20121009

माओवादीले कङ्रेस र एमाले लाई बिरालाले मुसो खेलाए झै खेलाउँदै, प्रचण्डले प्रधानमन्त्रीको लोभ देखाए पछी देउबा प्रचन्डको पछाडि, फेरी मरिसकेको संबिधानसभा ब्युँताएर संबिधान को खिल्ली उडाउने तयारी,राजनीति झनै गोलमटोल !

एकीकृत नेकपा (माओवादी)ले संविधानसभा पुनस्र्थापनामा जान नेपाली कांग्रेसलाई प्रस्ताव गरेको छ । तर कांग्रेसले भने पहिले भए गरिएका सहमति के कति कारणले कार्यान्वयन नभएको हो भनि पहिला छलफल गर्नुपर्ने बताएको छ ।  एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार कांग्रेस नेतृत्वसंगको बैठकमा संविधानसभा पुनस्र्थापनाको प्रस्ताव गर्नुभएको हो । कांग्रेस संविधानसभा पुर्नस्थापनामा जान तयार भए एमाओबादी दशंैअघि नै सरकारको नेतृत्व कांग्रेसलाई दिन तयार भएको सो बैठकमा बताइएको थियो । स्रोतका अनुसार सहमतिको लागि अध्यक्ष प्रचण्डले तीन दिन भित्र थप प्रस्ताव ल्याउने बताउनु भएको छ । कांग्रेस सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा भएको एमाओबादी र कांग्रेसका शीर्ष नेताहरुको बैठकपछि कांग्रेस वरिष्ठ नेता शेवहादुर देउवाले भन्नुभयो– ‘प्रचण्डको प्रस्तावमा थप छलफल गरिने छ ।’ देउवाले एमाओबादीको प्रस्तावबाट आफु खुशी भएको बताउनु भयो । बैठकपछि एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले दुई दलबीच अडानभन्दा लचिलो हुने निर्णय भएको जानकारी दिनुभयो । उता कांग्रेसमा
भने संविधानसभा पुनस्र्थापना गर्ने कि चुनावमा जाने भन्ने बारेमा अझै अन्यौल रहेको छ ।
एमाले उपाध्यक्ष वामदेव गौतमले जातीय पहिचान संसारमै कतै नरहेको दाबी गरेका छन् ।
‘विश्वमा जातीय पहिचान सहितका राज्य कतै छैन,’ उनले भने, ‘नेपालमा पनि जातीय राज्य सम्भव छैन ।’
पार्टी कार्यालय चितवनमा आज कार्यकर्ताहरुलाई सम्बोधन गर्दै बहुजातीय पहिचान मान्न नसक्ने अनि पार्टीले पहिचान नै दिएन भन्ने जनजाति नेताहरुको आरोपप्रति आक्रोशित उपाध्यक्ष गौतमले भने, ‘एमालेले जातीय सम्मान नै गरेन भन्नुको कुनै तुक छैन ।’ उपाध्यक्ष गौतमले नयाँ निर्वाचनमा अहिलेको राजनीतिक निकासको उत्तम विकल्प रहेको दावी गरे । उनले भने, ‘निकासका लागि नयाँ जनादेश उपयुक्त छ ।’
‘एमालेको आधिकारिक निर्णय नयाँ निर्वाचनमा जाने हो,’ उनले भने, ‘नयाँ संविधान घोषणा गर्नका लागि मात्रै हो भने संविधानसभा पुनःस्थापना पनि गर्न सकिन्छ ।’ पहिला विवादित बिषयमा टुंगो लाग्नु पर्ने बताएका उनले यथास्थितिमा संविधानसभा पुनःस्थापना गर्न नसकिने उल्लेख गरे । रााष्ट्रिय सहमतिको सरकार नवनाए सम्म मुलुकले निकास नपाउने गौतमको दाबी छ । उनले प्रधानमन्त्री बाबुराम भट्टराई इतिहासकै असफल प्रधानमन्त्रीका रुपमा चित्रित भईसकेको टिप्पणी गरे ।
‘राष्ट्रपतिको हस्तक्षेपबाट वर्तमान सरकार बर्खास्त गरी सहमतीय सरकार निर्माण गर्नु पर्छ,’ उनको भनाई थियो ।

पूर्व सभामुख सुभासचन्द्र नेम्वाङले राजनीतिक संकटको अवस्थामा दलहरु मोर्चाबन्दीमा भन्दा सहमतिमा आउनु जरुरी रहेको वताएका छन् ।
नुवाकोटको सदरमुकाम विदुरमा आज आयोजित कार्यक्रममा उनले आन्दोलनहरुका उपलव्धी संस्थागत गर्न दलहरु मिल्नुको बिकल्प नरहेको उल्लेख गरे । उनले भने, ‘संविधानसभा पुनःस्थापना वा नयाँ निर्वाचनमा जाने जुन निर्णय गरे पनि छिटो गर्नु पर्छ ।’
उनले देशमा राजनीतिक र संवैधानिक शुन्यता छाउँदै गएकोमा चिन्ता ब्यक्त गरे ।
‘केही महिना भित्रमा नै सर्वोच्च अदालत र निर्वाचन आयोग रिक्त हुँदै छ,’ उनले भने, ‘देशमा संवैधानिक शुन्यताको अवस्था आउन दिनु हुँदैन ।’
घुमाउरो भाषामा संविधानसभा पुनःस्थापना गर्नुपर्ने बताएका उनले दलहरुलाई उपयुक्त निर्णय गर्न सुझाव दिए ।

एकीकृत माओवादीका प्रवक्ता अग्नि सापकोटाले संविधानसभाको पुनःस्थापना अघि विवादित विषयमा सहमति भएमात्रै कांग्रेस नेतृत्वमा सरकार बनाउन सकिने बताएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले आफूहरुले अघि सारेका पूवसर्त नमाने कांग्रेसलाई सरकारको नेतृत्व नदिने बताए । उनले भने, ‘एमाओवादीले अघि सारेका मागलाई कांग्रेसले नमाने वर्तमान मन्त्रिपरिषद विस्तार गर्छौं ।’
प्रवक्ता सापकोटाले संविधानसभा पुनःस्थापना सबै भन्दा कम जोखिम पूर्ण विकल्प रहेकाले नयाँ निर्वाचनमा तत्काल जान नहुने उल्लेख गरे ।
कांग्रेस केन्द्रीय सदस्य अर्जुन नरसिह केसी सरकारको नेतृत्व पाउने लोभमा संविधानसभा पुनःस्थापनाको पक्षमा आफूहरु नउभिने बताए ।
उनले मृत्यू बरण गरिसकेको संविधानसभाले मुलुकलाई कुनै निकास दिन नसक्ने बताए । केसीले भने, ‘संविधानसभा पुनःस्थापनाका विषयमा नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले दिएका अभिव्यक्ति उनीहरुका निजी धारणा हुन् ।’ 



1 comment:

  1. Desh ko awsata herda dukha lagcha,,,k garnu raa,,netha haru ko shamati khahiley huncha konni,,,

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक