20120411

लुकाईेएका हातहतियार कब्जा गर्दै बैद्य : माओवादीका उपाध्यक्ष मोहन बैद्य पक्षले आफू निकट सवैजसो नेताहरु र अन्यलाई समेत पेस्तोल सहितका लाई थप हतियार उपलब्ध गराए

माओवादीका उपाध्यक्ष मोहन बैद्य पक्षले आफू निकट सवैजसो राज्य समिति स्तरका नेताहरुलाई थप हतियार उपलब्ध गराएको छ । स्थायी समिति सदस्य नेत्र विक्रम चन्दमार्फत राज्य समिति मातहतका प्राय नेता र आवश्यकता अनुसार अन्यलाई समेत पेस्तोल सहितका हतियार उपलब्ध गराईएको छ । तराईमा पर्ने कोचिला, मिथिला, भोजपुरा, अबध र थारुवान राज्इ समितिका नेताहरुलाई ‘आत्मसुरक्षा’ का लागि भन्दै बैद्य पक्षले थप हतियार उपलब्ध गराएको उच्च स्रोतले जनाएको छ । बैद्य पक्षका एक पोलिटव्यूरो सदस्यले आफू पक्षिय नेताहरुलाई ‘सुरक्षाको थ्रेट’ रहेकाले आत्मरक्षाका लागि हतियार विरतरण गरेको जानकारी दिएका छन् । आवश्यकता महशुस भएकै कारण तराईमा रहेका राज्य समिति मातहतका सम्पूर्ण नेताहरुलाई हतियार उपलब्ध गराएको उनले जानकारी दिएका छन् । यसरी वितरण गरिएका हतियारहरुमा क्यान्टोनमेन्टमा दर्ता नगराईएका, लडाकुहरुले बाहिर नै लुकाएर राखेका, माओवादी लडाकुबाट वाईसिएलमा जाँदा आफूसँगै लगेका हतियारहरु रहेको छन् भने केही हतियार नयाँ खरिद गरिएको पनि नेताहरुले


जानकारी दिएका छन् ।

लुकाएका हतियार अव के हुने ?

शान्ति प्रकृयामा आएसँगै सत्ता कब्जाका लागि भन्दै शिविर बाहिरै लुकाएर राखिएका हतियारलाई के गर्ने भन्ने बिषयमा माओवादी संस्थापन पक्ष र वैद्य पक्षवीच देखिएको बिबाद अझै साम्य भएको छैन् । पार्टीको निर्णयअनुसार राज्य सत्ता कब्जाका लागि क्यान्टोनमेन्टमा नराखी बाहिर राखिएका हतियार राज्यलाई बुझाउनु पर्ने, बुझाउन नहुने र नष्ट गर्नुपर्ने भन्ने तीन फरक फरक धारणा भएका कारण लुकाएर राखेका हतियारको भविष्य के हुने भन्नेमा माओवादीको विवाद अझै अन्योल देखिएको छ । वाईसिएलमा जनमुक्ति सेनालाई दिएका, नेताहरुको सुरक्षामा रहेका सुरक्षाकर्मीले चलाएका र आवश्यक परेको अवस्थामा निकाल्ने भनि लुकाएर राखेका हतियारका बारेमा अहिले भने नेताहरुका बीचमा भिन्ना-भिन्नै मत आएका कारण हतियारको भविष्यका बारेमा अन्यौलता छाएको दाहाल निकट एक नेताले जानकारी दिएका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक