20120325

नेपाली भाषाका मूर्धन्य साहित्यकारहरु भीमनिधि तिवारी, सिद्धिचरण श्रेष्ठ तथा काशिवहादुर श्रेष्ठको जन्म शताब्दीको अवसरमा



- गोविन्द गिरी प्रेरणा - 
भर्जिनिया, अमेरिका / नेपाली भाषाका मूर्धन्य साहित्यकारहरु भीमनिधि तिवारी, सिद्धिचरण श्रेष्ठ तथा काशिवहादुर श्रेष्ठको जन्म शताब्दीको अवसरमा तिनले नेपाली वाडमयलाई पुर्याएको योगदानको चर्चा गर्दै एक समारोहकावीच श्रद्धा अर्पण गरियो । विगत ६ वर्षदेखि वाशिंटन डिसीवाट नियमित प्रकाशन भैरहेको नेपाली अखवार विश्वपरिक्रमाको आयोजनामा सम्पन्न सो कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले विदेशमा यसरी भाषा साहित्यका धरोहरहरुको सम्झनामा काम हुनु प्रशंशनिय कार्य भएको बताए । उनले अमेरिकामा साहित्यिक कार्यक्रमहरु तुलनात्मक रुपले वढी हुने गरेको बताउदै  यो निरन्तरता कायम रहोस् भनी शुभकामना दिए । अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीले २० वर्षअघि कुनै साहित्यिक कार्यक्रम गर्न अनेक उपायले मानिस जुटाउनु पर्ने अवस्था थियो भने आज स्वतस्फूर्त रुपमा
यस्ता कार्यक्रमहुन थालेको चर्चा गरे । कार्यक्रममा वोष्टनवाट आउनु भएकी भारती गौतमले भीमनिधि तिवारीको साहित्यिक योगदानको विषयमा कार्यपत्र प्रस्तुत गर्दै नेपाली वाडमयमा विभिन्न विधाका कृतिहरुले योगदान दिएको बताए । कोलोराडोवाट कार्यपत्र प्रस्तुतिका लागि आएका ज्ञानेन्द्र गदालले काशिवहादुर श्रेष्ठको योगदानको विषयमा कार्यपत्र प्रस्तुत गर्दै काशिवहादुर श्रेष्ठले भारतको काशीमा जन्मेर पनि नेपाली वाड्मयमा लेखन, सम्पादन तथा पत्रिका प्रकाशनको माध्यमवाट पुर्याएको योगदान प्रवासका नेपालीहरुका लागि प्रेरणादायी दृष्टान्त भएको बताए । युगकवि सिद्धिचरण श्रेष्ठको साहित्यिक योगदानको विषयमा कार्यपत्र प्रस्तुत गदै भर्जिनियाका वसन्त श्रेष्ठले क्रान्ति विना शान्ति हुँदैन जस्ता अभिव्यक्ति दिए वापत जेल जाने कवि सिद्धिचरणले नेपाली वाड्मयको क्षेत्रमा कविता र गद्यमा योदान दिएको विषयमा चर्चा गरे ।
 डिसी मेट्रो क्षेत्रका संघसंस्थाहरुका तर्फवाट वाल्टिमोरको संस्था वानाका अध्यक्ष विजय श्रेष्ठले शुभकामना मन्तव्य दिंदै पेन्सिलभेनिया तथा मेरिल्याण्डका लागि अवैतनिक महावाणिज्यदूत लोक गायक प्रेमराजा महतको शुभकामना सन्देस पनि ल्याएको जानकारी गराए ।

साहित्यकार तथा विश्वपरिक्रमाका प्रधान सम्पादक गोविन्द गिरी प्रेरणले अध्यक्षता सम्पन्न भएको कार्यक्रममा उनले नेपाली अक्षरलाई नेपालीको घर दैलोमा पुर्याउने उद्देश्यकासाथ संचालन गरिएको विश्वपरिक्रमाले नेपाली वाडमयका यस्ता महान प्रतिभाको चर्चा गरेर नयाँ पुस्तालाई सन्देश दिन खोजेको वताउँदै आगामि दिनमा पनि यस्तै कार्यक्रको निरन्तरता दिने विश्वास दिलाए । कार्यक्रमको सञ्चालनमा  आनन्दु लामा थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक