20120426

प्रचण्ड र कमाण्डरहरुवीच पैसाको लफडा, माओवादीमा भएको भ्रष्टाचारको छानविन के कसरी गर्न सकिन्छ भन्ने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गम्भीर छलफल !

माओवादी लडाकूहरुलाई उपलब्ध गराएको अबौँ रुपैयाँ भ्रष्टाचार भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गम्भीरु छलफल भएको छ । अख्तियारको उच्च स्रोतले दिएको जानकारी अनुसार माओवादीमा भएको भ्रष्टाचारको छानविन के कसरी गर्न सकिन्छ भन्ने विषयमा सचिव भगवति काफ्ले र अन्य कर्मचारीहरुबीच एक चरणको छलफल भएको छ । माओवादी शान्तिप्रक्रियामा आएयता उसका
लडाकूहरुलाई सरकारी सेवा सुविधा दिएर शिविरमा राखिएको थियो । उक्त समयमा लडाकूहरुको वास्तविक संख्या भन्दा २ हजार ५ सय बढी देखाएर सरकारबाट रकम निकासा भईरहेको बताईएको थियो । सरकारले शिविरमा रहेका लडाकूहरुलाई मासिक ८ हजार रुपैयाँका दरले रकम निकासा गरिरहेको थियो । त्यसैमा माओवादीकै मोहन बैद्य पक्षले माओवादी भित्र ५ अर्व रुपैयाँ भन्दा बढी रकम भ्रष्टाचार भएको आरोप लगाउँदै आएको छ । यसै विषयमा अख्तियारमा छलफल भएको स्रोतले जानकारी दिएको छ । लडाकूहरुबाट ५ बर्षसम्म संकलित रकममध्ये बाँकी रकम तत्कालै हेडक्वाटरमा बुझाउन प्रचण्डले दिएको निर्देशन डिभिजन कमाण्डरहरुले लत्याईदिएका छन् । प्रचण्डले करिव शविरमा संकलन भएको करिव ३४ करोड रकम हेडक्वाटरमा आउन बाँकी रहेको भन्दै सातवटै डिभिजन कमाण्डरलाई सो रकम तत्कालै बुझाउन केही दिनअघि निर्देशन दिएका थिए । वाईसिएललाई राहत दिन रकम आबश्यक रहेको भन्दै प्रचण्डले बक्यौता रकम चुक्ता गर्न लडाकू कमाण्डरलाई निर्देशन दिएका थिए । तर लडाकू कमाण्डरहरुले भने आफुहरु त्यति ठूलो रकम नभएको भन्दै रकम बुझाउन अस्वीकार गरेका छन् । खासगरि चौथो, छैटौ र सातौ डिभिजनमा संकलन भएको ठूलो परिणामको रकम अझैपनि हेडक्वाटरमा नआइपुगेको लाजिम्पाटनिक स्रोतले बताएको छ ।
‘शिविरमा नभएका लडाकूका नाममा संकलित करोडौं रकम ती शिविरबाट हेडक्वाटरमा आएको छैन’ स्रोतले भन्यो- ‘तीनवटै शिविरले ७ देखि १० करोड रुपैयाँ बुझाउन बाँकी छ ।’ शिविरबाट भागेका र सूचीमै नभएका लडाकूको नाममा गएका मासिक तलववापतको रकम लडाकू कमाण्डरहरुले संकलन गरेको जानकारी आएपछि त्यतिबेलै हेडक्वाटरले त्यो रकम बुझाउन निर्देशन दिएको थियो । तर लडाकू कमाण्डरहरुले रकम आफैंले चलाउने, निजी ब्यापारमा लगाउने र हिसाव नबुझाउने गरेको हेडक्वाटरको दावी छ ।
‘सानोतिनो रकम त यताउति भइहाल्छ तर दश करोडभन्दा धेरै रकमको हिसाव आएन’ स्रोतले भन्यो- लेभी संकलन गरेको हिसाव आयो, शिविरमा नभएकाको हिसाव आएन् । स्रोतको भनाईमा करिव ३ हजार लडाकूबाट संकलन गरिएको मासिक ३ हजार रुपैयाँको हिसाव अपचलन भएको छ ।
तर कमाण्डरहरुले भने आफुसँग रकम माग्ने नैतिक हैसियत हेडक्वाटरसँग नभएको बताउँछन् । एक डिभिजन कमाण्डरले  भने- शिविर बनाउन, बिरामी साथीहरुको उपचार गर्न, उनीहरुलाई घर आउने जाने खर्च दिन त्यो रकम खर्च भइसकेको छ, हामीले खर्च भइसक्यो भनेर हिसाव बुझाउँदा पनि उल्टै अपराधीजस्तो गरेर हिसाव मागिरहँदा चित्त दुख्यो ।’
लडाकू कमाण्डरहरुले यसरी उठाएको रकम हिनामिना भएको भन्दै वैद्य पक्षले पनि बेला बेला कुरा उठाइरहेको छ । अहिले त उसले दश अर्ब रुपैयाँ भ्रष्टाचार भएको भन्दै अख्तियार गुहार्नेसम्मको योजना बनाइरहेको छ । वैद्य पक्षका नेताहरुका अनुसार सवैजसो डिभिजन कमाण्डरले ७ देखि १० करोड रुपैयाँ ब्यक्तिगतरुपमा चलाएका छन भने बाँकी पैसा प्रचण्डलाई नै दिएका छन् । उनीहरुका भनाईमा अहिले भएको बिबाद ब्यक्तिगतरुपमा चलाएको पैसा माथि बुझाउने कि नबुझाउने भन्नै नै हो ।
तर हेडक्वाटर अर्थात प्रचण्ड निवासले कुन कुन डिभिजन कमाण्डरले कति कति रकमको हिसाव बुझाएनन भन्ने खुलाएको छैन् । रकम बुझाउन अहिले प्रचण्ड निकटका नेताहरुले आन्तरिक दबाब दिइरहेका छन् । तर रकम खर्च भइसकेको र आफुसँग रकम नभएको दावी गर्दै कमाण्डरहरुले प्रचण्डको त्यस्तो आग्रहलाई सिधै अस्वीकार गर्दै आइरहेका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक