20120610

"मलाई ढाँट्नु छैन, यो सत्ता कब्जाका लागि हो" - प्रचण्ड

प्रचण्डले भन्नुभयो– "सत्ता तिनको बाउको पेवा हो र ?  "
"नेपालमा भएका सबै हतियार हाम्रा भएका छन्"
"सेना अब किन कांग्रेस–एमालेसँग लाग्ने ?  "
  तामाङ राष्ट्रिय मुक्ति मोर्चाले शनिबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा प्रचण्डको भनाइ थियो– सत्ता तिनको बाउको पेवा हो र? हिजो एक भाषा, एक धर्म र एक संस्कृतिका आधारमा २ सय ४० वर्ष तिनले खाए, अब ५ सय वर्ष अरूले खान्छौं। मलाई ढाँट्नु छैन। यो सत्ता कब्जाकैै लागि हो। हामीले हिजो सधैं संविधानका कुरा ग¥यौं तर कांग्रेस–एमालेले सधैं सरकारलाई प्राथमिकतामा राखे। उनीहरूले सत्ताको महत्व बुझेकाले यस्तो भनिराखेका छन्। आफूहरूले हतियार बुझाए पनि ३ करोड जनताको हतियार प्राप्त भएकाले कसैसँग नझुक्ने प्रचण्डको जिकिर थियो। मलाई केही थोत्रा हतियार बुझाएको र सेना समायोजन गरेकामा कुनै पछुतो छैन, प्रचण्डले भन्नुभयो– ‘नेपालमा भएका सबै हतियार हाम्रा भएका छन्। प्रचण्डले नेपाली सेनाले गणतन्त्रसहितको परिवर्तन स्वीकार गरिसकेकाले राष्ट्रपतिले कांग्रेस–एमालेको उक्साहटमा “कू” गरे नेपाली सेनाले अस्वीकार गर्ने दाबी गर्नुभयो। नेपाली सेना राजतन्त्रकालको सेना होइन। यो गणतन्त्र र परिवर्तन स्वीकार गरेको सेना हो। राष्ट्रपतिमार्फत सेनाको बलमा प्रधानमन्त्री
बर्खास्त गर्ने सपना असफल भएको छ। सेना अब किन कांग्रेस–एमालेसँग लाग्ने ? परिवर्तनको संवाहक, ठूलो पार्टी सबै जनता भएका माओवादी नै हो, सेना अरूको पक्षमा किन लाग्ने? उहाँको प्रश्न थियो। कांग्रेस एमाले तर्कले सम्झाएर मान्ने पक्षमा नरहेकाले आन्दोलनको बलमा बाध्य पारेर सहमतिमा ल्याउन पहिचानसहितको संघीयताका पक्षधरलाई उहाँले आग्रह गर्नुभयो। संविधानसभा पुनस्र्थापना वा गोलमेच सम्मेलनबाट विद्यमान राजनीतिक संकट समाधान हुन नसक्ने उहाँले बताउनुभयो। प्रचण्डले आफ्नो पार्टी संविधानसभा पुनस्र्थापना वा गोलमेच सम्मेलनको पक्षमा नरहेको स्पष्ट पार्दै संविधानसभा नेपाली जनताको ६ दशक लामो संघर्ष र बलिदानबाट स्थापित एजेन्डा भएकाले त्यसबाहेक दोस्रो विकल्पका लागि आफूहरू तयार नरहेको उहाँको भनाइ थियो। चारपटक चुनाव गराएरै भए पनि संविधानसभाबाटै संविधान जारी गर्नुपर्नेमा प्रचण्डको जोड थियो। संविधानसभाबाहेक संविधान जारी गर्ने अन्य कुनै विकल्प हाम्रा लागि मान्य छैन। बरू एक पटक नभए चार पटकसम्म भए पनि चुनाव गराउन सकिन्छ। त्यसमा हिचकिचाहट र आनाकानी गरिए मुलुक र जनताका लागि हानिकारक हुन्छ। प्रचण्डले संविधानका मुख्य विवादित विषयमा सहमति भएको खण्डमा भने संविधानसभा ब्युँताउन सकिनेबारे छलफल गर्न आफूहरू तयार रहेको बताउनुभयो। पहिचानसहितको संघीयतामा सहमति हुन्छ भने कानुनविद्हरूसँग सरसल्लाह गरेर संविधानसभा ब्युँताउने विषयमा छलफल गर्न सकिन्छ, अध्यक्ष प्रचण्डले भन्नुभयो– तर केही पनि नहुने अवस्थामा तलब खानका लागि मात्रै संविधानसभा ब्युँताउनुको अर्थ छैन।
नेपाली कांग्रेस, नेकपा एमालेलगायतका २७ दलले शुक्रबार राजधानीमा विशाल प्रदर्शन एवम् विरोध सभा गरी माओवादी नेतृत्वको सरकारले मुलुकको निकासका लागि मार्ग प्रशस्त नगरेसम्म आन्दोलन नरोकिने उद्घोष गरेका छन्।
सरकारले बिनासहमति अर्को संविधानसभाको चुनाव घोषणा गरेको र त्यसले संवैधानिक संकट निम्त्याएको भन्दै नेपाली कांगे्रस, नेकपा एमालेलगायतका २७ दलले विरोध सभा गरेर अब माओवादीको सत्ता कब्जा गर्ने योजना असफल पारेरै छाड्ने बताएका छन्।
शीर्ष नेताहरूले माओवादीको बन्दुकको छायामा चार वर्ष बित्यो भन्दै माओवादी संविधानसभाबाट माओवादीको छाप लागेको संविधान बनाउन पाए बनाउने नभए जसरी भाँड्ने नियतका साथ लागेको थियो भन्ने कुरा त संविधानसभाको विघटन गरी एकलौटी रुपमा बिनासहमति चुनाव घोषणा गरेर सिद्ध भएको बताए। उनीहरूले चुनाव घोषणाले संवैधानिक संकट निम्त्याएका कारण मुलुकलाई निकास दिन पनि आन्दोलनमा जान बाध्य हुनुपरेको र अब यो आन्दोलन नरोकिने समेत प्रतिबद्धता जनाएका छन्।
खुला मञ्चमा बोल्ने सबै दलका नेताहरूको एउटै भनाइ थियो– ‘माओवादीले भनेजस्तो अन्य दलको संघीयतामा जाने विषयमा भएको विवादले गर्दा कदापि संविधान नआएको नभई माओवादीको सत्ता कब्जा नियतले गर्दा संविधानसभाबाट ९५ प्रतिशत सहमति भएका विषयको संविधान जारी गरौं भन्दा पनि नमानेको यथार्थ स्थिति हो।’
राजधानीका विभिन्न ठाउँबाट निस्कएको जुलुस शहर परिक्रमापछि खुला मञ्चमा विरोध सभामा परिणत भएको थियो। सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले लोकतन्त्रविपरीत कांग्रेसले कुनै सम्झौता नगर्ने र अहिले पनि प्रधानमन्त्री, माओवादी अध्यक्ष प्रचण्डले भेट्न खोज्दा पनि आफूले पहिले गलत कदम सच्याऊ त्यसपछि मात्रै अन्य विषयमा छलफल गर्न सकिने कुरा बताएको उल्लेख गर्नुभयो।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संवैधानिक व्यवस्थाबिनाको निर्वाचनको नौटंकी पहिले खारेज गर्नुुस् त्यसपछि मात्र अन्य विकल्पका बारेमा छलफल गर्न सकिने कुरा आफूले प्रधानमन्त्री र माओवादी अध्यक्ष प्रचण्डलाई भनेको जानकारी गराउँदै भन्नुभयो– ‘सत्ता कब्जा गर्ने नियत कुनै हालतमा सफल हुन दिइने छैन।’
उहाँले माओवादीले संविधान संशोधन गर्ने निकाय पनि बाँकी नराखी देशलाई कंगाल बनाउने गरी अर्थतन्त्रलाई तहसनहस पारेको आरोपसमेत लगाउनुुुुभएको छ।
राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले संविधानसभालाई समाप्त पारेर चुनाव घोषणा गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको बताउनुभयो। उहाँले सामान्य चुनाव घोषणा गर्दा त विपक्षीसँग परामर्श गरेर मात्र गरिन्छ भने अहिले संविधानमै व्यवस्था नभएको काम गर्दासमेत कसैसँग सल्लाह नगरी एकलौटी रुपमा माओवादीको नेतृत्वको सरकारले जे ग¥यो त्यो अन्ततः उसैका लागि अभिसाप निश्चित छ भन्नुभयो।
एमाले वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले माओवादी नेपाल आमाकै धुन्धुकारीको रुपमा रहेको भन्दै १० वर्ष आन्दोलनका नाममा र त्यसपछि अनेक ढंगले दुःख दिइरहेको आरोप लगाउनुभयो। उहाँले माओवादीप्रति जे शंका गरिएको थियो आखिरी उसले अन्तिममा त्यही योजनालाई सफल पार्न सकिन्छ कि भनेर चुनावको नौटंकी रचेको बताउनुभएको छ।
नेपाली कांग्रेसका नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ६०१ जनाको चुनाब अब कदापि हुन सक्तैन भन्दै केही समयका लागि भए पनि संविधानसभालाई पुनस्र्थापना गरेर पनि संविधान बनाउनै पर्छ भन्नुभयो। ‘संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गरौं जातीय सद्भावसहितको संघीयता कायम गरौं’ भन्ने मूल नाराका साथ भएको विरोध सभामा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, भीमबहादुर तामाङ, राप्रपाका अध्यक्ष पशुपतिशमशेर जबरा, नेकपा (एमाल) का नेता केपी ओली, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, नेकपा (माले) का महासचिव सीपी मैनाली, सद्भावना पार्टीका नेता देवेन्द्र मिश्रलगागत २७ वटै दलका नेताहरूले माओवादीले जातीय सद्भावलाई खलल पु¥याएर आफ्नो स्वार्थपूर्ति गर्न खोज्दै त्यस कुरालाइ राम्रैसँग जनताले बुझनेछन् भन्दै संघीयताप्रति आफूहरूको स्पस्ट प्रबिद्धता भएको पनि बताएका थिए।
नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहको अध्यक्षता र नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रममा सञ्चारकर्मीलाई बस्ने व्यवस्था नगरिए पनि आधा दर्जन बढी टेलिभिजन र रेडियोहरूले पनि प्रत्यक्ष प्रसारण गरेका थिए।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले शनिबार राजधानीमा आमसभा गरी आफ्नो शक्ति प्रदर्शन गरेको छ।
सो पार्टीले अन्तरिम संविधान मरिसकेको र संविधानसभा पनि विघटन भइसकेकाले अब मुुलुकमा संवैधानिक व्यवस्था कायम गर्न २०४७ सालको संविधानलाई ब्युँताउन आ≈वान गरेको छ।
खुलामञ्चमा भएको सभालाई सम्बोधन गर्दै अध्यक्ष कमल थापाले संविधान बनाउने नाममा १ सय अर्ब मात्र खर्च गरिएन १७ हजार जनताको ज्यान जानुको साथै ६ वर्ष त्यत्तिकै खेर फालिएको बताउनुभएको छ। संविधानसभाबाट संविधान नबन्नुमा जनता असफल होइन नेता असफल हुन् भन्दै अध्यक्ष थापाले अब असफल भइसकेको संविधानसभा कुनै पनि हालतमा ब्युँतिन सक्तैन भन्नुभएको छ।
 

1 comment:

  1. हाम्रा सुकिला मुकिला प्रचण्ड एकाएक जातीय राज्य बनाउन मधेस र जनजाति मा परिणत भएको रहस्य त बल्ल थाहा भयो; हाम्रा प्रचण्ड ले कस्ता सग सहकार्य गरेर हाम्रो लागि कस्तो राम्रो भविष्य सुरक्षित गरेका रहेछन; यो वेबपेज क्लिक गर्ने कि? http://www.freemadhesh.com/

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक