्यमन्त्रीजी मादक पदार्थ सेवन गरेर अस्पतालमा आएका थिए,' वीर अस्पताल कर्मचारी युनियनका सचिव दीपक मुडभरीले भने, 'उहाँले अस्पताल हाताभित्र तथानाम अपशब्द बोल्नुभयो, हाम्रै अगाडि पत्रकारलगायत अन्यलाई तथानाम गर्दै हातपातसमेत गर्नु भयो ।' उनले यो प्रकरणको भत्र्सना गर्दै छानबिनको माग पनि गरे । राज्यमन्त्रीले त्यहाँ तस्बिर खिच्न पुगेका फोटो पत्रकारलाई समेत छाडेनन् । 'मलाई साले फोटो खिच्छस् भनेर पाखुरामा हाने,' सौर्य दैनिकका फोटो पत्रकार ज्ञानेन्द्र कार्कीले भने, 'उनले पत्रकारहरूलाई अपशब्द प्रयोग गरे । उनका गार्डले पनि रक्सी खाएका थिए ।' बिरामीका आफन्त र कुरुवाहरूले भने राज्यमन्त्रीले आफ्ना बिरामीका लागि मात्रै विशेष सुविधा खोज्नु नाजायज भएको उल्लेख गर्दै उनको व्यवहारले अन्य बिरामीले समेत दुःख पाएको गुनासो गरे ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक