20120328

आची गर्नेलाई भन्दा देख्नेलाई लाज : पढ्ने बेलामा प्रचन्ड र बाबुरामको निर्देशनमा जनता कुट्ने, लुट्ने, अपहरण गर्ने, घाँटी रेट्ने काममा सक्रिय औँठाछाप माओवादी सभासद रेमबहादुर पुलामीले डमी परीक्षार्थी खडा गरी आफ्नो एसएलसी परीक्षा दिएको पुष्टि !

मकवानपुर क्षेत्र नं २ बाट निर्वाचित माओवादी सभासद प्रेमबहादुर पुलामीले डमी परीक्षार्थी खडा गरी आफ्नो एसएलसी परीक्षा दिएको पुष्टि भएको छ। रौतहटको चन्द्रनिगाहपुरस्थित श्री जनज्योति उमाविबाट एसएलसीको फर्म भरेका सभासद पुलामीले मकवानपुर जिल्ला नामटार- ८ का २५ वर्षीय साहित्य स्याङ्गतानलाई नक्कली परिक्षार्थीको रुपमा आफ्नो परीक्षा लेखाएका हुन्। सिम्बोल नं ०३५५०४६"बी" भएका सभासद पुलामीको नामबाट जुडिवेला मावि परीक्षा केन्द्रमा परीक्षा दिइरहेका स्याङ्गतानलाई सशस्त्र प्रहरीका डिएसपी रामकुमार सिंहको नेतृत्वमा आएको अनुगमन टोलीले बुधवार पक्राउ गर्‍यो। सभासद पुलामिको नामबाट स्याङ्गतानले यसअघिका सबै परिक्षा दिएको बताएका छन्। प्रहरीले उनलाई आवश्यक कारवाही तथा अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गौरमा लगेको छ। यसैगरि मकवानपुर जिल्ला पदमपोखरी गाविसकी तारा मोक्तानलाई बुधवार नै आफ्नी दिदी पूर्णिमा मोक्तानको नामबाट परिक्षा दिइरहेको अवस्थामा रौतहटकै चन्द्रनिगाहपुर स्थित जनज्योती उमावि परिक्षा केन्द्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ। रौतहट जिल्लामा यसपटकको
एसएलसीमा २१ जना नक्कली परिक्षार्थीलाई नियन्त्रणमा लिई शिक्षा ऐन अनुसार कारवाही चलाइसकिएको शिक्षा कार्यलयले जनाएको छ।- उपेन्द्र लामिछाने

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक