20120325

अन्तराष्ट्रिय नेपाली साहित्य समाजको शीतकालिन कबि गोस्ठी तथा सम्मान कार्यक्रम यसरी सम्पन्न भयो अमेरिकाको भर्जिनियामा !




अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) डि.सी. मेट्रो च्याप्टरको आयोजनामा आइतवार भर्जिनियाको सेन्ट्रिभिल लाइब्रेरीमा शीतकालीन कविता सम्मेलन सम्पन्न भयो ।नेपालका छ जना स्तम्भ साहित्यकारहरु हृदयचन्द्रसिंह प्रधान, भूपि शेरचन, लेखनाथ पौड्याल, बालकृष्ण सम, केशबराज पिंडाली र पारषमणि प्रधान प्रति श्रद्धान्जली अर्पण गर्दै शुरु भएको सो सम्मेलनमा प्रमुख अतिथी अमेरिकाका लागि नेपालका
राजदूत शंकर शर्मा (पिएचडी)ले अनेसासले अमेरिकामा पनि नेपाली बच्चाहरुलाई साहित्य सिर्जना गर्न उत्प्रेरित गरेर नेपाली कला, संस्कृति र नेपालित्वको बोध गराउन उल्लेख्य काम गरेको जानकारी दिनु भयो । हाम्रा सन्ततीहरुलाई नेपाली भाषा संस्कृतिको ज्ञान नदिने हो भने संसारका कतिपय भाषाहरु लोप हुंदै गएको नियति हामीले पनि भोग्नु पर्ने तर्फ पनि उहांले सजग गराउनु भयो ।

उक्त समारोहमा सफल नेपालीको रुपमा परिचत व्यक्तित्व बृटिश सरकारको परराष्ट्र मन्त्रालयका कानून तथा मानवअधिकार सम्बन्धी सल्लाहकार तथा अन्तरराष्ट्रिय कानूनविद् प्रो. डा. सूर्य सुवेदी, डि.सी. मेट्रो क्षेत्रका स्थापित पत्रकार, रेडियो दोभानका संचालक मुक्ति दवाडी तथा पद्मकन्या क्याम्पस, नेपालका प्रमुख प्रो. भोजराज ओझालाई राजदूत शर्माले एक समारोहकावीच गाथा ओडाई सम्मान गर्नु भएको थियो । आआफ्नो स्थानमा उहांहरुले पु¥याउनु भएको प्राज्ञिक योगदानको लागि उक्त सम्मान गरिएको हो । यसैवीच राजदूत शर्माले अनेसास केन्द्रद्धारा प्रकाशित ‘अन्तरराष्ट्रिय नेपाली डायस्पोरा प्राज्ञिक अध्ययन‘ को विमोचन गर्नु भएको थियो भने मेरिल्याण्ड र पेन्सलभेनियाका लागि अवैतनिक वाणिज्यदूत प्रेमराजा महत र अनेसास केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र गदालले संयुक्तरुपमा अनेसास लण्डन सम्मेलनद्धारा प्रकाशित विशेषांक ‘वाङमय‘ को विमोचन गर्नु भएको थियो ।

अनेसास बोर्ड अफ ट्रष्टीका अध्यक्ष होमनाथ सुवेदीले संमानित व्यक्तित्वहरुको परिचय गराउनुको साथै रिलिज गरिएका पुस्तकहरुको समीक्षात्मक परिचय दिनु भएको थियो । उहांले डायस्पोरिक साहित्यको इतिहासमै यो प्राज्ञिक पुस्तक एक कोशेढुंगा भएको बताउनु भयो । अक्स्फोर्डबाट अन्तरराष्ट्रिय कानूनमा पि.एच.डी गर्नु भएका सुवेदी हाल कम्बोडियाका लागि संयुक्त राष्ट्र संघका विशेष प्रतिनिधिको रुपमा समेत कार्यरत हुनुहुन्छ । हाल अमेरिकी युनिभर्सिटीको आमन्त्रित प्रोफेसरको रुपमा डि.सी.मा रहनु भएका डा. शर्मा विगत तीस वर्षदेखि अन्तरराष्ट्रिय कानूनको अभ्यास गरिरहनु भएको छ । बृटिश अधिराज्यको उच्च सरकारी पुरस्कार समेत उहांले प्राप्त गर्नु भएको छ ।

अतिथी डा.सु,पष्ग।वेदीले हाल संसारका एक सय तेत्तीस देशमा नेपालीहरु छरिएर बसेको प्रसंग उल्लेख गर्दै नेपालले नेपालीहरु जहांसुकै गएर बसे पनि उनीहरुको नागरिकतालाई निरन्तरता दिनु पर्ने र उनीहरुका सन्तान दर सन्तानलाई बंशजको आधारमा नागरिकता दिनु पर्नुे विचार राख्नु भयो । नेपाल र भारतवीचको सन् १९५० को सन्धिले दुवै देशका नागरिकलाई समान व्यवहार गरेकोले दोहोरो नागरिकताको व्यवस्था भने गर्न नहुने विचार उहांको थियो ।
अनेसास डि.सी.ले हरेक वर्ष आयोजना गर्ने गरेको शीतकालीन कविता प्रतियोगिताको यस वर्षको आकर्षण भने बाल कविता प्रतियोगिता र बयस्क कविता वाचन थियो । सोह्र जना बालबालिकाहरुले भाग लिएको कविता प्रतियोगितामा मलिका जोशी प्रथम, श्रेया पराजुली द्धितीय र सुलेखा भण्डारी तृतीय भएका थिए भने अन्य सहभागीहरुमा अनिशा दवाडी, इशान विश्वकर्मा, आलिसा विश्वकर्मा, आलिसा धर्ती पोखरेल, सन्देश ज्ञवाली, जेसिका न्यौपाने, क्षमता न्यौपाने, प्रिथुल खनाल, शीतल लुइटेल, लज्जा उप्रेती, श्रेयसी खनाल, अनमोल सिटौला, मृदु उप्रेती रहेका थिए । पुरस्कृत बाल कविहरुलाई अतिथी प्रो. डा. सुर्य सुबेदी तथा अनेसास केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र गदालले नगद पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो । यसैगरी सहभागी सवै बालबालिकाहरुलाई उहांहरुले प्रमाणपत्र तथा नोटबुक हस्तान्तरण गर्नु भएको थियो ।

बाल प्रतियोगिताको निर्णायक मण्डलमा गोपाल रेग्मी, भारती गौतम, सहायक प्राध्यापक नारायण घिमिरे रहनु भएको थियो । बाबालिकाहरुले नेपाल तथा नेपाली परिवेश र प्राकृतिक विचरण सम्बन्धी धेरै उत्कृष्ट रचनाहरु प्रस्तुत गरेका थिए । यसैगरी अप्रतियोगी बयस्क कविता वाचन गर्नु हुनेहरुमा शुभद्रा पराजुली, मञ्जु निरौला, शरद निरौला, बृहस्पति लम्साल, दीपा अधिकारी, भारती गौतम, रामप्रसाद खनाल, शारदा खाती, भोजराज ओझा, आनन्द शर्मा, श्रृष्टी हुमागाई, ग्यानेन्द्र गदाल, रामचन्द्र भट्टराई, श्रृजना मरासिनी, गोविन्द गिरी प्रेरणा हुनुहुन्थ्यो ।

अनेसास डि.सी. मेट्रोका अध्यक्ष प्रकाश नेपालको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष मञ्जु निरौलाले गर्नु भएको थियो । यसअघि साहित्यकारहरु गोपाल रेग्मी र बासु श्रेष्ठले तीन तीन जना साहित्यकारहरुको परिचय दिंदै उहांहरुप्रति श्रद्धासुमन अर्पण गर्नु भएको थियो भने कार्यक्रमको संचालन गुणराज लुइटेलले र व्यवस्थापन कोषाध्यक्ष खिमानन्द आचार्यले गर्नु भएको थियो । सोही समारोहमा साहित्यकार बसन्त श्रेष्ठलाई साहित्यिक पत्रकार संघद्धारा प्रदान गरिएको व्यथित काव्य पुरस्कार पनि अतिथि ज्ञानेन्द्र गदाल तथा डा. सूर्य सुवेदीले संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको थियो ।

















































Video, photo source www.enepalese.com

1 comment:

  1. Karyakram ka phota haroo ramra thiye..kabitaharoo mitha thiye...tara karyakram ramro bhayena..na samay milaye..na basne thaun...hami haroo josto manchhe ta janai naparne rahechha...ali naam bhaka ra umer pugeka manchhe harooka laagi matra rahechha tyo program...tara ramprasad uncle ra Bhim regmi jyu ko kabita sarai mitho thiyo.....ekdamai chhittta bhujdo..

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक