20120422

अमेरिकामा हेम सरिता पाठक प्रतिस्ठानद्वारा नेपालको भ्रस्टाचार र तस्करीतन्त्र बिरुद्ध गीत संगीतको माध्यम बाट पनि भन्डाफोरको उदघोस

प्रेमराजा महतले गरे गीत गाएर शुरुवात, हेर्नुस भिडियो र फोटोहरु आफै यसरी बोल्छन       
  Photo/Video By Debendra Parajuli/Rabin Piya/Sudarshan Dhital/Nepalmother.com
अमेरिकामा हेम सरिता पाठक प्रतिस्ठानद्वारा नेपालको भ्रस्टाचार र तस्करीतन्त्र बिरुद्ध गीत संगीतको माध्यम बाट पनि भन्डाफोरको उदघोस सार्वजनिक रुपले गरिएको छ । त्यसको शुरुवात बरिस्ठ लोक गायक एबम अमेरिकाका लागि अबैतनिक महाबाणिज्यदुत प्रेमराजा महतले गीत गाएर शुरुवात गर्नुभयो । बरिस्ठ                                                



कलाकार एबम अन्तरराष्ट्रिय कलाकार मँचका सल्लाहकार नारायण रायमाझीको संगीत रहेको उक्त सन्देशमुलक गीती एल्बम प्रतिस्ठान ले छिट्टै सार्वजनिक गर्ने पनि भएको छ। नेपाली नयाँ बर्षका अबसरमा टेक्सास अमेरिकामा आयोजित उक्त भब्य कार्यक्रमलाई सम्बोधन गर्दै बरिस्ठ लोक गायक एबम अमेरिकाका लागि अबैतनिक महाबाणिज्यदुत प्रेमराजा महतले आफु प्रतिस्ठान का कार्यक्रम बाट अत्यन्त प्रभाबित बनेको र यसमा आफ्नो सधैं सहयोग रहने बताउनुभयो । संसारका २३ देशमा फैलिइसकेको   अन्तरराष्ट्रिय कलाकार मँचका केन्द्रिय अध्यक्ष एबम बरिस्ठ लोक तथा दोहोरी गायक राम प्रसाद खनालले अमेरिका मा बेसेर पनि नेपाली मन र नेपाली पन भएका हेम सरिता पाठक र प्रतिस्ठान का कार्य नेपाल र नेपालीका लागि गौरबशाली भएको बताउनुभयो । अन्तरराष्ट्रिय कलाकार मँच र हेम सरिता पाठक प्रतिस्ठान मिलेर काम गर्ने बताउनुभयो ।
प्रतिस्ठानका सँरक्षाक हेम पाठकले आफ्नो अभियान अगाडि बढाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै एक सय जना गरीब तथा जेहेन्दार विद्यार्थी लाई छात्रब्रित्ती दिने, गीत संगीतको माध्यम बाट भ्रस्टाचार र तस्करीतन्त्रका लागि लागि आफु र आफ्नो प्रतिस्ठान सधैं कृयाशिल रहने बताउनुभयो । यु एन डि एफ का अध्यक्ष जनक राना, सिकागोका प्रसिद्ध नेपाली ब्याबसायी बाला घिमिरे, समाजसेबिहरु डा. प्रेम अधिकारी, साहित्यकार मोहन सिटौला, निर्मल श्रेष्ठ, बाल बक्ता प्रलभ प्रधान आदिले हेम सरिता पाठक प्रतिस्ठानले गरेका कार्यको प्रसँसा गर्नुभयो । कार्यक्रम संस्थाकी अध्यक्ष जेनी पाठक को अध्यक्षता, मदन सिवाकोटिको सँचालन र प्रोफेसर डा. राजन रिजालको स्वागत भासणमा सम्पन्न भएको थियो । दिपक हुमागाइको धन्यवाद मन्तब्य रहेको उक्त कार्यक्रममा टेक्सासका बिभिन्न ठाउँबाट र अन्य राज्यबाट करिब सात सय भन्दा बढी नेपालीहरु जमघट भएका थिए । कार्यक्रममा स्थानिय कलाकारहरुका साथै प्रेमराजा महत र रामप्रसाद खनालका प्रस्तुति सगै दर्शक हरुले भरपुर मनोरन्जन लिएका थिए । उक्त अबसरमा एक हजार डलर राशीको २०६८ सालको गीत संगीत पुरस्कार लोक गायक प्रेम राजा महत र पाँच सय डलर राशीको गीत संगीत पुरस्कार
गायिका सपना श्री लाई प्रदान गरिएको थियो । अन्तरराष्ट्रिय कलाकार मँचको प्रस्ताबमा र अमेरिका तथा नेपालबाट मुल्याङ्कनका आधारमा वहाँहरुलाई पुरस्कार प्रदान गरिएको प्रतिस्ठानले बताएकोछ । स्मरण रहोस् हेम सरिता पाठक प्रतिस्ठानले हरेक बर्ष दश लाख बराबरको गीत संगीत पुरस्कार र लाखौं को गरीब तथा जेहेन्दार विद्यार्थी छात्रब्रित्ती प्रदान गर्दै आएको छ।     
 
   



































1 comment:

  1. This comment has been removed by a blog administrator.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक