-नेहा शर्मा
जनकपुर, २५ फागुन । जमघटमा साहित्यकार, राजनीतिकर्मी, पत्रकार, बुद्धिजीवी, व्यापारी, समाजसेवी, नागरिक समाजका अगुवा भेला हुन्छन् । मिथिला नाट्य परिषद् (मिनाप) जनकपुरले गर्दै आएको जमघटले उपाधि भने महामूर्खको दिने गरेको छ । बिहीबार जनकपुरमा भएको महामूर्ख सम्मेलनमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ रामभरोस कापडी ‘भ्रमर’ महामूर्ख घोषित भएका छन् । कार्यक्रममा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष दिगम्बर राय पटमूर्ख, कवयित्री पुनम झा ब्रह्मकुमारी, सार्वजनिक लेखा समितिका अध्यक्ष रामकृष्ण यादव वंशकुरहर, प्राध्यापक विजय दत्त वैशाख नन्दन, पूर्वमेयर बजरङ्गप्रसाद साह
चौपटानन्द घोषित भए । यस्तै, गोपाल झा सिलौटानन्द र नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष रामआशिष यादव वज्रबङ्कर घोषित भएका छन् । सम्मेलनमा सहभागीहरू एक–अर्कालाई रङ लगाउँछन, सँगै मालपुवा र भाङ खान्छन् र एक अर्कामाथि चोटिलो व्यङ्ग्य गर्छन् । यसरी एक–अर्कालाई सम्मानपूर्वक अपमान गर्ने र मनोरञ्जन गर्ने पर्वमा महामूर्ख घोषणा हुने गरेको छ । लामो समयदेखि महामूर्ख सम्मेलनको आयोजना हुँदै आएको छ । कार्यक्रममा महामूर्ख बन्न सहभागीहरू लालायित बन्छन् । सम्मेलन गर्नाको औचित्यबारे मिनापका अध्यक्ष मदन ठाकुरले भने, ‘समाजमा राम्रो काम गर्नेहरू अहिलेको परिप्रेक्ष्यमा मूर्ख ठानिन्छन्, त्यसैले व्यङ्ग्यात्मक रूपमा प्रत्येक वर्ष महामूर्ख सम्मेलन गरिरहेका छौँ ।’ गत वर्ष महामूर्ख राजनीतिक विश्लेषक सिके लाल भएका थिए । त्यसभन्दा अघिल्लो वर्ष नेकपा (एमाले)का नेता रामचन्द्र झालाई महामूर्ख बनाइएको थियो । झाभन्दा पहिले वरिष्ठ साहित्यकार डा. राजेन्द्रप्रसाद विमल महामूर्ख भएका थिए ।

No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक