20120316

बाबु प्रचन्ड लाई लुम्बिनी छोरा प्रकाश लाई सगरमाथा दिने बाबुराम तिम्रो उदारता पनि अजिब छ है, प्वाक्क मुखमा हानु जस्तो !!! प्रधानमन्त्री बाबुराम भट्टराईको अर्को साहसिक निर्णय लौ हेर्नुस् !

सुर्य अस्त नहुँदै रक्सीमा मस्त हुने प्रचण्डका शाहसी पुत्र प्रकाश जसको लहड पुरा गर्न जनताले तिरेको कर बाट २ करोड दिंदैछन बाबुराम कामरेड !
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहाल सहितको टोलिलाई सगरमाथा आरोहणका लागि सरकारले दुई करोड रुपैयाँ दिने भएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रचण्डपुत्रसहित माओवादी केन्द्रीय सदस्य कृष्ण केसी नेतृत्वको ११ सदस्यीय सगरमाथा आरोहण टोलिलाई सरकारले दुई करोड दिने निर्णय गरेको हो । 
यिनै हुन मदिरामा मस्त प्रचन्ड पुत्र प्रकाश जसलाई सगरमाथा ढन २ करोड उपलब्ध गराउने बाबुरामको सरकारले घोषणा गरेको छ। वा बाबुराम प्रधानमन्त्री होउन त तिमी जस्ता, त्यो पनि डाक्टर उपाधी भिरेका !!!!
“मेरोबारे सकारात्मक र नकारात्मक स्टाटसले आफ्नो वाल रंगाउने अथवा मिडियामा प्रचार गर्नु हुने सबैलाई विशेष धन्यबाद !!!!” राज्यको ढुकुटीबाट सगरमाथा चढ्न लागेको भनेर सर्वत्र आलोचना भएपछि प्रचण्ड पुत्र प्रकाश दाहालले आफ्नो फेसबुक पेजमा लेखेको स्टाटस हो यो । आफ्नो आलोचना भएकोमा उनलाई कुनै दुखेसो छैन् । उल्टै उनले पैसा थोरै भयो भन्ने गुनासो गरेका छन् । आफूहरुले तीन करोड माग गरेकोमा एक
करोड कम भएको उनको प्रतिकृया छ । आफूहरु शान्ति र संविधानको लागि ‘बलिदान’ दिने हेतुले सगरमाथा जान लागेको, तर यस्तो महान उदेश्यको काममा समेत अरुले भाँजो हाल्न खोजेको उनको बुझाई छ । उनको कुरा सुन्दा लाग्छ, उनी सगरमाथा चढे भने मुलुकमा शान्ति र संविधानको काम पूरा हुन्छ, जुन काम हुन नदिन सबै एकजुट भएर लागेका छन् । अर्थात उनलाई सगरमाथा जान नदिन सबै बाटो छेकेर उभिएका छन् ।

शान्ति र संविधानको महान् उदेश्य राखेर सगरमाथा जाने मान्छेले त शुभकामना र बधाईको ओइरो थापेर भ्याईनभ्याई हुनुपर्ने हो । तर कम्रेड प्रकाश, तपाईंलाई त शुभकामना र बधाई भन्दा आलोचना गर्नेहरु धेरै भए । एकपटक आफ्नै फेसबुक पेज र बाहिरफेरको प्रतिकृया नियाल्नोस् त, दुनियाँले तपाईंलाई के भनिरहेको छ !

तपाईं आफ्नै सुरले सगरमाथा जान लागेको भए कसैले चासो र सरोकार राख्ने थिएनन् होला । तर तपाईं त राज्यको दुई करोड ढुकुटी बोकेर सगरमाथा चढ्दै हुनुहुन्छ । सगरमाथा चढेरै देशको नाम चिनाउन सफल भएका अरु आरोहीले नपाएको सुविधा तपाईंलाई किन ? तपाईं सगरमाथा चढेर के हुन्छ ? शक्तिशाली बाबुका छोरा भएको नाताले तपाईंले राज्यको ढुकुटी पाएजसरी अरुले यसैगरी सगरमाथा जान खोज्दा यस्तो सुविधा पाउने कि नपाउने ? यो जनताले उठाएको प्रश्न हो । अरुले मात्रै होइन, तपाईंकै पार्टीका अरु नेता कार्यकर्ताले समेत गरेको यो प्रश्न तपाईंले पनि सुन्नुभएको होला ? नसुने र नदेखे झैं गर्नुभएको भए फेसबुकमा लेखिएका केही स्टाटस हेर्नुहोस् ।

“हिमाल आरोहण र शान्तिको कामना गरेरै शान्ति र संविधान आउँथ्यो भने कामरेडहरुको माओवाद किन चाहियो ? मार्क्स्वादका ठेली किन घोट्न पर्यो ? परिवर्तनका लागि किन संघर्ष गर्नु पर्यो ? किन गर्नुपर्यो बलिदान ? किन बन्नुपर्यो सहिद ? कामरेडहरुको लावालस्करले हिमाल चढेर टुप्पाबाट खोजेको जस्तो संविधान मागे भैहाल्थ्यो ? परिवर्तनका लागि किन हुँदा हुन् विश्वमा ठूला ठूला क्रान्ति ? देश र जनतालाई ठग्नु, जनताका आँखामा छारो हाल्नु र लुट्नुकोपनि त हद हुन्छनी कामरेड !”

“व्यक्ति व्यक्तिलाई पैसा र पद बाँडेर समृद्ध बनाउने माओवादी रणनीति प्रभावकारी मान्नुपर्छ । जनताको गरिबी नसकाए पनि आफ्नो गरिबी सकाउन ढुकुटी त भर्नै पर्‍यो नि १ अब पैसा चाहिने पनि सर्वहारालाई त हो नि पुँजीपतीलाई हो र ?? !! साम्यवादी व्यवस्थामा सबैलाई समान हुनुपर्छ भनेर पो कमरेडहरुले पैसा बाँड्न थाल्या हुन् । अब पालो त पहिला आफ्नो सन्तानको त आउने हो । प्रचण्ड पुत्रले करोड पड्काए । बाबुराम पुत्रीले पद पड्काइन् । लडाकु कमरेड जिल्लाराम !! व्यक्ति व्यक्तिमा परिवर्तन ल्याउनु पनि महान क्रान्ति हो ।”

प्रधानमन्त्री डा. बाबुराम भट्टराईका प्रमुख राजनितिक सल्लाहकार देवेन्द्र पौडेल सुनीलले प्रचण्ड पुत्र प्रकाशको नेतृत्वमा रहेको अभियानलाई दुई करोड रुपैयाँ उपलब्ध गराउने निर्णय कुनै पनि हालतमा फिर्ता नहुने बताउनुभएको छ । शनिबार रिपार्टस् क्लबमा भएको कार्यक्रममा पौडेलले प्रकाशको अभियानलाई दुई करोड रुपैयाँ दिने सरकारको निर्णयप्रति केही रिर्जभेसन रहेपनि निर्णय फिर्ताको सम्भावना नभएको स्पष्ट पार्नुभएको हो । 
‘रकम दिने विषयमा हाम्रा पनि केही रिर्जभेसनहरु छन्’, विभिन्न युवा विद्यार्थी संगठनहरुले निर्णय फिर्ता लिन गरेको आग्रह प्रति संकेत गर्दै पौडेलले भन्नुभयो, ‘निर्णय फिर्ता हुने सम्भावना छैन ।’
उहाँले सडकबाट कसैले राजीनामा माग्दैमा प्रधानमन्त्रीले राजीनामा नदिने बताउनुभयो । प्रधानमन्त्रीको राजीनामा माग्दै आफ्नै दलको वैद्य पक्षले सडक आन्दोलनको घोषणा गरेकोमा आक्रोश पोख्दै पौडेलले प्रधानमन्त्रीको राजीनामा माग्नु मुलुकलाई पुनः द्वन्द्वमा होम्ने षडयन्त्र भएको बताउनुभयो 
लाखौं जनताको आँशु, रगत र पसिना खर्चेर बनेको पार्टी र सरकारलाई राष्ट्रघाती भन्नु अराजकता र मुखर्ता भएको उहाँको भनाई छ । ‘बाबुरामजीलाई पहिलेदेखि नै राष्ट्रघाती भन्नेहरु थिए’, उहाँले भन्नुयभयो, ‘अहिले त्यसैको पुनरावृत्ति भएको छ ।’
प्रधानमन्त्रीले कुनै पनि हालतमा राजीनामा नदिने स्पष्ट पार्दै उहाँले वैद्य पक्षलाई कुन मन्त्रालय चाहिएको हो, त्यसबारे छलफल गर्न सरकार तयार रहेको बताउनुभयो । प्रधानमन्त्री भट्टराईले राजीनामा दिए अर्काे प्रधानमन्त्री खोज्दैमा जेठ वित्ने दावी गर्दै उहाँले शान्तिप्रक्रिया टुंग्याउन अहोरात्र खटिरहेका बेला प्रधानमन्त्रीको राजीनामा माग्नु ‘कहीँ नभएको जात्रा हाडीगाउँमा भएको टिप्पँणी गर्नुभयो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशलाई सगरमाथा चढ्न भन्दै माओवादी नेतृत्वको सरकारले २ करोड रुपैयाँ दिने निर्णय गरेपछि त्यसको सर्वत्र विरोध भएको छ । काँग्रेस र एमालेका भ्रातृ संगठनले सडकमा निस्किएर प्रधानमन्त्रीको पुत्ला र तस्विर जलाउन थालिसकेका छन् ।
सोसियल नेटवर्किङ्ग साईट फेसबुकमा रमाउनेहरुले पनि प्रकाशलाई २ करोड रुपैयाँ दिने सरकारी निर्णयको विरोधमा फेसबुकका पाना भरेका छन् । फेसबुमा आफ्नो आलोचना भएपछि प्रकाश स्वयंले पनि आलोचकलाई गाली गर्न फेसबुककै सहरा लिनु भएको थियो । बिहान फेसबुक स्टाटसमा  “मेरोबारे सकारात्मक र नकारात्मक स्टाटसले आफ्नो वाल रंगाउने अथवा मिडियामा प्रचार गर्नु हुने सबैलाई विशेष धन्यबाद !!!!” लेख्ने प्रकाशले शनिवार बेलुकी फेसबुक नै डिएक्टिभ गर्नुभयो । यो समाचार लेखिरहँदासम्म साथी भइसकेकाहरुले समेत प्रकाशको फेसबुक भेट्न सकेका छैनन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक