20120331

दुर्गा भवानीको पूजाआराधना गरी आज चैते दशैं र रामनवमी पर्व मनाईंदै

आज चैते दशैं र रामनवमी पर्व मनाईंदैछ । दुर्गा भवानीको पूजाआराधना गरी चैतेदशैं पर्व मनाईने गरिन्छ । काठमाडौं उपत्यकाका शक्तिपीठहरु गुहृयेश्वरी, दक्षिणकाली, शोभाभगवती, रक्तकाली, नक्साल भगवती, कालिकास्थान, सङ्कटा र मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुईंचो छ । चैते दशैँलाई महत्व दिनेहरुले आज भगवतीका मन्दिरमा पूजापाठका साथै पशुबलि पनि चढाउँछन् । वर्षको दुईपटक चैत र असोजमा गरिने दुर्गापूजाको विशेष महत्व रहेको शास्त्रमा उल्लेख छ । यस्तै आज रामनवमी पर्व पनि मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमीको अवसरमा देशभरका राम मन्दिरहरुमा बिहानदेखि भक्तजनको भिड लागेको छ । रामायणका अनुसार त्रेता युगमा राजा दशरथ र रानी कौशल्यका गर्भबाट आजकै दिन जन्मिएको बिश्वास गरिएका रामलाई भगवान विष्णुको अवतार मानिन्छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक