20120315

मिडियाले पर्दाफास गरिदिए पछी र जताततै बिरोध भएपछी नकचरा नेताहरु स्वीजरल्याण्ड भ्रमणमा निस्किन सकेनन, स्वीजरल्याण्ड को कार्यक्रम नै क्यान्सिल भयो !

प्राप्त पछील्लो समाचार अनुसार मिडियाले पर्दाफास गरिदिए पछी र  शान्ति र संविधानमा केन्द्रीत हुनु पर्ने समयमा विदेश भ्रमणमा जान लागेको भन्दै चर्को आलोचना भएपछि प्रमुख दलका नेताहरुले स्वीजरल्याण्ड  भ्रमण स्थगित गरेका छन् । अधिकांश नेताहरुले भ्रमण स्थगित गरेपछि आयोजकले बिहीबार साँझ कार्यक्रम नै स्थगित गरेका छन् । माओवादी, कांग्रेस, एमाले र मधेसवादी दलका दोस्रो तहका प्रभावशाली नेताहरु शुक्रबार स्वीजरल्याण्ड  जाने कार्यक्रम थियो । विदेश जान लागेको भन्दै चर्को आलोचना भएपछि एमाले संसदीय दलको बिहीबार बसेको बैठकले शान्ति र संविधान निर्माण प्रक्रिया निष्कर्षमा नपुग्दासम्म संवैधानिक समिति र विशेष समितिमा रहेका नेता तथा सभासदलाई विदेश भ्रमणमा जान रोक लगाएको छ । बैठकले सर्बसम्मत पारित गरेको प्रस्तावमा भनिएको छ-’संवैधानिक समिति र विशेष समितिमा रहेका सदस्यहरु आफ्नो जिम्मेबारी पूरा नगरी विदेश भ्रमणमा नजाने निर्णय गरिएको छ ।’ एमालेको निर्णय लगतै कांग्रेस र माओवादीका नेताहरुले भ्रमण स्थगित गरेको बताएका थिए । कांग्रेस पदाधिकारीहरुको बैठकले नेताहरुलाई विदेश नजान भनेको थियो भने माओवादी नेताहरुले आफूहरु भ्रमणमा नजाने निर्णयमा पुगेको बताएका थिए । ‘मुलुकको परिस्थितिका कारण भ्रमण स्थगित गरेका हौं’ कांग्रेस नेता अजुर्ननरसिंह केसीले भन्नुभयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक