(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीति
र छाडापनबाट
पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20120329

बिभिन्न मन्दिरमा पूजापाठ गर्न भन्दै चार दिनका लागि पूर्व राजा ज्ञानेन्द्र शाह धनगढीमा, २० गते मात्रै यहाँबाट राजधानी फर्कने

-कान्तिपुर दैनिकका मोहन बुढाऐर लेख्छन :
धनगढी / पूर्व राजा ज्ञानेन्द्र शाह बिहीबार धनगढी आएका छन् । यहाँका बिभिन्न मन्दिरमा पूजापाठ गर्न भन्दै चार दिनका लागि पूर्व राजा धनगढी आएका हुन् । दिउँसो १२ बजे बुद्धएयरबाट ओर्लेका पूर्वराजालाई गेटा विमानस्थलमा राजावादीले स्वागत गरे । उनको  स्वागतमा सयौं महिला, र बालबालिका पनि लामबद्ध भएका देखिन्थे । त्यहाँ पन्चकन्याद्धारा उनको स्वागत गरिएको थियो । राजसंस्था समर्थकले राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ जस्ता नारा लगाए । पूर्वराज ज्ञानेन्द्रलाई गेटा बिमानस्थलबाटै अघिपछि करिव ३ सय मोटरसाईकल र्याली निकालेर धनगढी ल्याइएको थियो । धनगढीको मुख्य मार्गबाट बिभिन्न बाजागाजासहित पूर्व राजा ज्ञानेन्द्रलाई  होटल
रुवसमा भित्राइएको छ । शिव सेना नेपालकाको टिसर्ट लगाएका सयौं युवाले हातका घेरा हालेर सुरक्षा दिइरहेका थिए । पूर्वराजा स्वागत समितिका सह संयोजक रोम स्वाँरका अनुसार बिहीबार पूर्व राजा ज्ञानेन्द्र होटल मै भेटघाट कार्यक्रममा ब्यस्त रहे । पत्रकार गेटा बिमानस्थलमै पुगे पनि पूर्वराजा ज्ञानेन्द्रले प्रतिक्रिया दिएनन् ।  शुक्रबार महेन्द्रनगरस्थित सिद्धवावा मन्दिरको दर्शन गरि महेन्द्रनगर बसाई सार्ने कार्यक्रम छ ।  सुदूरपश्चिममा रहँदा उनले लक्ष्मिनरायण, नैनादेवी मन्दिरमा पुजापाठ गर्ने छन् । २० गते मात्रै यहाँबाट राजधानी फर्कने कार्यक्रम छ । धनगढीमा उनको स्वागतका लागि जे गरियो त्यसले उनी पूर्वराजा नभई राजा नै भएको झल्को दिन्थ्यो । ठाउँ-ठाउँमा स्वागतद्वार, सयौं मोटरसाइकलको स्कर्टिङ, सडकमा हजारौंको र्‍याली र राजतन्त्र झल्काउने चर्का नाराबाजीले पूर्व राजाको अनुहार झनै चम्किलो देखिन्थ्यो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक