20120331

एकै दिन २ वटा शब आए पछि शोकमा डुबे बासिन्दा

धन कमाउन बिदेश गएकाहरु चैतै दशैंमै भएपनि घर फर्कलान र चाडबाट मनाउँला भन्ने आशामा हेरेर बसिरहेका पर्वतको शालिजा गाविसका बासिन्दा एकै दिन २ वटा शब आए पछि शोकमा डुबेका छन् । रोजगारीका लागि बहराईन पुगेका पर्वतको शालिजा गाबिस–६ का बेलबहादुर चोचाङ्गी र कुलप्रसाद फकामीको शब चैते दशैंकै एक दिन अघि शुक्रवार राती घरआई पुगेको हो । उहाँहरु  दुवै जनाको ड्युटीबाट डेरामा फर्किने क्रममा सडक दुर्घटनामा परि ज्यान गएको थियो । उनीहरु सँगै तनहु“का एक व्यक्तिको समेत मृत्यु भएको थियो । शुक्रबार बेलुकी शवबहान मार्फत उहाँहरुको शव घर सम्म ल्याइएको थियो । शनिबार गाउ“लेले कुलप्रसाद फकामीको मिलनचोक स्थित घाटमा दाहसंस्कार भएको छ भने चोचाङ्गीको मोदीबेनी घाटमा दाहसंस्कार गरिएको छ । चैत्र १० गते बहराइनमा  सडक दुर्घटनामा परि ज्यान गुमा्एका शालिजा ६ का ४५ बर्षिय चोचाङ्गी र २८ बर्षिय फकामीको शव आउँदा उहाँहरुको घरमा मात्र नभएर पुरै गाउँमा रुवाबासी चलेको छ । उहाँहरुको मृत्युस“गै एकै साथ दुई व्यक्तिका शव गाउ“मा भित्रिएपछि सिंगो शालिजा गाउ“ यतिबेला शोकमा डुबेको छ । धन कमाउने चाहना बोकेर ४५ बर्षिय बेलबहादुर चोचाङ्गी १६ बर्ष पहिला बहराइनमा पुग्नु भएको थियो फकामी बहराइन गएको ६ महिना पनि पुगेको थिएन । फकामीको मृत्युपछि डेढवर्षअघि
विवाहमा बाँधिएकी उहाँकी श्रीमत र ६ महिनाका छोरा टुहुरा बनेका छन् । ६ महिना अघि ऋण खोजेर विदेशिएका फकामीले ऋण तिर्न नपाउँदै मृत्यु भएको हो । पैसा कमाएर ऋण तिर्ने अभिलाषा बोकेर बहराइन पुगेका फकामीको मृत्यु पछि उहाँको परिवारमा शोक स“गै ऋण कसरी तिर्ने भन्ने चिन्ता पनि थपिएको छ । छोराको मृत्यु शोकले पिरोलिएका बाबु टेकहादुर फकामीले भन्नुभयो ‘न छोरा रह्यो, न धन रह्यो ।’

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक