20120501

"हिजो शान्ति प्रकृयापछि शिविरभित्र रहेका तपाई पीएलए कमाण्डर र बाहिर रहनुभएका वाईसिएल को बलमा हामीले संबिधानसभाको चुनावपनि जित्यौं , अब कार्यकारी राष्ट्रपती पनि जित्ने छौं, अनी देखाइदिन्छौं कङ्रेस एमालेलाई ।" - प्रचण्ड

यती धुर्त, दुई जिब्रे, जसो पनि बोल्न जानेको, दुनियाँलाई भ्रममा पार्न सक्ने, षड्यन्त्रकारी, नौटंकीबाज, फकाउन, धम्काउन जानेको, कुटनीतिक बेइमान नेपालमा अर्को छैन । भलै धेरै नटिक्लान, आफ्नै पार्टी भित्रै बाट साफ होलान, तर लेखेर राखेहुन्छ यि बेइमान नेपालको एक दिन राष्ट्रपती बनेर नेपालमा "सद्दाम हुसेन " पक्कै बन्ने छन र ढिलो चाँडो सद्दाम हुसेनको जस्तै बेहाल पनि बेहोर्ने छन ।    

‘हाम्रै पार्टीका केही साथीहरुले भन्ने गरेजस्तो यो जनसेनाको बिघटन हैन भन्ने कुरा त्यतिबेला पुष्टी हुनेछ जतिबेला हामी अर्को महान अभियान थाल्नेछौं र राष्ट्रपति चुनाव जित्नेछौं ।’ हप्काउन र फकाउनमा अत्यन्तै माहिर मानिने माओवादी अध्यक्ष प्रचण्डले पूर्व लडाकूलाई राष्ट्रपतीय चुनावलाई अर्जुनदृष्टि बनाउन आह्वान गरेका छन् । शुक्रबार खन्ना गार्मेन्टमा डाकिएको एउटा भेलामा उनले संबिधानसभाको चुनाव जितेझैं लडाकूकै बलमा राष्ट्रपति चुनावमा सफलता हात लाग्ने संकेतसमेत देखाएका छन् ।  पूर्व लडाकूको प्रसंसा गर्दै प्रचण्डले भने-’हिजो शान्ति प्रकृयापछि शिविरभित्र रहेका तपाई पीएलए कमाण्डर र बाहिर रहनुभएका वाईसिएल कमरेडहरुको नाम सुन्नासाथ प्रतिक्रियाबादीको सातो उड्थ्यो । त्यसैको बलमा हामीले संबिधानसभाको चुनावपनि जित्यौं ।’ प्रचण्डले उपस्थीत कमाण्डरहरुलाई भने- तपाईहरु कम्पनी कमाण्डरदेखि निर्वतमान सर्वोच्च कमाण्डर मसमेत यहाँ छौं, यसलाई जनसेनाको बिघटन नठान्नुहोला ।’ नेपाली कांग्रेसका केही नेताहरुले आफुलाई जनसेनाको बिघटन गर्नुभो भन्ठानेको त सिंगै सेना कब्जा पो गर्नुभएको रहेछ भन्ने प्रतिक्रिया दिएको भन्दै प्रचण्डले कांग्रेस नेताहरुको बुझाई सही र वैद्य पक्षको बुझाई गलत रहेको बताए । उनले लडाकूलाई भने- तपाईहरु ढुक्क हुनुहोस, हामी प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पहिचानसहितको संघीयता छाड्दैनौं ।’

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक