20120710

देश भँडुवा र हजारौँको रक्त पिपासु भनेर प्रसिद्धी कमाएका प्रचण्ड का छोरा प्रकाशले तेस्रो विवाह गरे त्यो पनि अर्काको घर भाँडेर, भँडुवाको जातै त्यस्तै !

बाऊ बनिसकेको छोराले अर्काकी श्रीमती च्यापेर वेपत्ता भएपछि माओवादी अध्यक्ष प्रचण्डले पुत्र प्रकाशबारे पार्टी नेताहरुलाई अफिसियल जानकारी दिंदै दुःख मनाऊ गरेका छन् । अखिल क्रान्तिकारीकी नेतृ बिना मगरलाई लिएर प्रकाश पाँच दिनदेखि वेपत्ता भएको खबर बिहानैदेखि फैलिएपछि दिउँसो बसेको पोलिटब्युरो वैठकमा प्रचण्डले घटनाबारे बेलिविस्तार लगाएका थिए । छोराले केटी लिएर भागेको स्वीकार्दै उनले प्रकाशलाई कारवाही गर्नुपर्ने प्रस्ताव गरेका थिए । वैठकमा सहभागी एक नेताका अनुसार निकै भावुक ढंगले प्रस्तुत भएका प्रचण्डले प्रकाशको ब्यबहारले सवैभन्दा बढि
घाटा आफुलाई भएको बताएका थिए । सगरमाथा आरोहणका क्रममा बिनासँगको लसपसबारे खवर प्रकाशित भएपछि आफु र पत्नी सीताले सोधपुछ गरेपनि रोएर टारेको उनले पोलिटब्युरो सदस्यलाई जानकारी दिएका थिए । ‘मैले त्यतिबेलै अब हेडक्वाटरमा नबस, कतै गएर पार्टी काममा लाग् भन्दा रुँदै त्यस्तो हुँदै हैन भन्यो । पाँच दिन अघि ‘निकै तनाव भयो बुबा म नगरकोटतिर जान्छु’ भनेर घरबाट निस्केको हो । तर पछि
समिरलाई फोन गरेर अब म फर्केर आउन्न, म हेडक्वाटरमा बसेर कसैलाई पनि खुसी पार्न सकिन, बाहिरै बसेर श्रम गर्छु, आफ्नै तरिकाले जीवन चलाउँछु भनेछ’- प्रचण्डले पोलिटब्युरो सदस्यहरुलाई जानकारी दिंदै भने- मैले तत्कालै उसँग कुरा गर्न खोजेको थिएँ, फोन अफ गरेर बसेछ, बिना मगर कहाँ छे भनेर खोजी गर्न लगाएको थिएँ , उ पनि सम्पर्कमा नभएको जानकारी पाएँ ।’ प्रकाश आफ्नो छोरा भएपनि अब उ हेडक्वाटरमा वस्न लायक नभएको र पार्टी अनुसासन उल्लंघन गरेको भन्दै प्रचण्डले उसलाई राज्यसमिति सदस्यबाट निलम्बन गर्न वैठकमा प्रस्ताव गरेका थिए ।
कारवाही
प्रचण्डकै प्रस्तावअुनसार वैठकले उनलाई राज्यसमिति सदस्यबाट निलम्बन गरेको छ । ‘हेडक्वाटरलाई जानकारी नै नदिई वेपत्ता भएका छन् । विभिन्न ठाउँबाट विना नाम गरेकी विद्यार्थी नेत्री लिएर भागेको कुराहरु पनि आइरहेको छ’ पोलिटव्युरो सदस्य हरिबोल गजुरेलले अनलाइनखबरसँग भन्नुभयो-’पार्टी अनुशासनको गम्भीर उल्लंघन भएको देखिएकाले प्रकाशलाई निलम्बन गरिएको छ ।’ नगरकोट जान्छु भन्दै हिडेका प्रकाश बिनालाई लिएर भारततिर लागेको बताइएको छ ।
को हुन बिना ?
प्रकाशसँग नाम जोडिएकी बिना मगर अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य तथा सरस्वती क्याम्पसकी स्वबियु सभापति हुन् । युद्धकालदेखि नै माओवादी आन्दोलनमा लागेकी उनी माओवादी कार्यकर्ता शंकर अधिकारीकी पत्नी हुन् । अधिकारी बैद्य नेतृत्वको नेकपा- माओवादीका नेता हुन भने बिना संस्थापन पक्षमा थिइन् ।
विना पनि केहीदिनदेखि संगठन र परिवारको सम्पर्क छैनन् । अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले पछिल्लो पटक विना २० गते सम्पर्कमा आएको र त्यसपछि कुनै सम्पर्क नभएको अनलाइनखबरलाई जानकारी दिए । बिना र प्रकाशवीच सगरमाथा आरोहणका क्रममा चक्कर चलेको समाचार आएपछि बिनाले पत्रिका विरुद्ध अदालतमा उजुरी समेत हालेकी थिइन् ।
प्रकाशले माओवादीकै सचिव पोष्टवहादुर बोगटीकी छोरी प्रभासंग जनवादी विवाद गरेका थिए । पछि आपसी समझदारीमा नै सम्वन्ध विच्छेद गरेका प्रकाशले आमा सीता दाहालको इच्छाअनुसार ४ वर्षअघि पोखराकी श्रृजना त्रिपाठीसँग मागी विवाह गरेका थिए । श्रृजनाबाट एक छोरा छन् । उनी हाल लाजिम्पाटमा बस्दै आएकी छिन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशसँग भागेकी अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवं सरस्वति क्याम्पसका स्ववियु सभापति विना मगर पनि निलम्बनमा परेकी छिन् ।
प्रकाशसँग विवाह गरेको समाचारहरू सार्वजनिक भएपछि क्रान्तिकारीले मगरलाई संगठनको केन्द्रीय सचिवालय सदस्य र क्रान्तिकारी स्ववियु काउन्सील, नेपालको संयोजक वाट समेत निलम्वन गरेको अध्यक्ष हिमाल शर्माले जानकारी दिनुभयो ।
पार्टीले प्रकाशलाई कार्वाही गरेको तथा दुबैले विवाह गरेको समचार सार्वजनिक हुँदा समेतसंगठन र परिवारको सम्पर्कमा नआएको र कुनै प्रतिकृया समेत नदिएकोले गम्भीर रुपको सांस्कृतीक विचलनको आशंका पैदा भएको विज्ञप्तीमा उल्लेख छ । बिनाले संगठनको अनुशासन, सामाजिक मूल्य र मान्यता विपरित कार्य गरे नगरेकोबारे आन्तरीक छानविन गर्ने निर्णय गरेको समेत क्रान्तिकारीले जनाएको छ ।
यसअघि माओवादीको पोलिटब्युरोको बैठकले प्रचण्डको प्रस्ताव अनुसार प्रकाशलार्इ राज्य समिति सदस्यबाट निलम्बन गरेको थियो ।

1 comment:

  1. हाम्रा जन नायक प्रचण्ड ले डकैति, हत्या, गैडा तस्करि, हतियार सप्लाई र अनेक भ्रस्टाचार गरि बोटालेको कन्तुर को करोडौ पनि त लगे होलान नि यी नया जोडी ले ! नभए दिल्ली मा मोज गर्ने खर्च कहाबाट आउछ त ! कठै सिटामोल खाना नपाउने हामि जनता ! हाम्रो खुन पसिना ले यिन ले पो मोज गर्ने भए ! अर्को कुरो सुरक्ष्या को कारण ले पनि यी जोडी प्रचण्ड को निरन्तर सुरक्ष्या मा छन् होला नि ! नभए नेपाल को यस्ता ऐतिहासिक महा पुरुष का एउटी मात्र पुत्र र नव बधु लाइ जे पनि त हुन सक्छ नि ! यति चतुर बाउ ले व्यवस्था त गरेकै होलान भन्ने कुरा मा शंका गर्नु नपर्ला !

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक