20121015

अमेरिकामा युनाईटेड नेपालको आयोजनामा सम्पन्न दशै साँझ यस्तो रह्यो हेर्नुस् फोटो हरु आफै यसरी बोल्छन

अमेरिकाको मनासस शहर । अक्टोबर १४ तारिख साँझ ६.४५ बजे हिल्टोन पर्फर्मिङ आर्ट सेण्टर को बिशाल भब्य र अती ब्यबस्थित हल नेपालीहरुले खचाखच भरिएको थियो । दशै साँझ २०६९ को पर्दा खुल्यो कार्यक्रम हरु एक पछी अर्को गर्दै आइरहे, दर्शक दिर्घामा आनन्द छाइरह्यो, बिगत मा जस्तो न त फायर आलराम बज्यो नत साउन्ड  सिस्टममा कुनै गडबडी भयो । हर कुरा, ब्यबस्थापन अती प्रशंशनिय रह्यो । सरोज खनाल, नबिन केसी, किरण केसी लगायत युनाइटेड नेपाल टिमको अहोरात्र खटाइ, मेहनत जती प्रशँशा गर्दा पनि कम हुनेखालको थियो । त्यसै  माथि राजेश हमाल, सरोज खनाल, गौरी मल्ल, सारँगा श्रेष्ठ, करिश्मा मानन्धर, रतन सुबेदी, सुनिल उप्रेती , नविन केसी, राम प्रसाद खनाल, किशोर छेत्री, कर्ण दास, लुना श्रेष्ठ, यज्ञमान शाक्य, गोपाल नेपाल फिस्टे, आस्था श्रेष्ठ, असिमा अर्याल, सुजिता बस्नेत सहितका कलाकारहरुको प्रस्तुती सबै दर्शकले अत्यन्त मन पराएर हेरिदिए र हिंड्ने बेला लबी बाट भन्दै थिए यस्तो कार्यक्रम अमेरिकामा पहिलो पटक हेरियो साह्रै राम्रो । एउटा बौद्दिक दर्शक भुपनारायण घर्तिमगर् को प्रतिकृया सुन्नै पर्ने खालको र आगामी दिन मा फलो गर्नै पर्ने खालको थियो "कार्यक्रम को ब्यबस्थापन, प्रस्तुतिहरु सबै अबल थिए तर दसैं झल्काउने, नेपाली कला र सन्स्क्रिती झल्काउने, अमेरिका मा रहेका नयाँ जेनेरेशन लाई आकर्शित गर्ने कार्यक्रम हरुलाई आगामी दिन मा अली बढी महत्व दिनुपर्ला कि "   कार्यक्रममा प्रमुख अतिथी अमेरिकाका लागि नेपाली राजदुत डा शंकर शर्माले अतिथी कलाकार बरिस्ठ नायक राजेश हमाल लाई सम्मान गर्नुभएको थियो, यसै गरी बरिस्ठ नायिकाहरु गौरी मल्ल र करिश्मा मानन्धर लाई पनि सम्मान गरिएको थियो, यसका अलावा आस्था श्रेष्ठ र सुजिता बस्नेत लाई पनि । सरोज खनालको २० मिनेट लामो प्रस्तुतीले दर्शक को मन जितेको देखियो भने नयाँ पिँडिका चर्चित हाँस्य कलाकार गोपाल नेपाल फिस्टेले दर्शक लाई राम्ररी हँसाए । कर्ण दाश, राम प्रसाद खनाल, रतन सुबेदीको गीत मा दर्शक मज्जाले झुमे ।   करिश्मा, गौरी, सारँगा, लुना, किशोर, र सारा न्रित्य को संयोजन गर्ने न्रित्य नायक नबिन को नाच वा क्या मज्जाका थिए । कार्यक्रम मा महाबाणिज्यदुत प्रेमराजा महतको पनि उपस्थिती थियो । सुनिताको उदघोशण, सुभाश, बिक्रम र सुनिल उप्रेतिको प्राबिधिक पक्ष यसपाली प्रशँशायोग्य थियो । समग्रमा कार्यक्रम सफल थियो । बधाई छ सरोज खनाल र समस्त टिम लाई नेपाल मदर डट कमको तर्फबाट ।              

                      

 













































































































Photo / Video : Nepalmother.com/ Dcnepal.com/ Nepalipost.com/ Enepalese.com/ Bikash Raj Neupane/ Gyanendra Khanal 

1 comment:

  1. - BishwaBandhu Prasai, said
    आदरणीय कलाकार ,तपाईहरुले डि सी,मेरिलैंड र भर्जिनियामा दसैं को स्वागत गर्ने परम्परा अनुसार दिनु भएको उत्कृस्ट कला प्रस्तुतिले भरपुर आनन्द र दसैँ आएछ भनेर अनुभूति समेत गरिदिनु भएकोमा राजेश हमाल,सरोज खनाल, किरणप्रताप केसी, गौरी मल्ल, सारँगा श्रेष्ठ, करिश्मा मानन्धर, रतन सुबेदी, सुनिल उप्रेती , नविन केसी, राम प्रसाद खनाल, किशोर छेत्री, कर्ण दास, लुना श्रेष्ठ, गोपाल नेपाल फिस्टे, आस्था श्रेष्ठ, असिमा अर्याल, सुजिता बस्नेत सहित सबैमा हार्दिक बधाई र धन्यवाद !! बास्तबमै कार्यक्रम अत्यन्त सफल र उत्कृस्ट थियो मेरो स्यालुट सम्पूर्ण कलाकारहरुमा !!!!

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक