20120403

विशेष अदालतले पूर्व प्रहरी प्रमुख मोतिलाल बोहोराले भ्रष्टाचार गरेको ठहर गर्दै डेढ वर्ष कैद र ५३ लाख ६५ हजार जरिवानाको फैसला

विशेष अदालतले पूर्व प्रहरी प्रमुख मोतिलाल बोहोराले भ्रष्टाचार गरेको ठहर गर्दै डेढ वर्ष कैद र ५३ लाख ६५ हजार जरिवानाको फैसला सुनाएको छ । अदालतका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यद्धय ओमप्रकाश मिश्र र केदार चालिसेको इजलासले मंगलबार बोहोराले भ्रष्टाचार गरेको ठहर गर्दै डेढ वर्ष कैद, २६ लाख ८२ हजार ७ सय ५० रुपैयाँ जरिवाना र त्यति नै विगो भर्न फैसला सुनाएको हो । सरकारी ओहदामा रही २ करोड ३८ लाख २३ हजार गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोहोराविरुद्ध २०६१ भदौ १ गते विशेषमा मुद्दा दायर गरेको थियो ।विशेषका तत्कालिन न्यायाधीश भुपध्वज अधिकारी कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर जबराको इजलासले हदम्याद नाघेको भन्दै बोहोरालाई सफाइ दिएको थियो । तर, सफाई दिने निर्णय उल्टाउँदै सर्वोच्चले सुनुवाई गर्न बोहोराको मुद्धा विशेषमा नै पठाएको थियो । बोहोरा २०४९ सालदेखि ५३ माघ सम्म प्रहरी महानिरीक्षक हुनुहुन्थ्यो । २०४८ सालमा जननिर्वाचित सरकार गठन भएलगतै तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले बोहोरालाई प्रहरी प्रमुख बनाएको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक