20120620

राजा बीरेन्द्र र ज्ञानेन्द्रका सल्लाहकार, अगाडी नदेखिने तर पछाडी निकै शक्तिशाली, राष्ट्रिय सूचना प्रविधि उच्चस्तरीय आयोगका पूर्व उपाध्यक्ष, राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव शरदचन्द शाहको सिङ्गापुरमा निधन

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव शरदचन्द शाहको आज सिङ्गापुरमा निधन भएको छ। उपचारका लागि सिङ्गापुरमा रहेका ६६ वर्षीय शाहको उपचारकाक्रममै आज निधन भएको शाहका सहयोगी मनोज प्रधानले जानकारी दिए। छिल्लो केही महिनादेखि अस्वस्थ रहेका शाहका दुवै मिर्गौलाले काम गर्न छाडेका थिए। विसं २०३४ मा राखेपको सदस्यसचिवमा नियुक्त भएका शाह १० वर्ष सो पदमा रही कार्य गरेका थिए। पञ्चायती व्यवस्थाको अवसान हुनुभन्दा करिब दुई वर्ष पहिले परिषद् छोडेका शाहको नेतृत्वलाई नेपाली खेलकुदमा उल्लेखनीय उपलब्धिकारुपमा लिइन्छ। देशको खेलकुद इतिहासकै सर्वाधिक शक्तिशाली व्यक्तित्व मानिने शाहकै पालामा विसं २०३८ देखि नेपालमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना सुरु भएको थियो।
त्यस्तै, देशभर पूर्वाधार निर्माण, अन्तर्राष्ट्रिय प्रतियोगिता साग, एसियाड र ओलम्पिकका विजेता खेलाडीलाई मोटरसाइकल र नगद रकमसहित सम्मानित गर्ने प्रचलन पनि शाहले सुरु गरेका थिए। विशेषगरी शाहकै
पहलमा दक्षिण एसियाली खेलकुद (साग)को पहिलो संस्करण नेपालमा विसं २०४१ मा सफलतापूर्वक सम्पन्न भएको थियो। उनी राष्ट्रिय सूचना प्रविधि उच्चस्तरीय आयोगका उपाध्यक्ष समेत रहे। उनको शव काठमाडौं ल्याउनेबारे परिवारमा छलफल भइरहेको बताइएको छ।- रासस

3 comments:

  1. The pioneer of Nepalese sports Mr. Sharad Chandra Shah.
    The last salute to you.
    Shahi Kalendra Bikram

    ReplyDelete
  2. The paioneer of Nepalese sports Mr. Sharad Chandra Shah
    The Last Salute to you.

    ReplyDelete
  3. The paioneer of Nepalese sports Mr. Sharad Chandra Shah.
    The Last Salute to you.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक