20120415

पूर्व राजा ज्ञानेन्द्र शाहलाई जेल हाल्ने माकुनेको चेतावनी


 एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहले लोकतन्त्रविरुद्ध चलखेल गरिरहेको भन्दै त्यसलाई नरोके जेल हाल्ने चेतावनी दिनु भएको छ । नेपाल बुद्धिजीवी परिषद् ललितपुरको आठौं अधिवेशनको शनिबार उद्घाटन गर्दै नेता नेपालले ज्ञानेन्द्रले प्रतिगामी गतिविधी नरोके सुरक्षामा खटाइएका सशस्त्र प्रहरी पनि हटाउने र सिधै जेल हाल्ने बताउनु भयो । नेता नेपालले नेपालले शान्ति प्रक्रियामा भएको पछिल्लो प्रगतिले जेठ १४ भित्रै संविधान बन्ने आधार तयार भएको उल्लेख गर्नुभयो । सेना समायोजनको काम अन्तिम अवस्थामा पुगेकाले अब संविधान निर्माणले सार्थकता पाउने बताउनुभयो । नेता नेपालले संविधानका विवादित विषयमा सहमति जुटाउन दलहरूबीच छलफल चलिरहेको भन्दै एक दुई दिनमै टुङ्गोमा पुग्ने दाबी गर्नुभयो । उहाँले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री प्रणाली रहेको शासकीयस्वरुपमा जानुपर्ने सुझाव दिनुभयो ।

1 comment:

  1. MA KU NE....jastai netaharule desh lai bigareka hun...mathiko aadesh bhandai sabai dosh raja lai thuparne yenai netaharu ko ajha pani janatale biswas garem nepal nepal rahanna..tesaile ma.ku.ne ka sabai gutharu lai thoknu aatti aawasek chha...jai nepal

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक