20121127

"कमल जस्तै कोमल भनी मान्छे हरुले प्रशंशा गर्ने पूर्व बडामहारानी कोमलको कोखबाट के दिन मा जन्मिएका रहेछन कुन्नी यि राक्षस, यिनले गर्दा राजसँस्थाको बेइज्यत, राज परिवारको बेइज्यत, देश को बेइज्यत भयो, यस्ता कुलँगार छोरा कुनै आमाको कोखबाट नजन्मिउन'

नागरिक दैनिकमा आज पूर्व युबराज पारसको बारेमा एउटा समाचार प्रकाशित भए पछी संसारभरी ठुलो हलचल फैलियो । "कमल जस्तै कोमल भनी मान्छे हरुले प्रशंशा गर्ने पूर्व बडामहारानी कोमलको कोखबाट के दिन मा जन्मिएका रहेछन कुन्नी यि राक्षस, यिनले गर्दा राजसँस्थाको बेइज्यत, राजा परिवारको बेइज्यत, देश को बेइज्यत भयो, यस्ता कुलँगार छोरा कुनै आमाको कोखबाट नजन्मिउन' यि र यस्तै टिका टिप्पणी र प्रतिकृया सुन्न देख्न पाईन्छ अहिले बजारमा । "केही हद सम्म राजासंस्था र पूर्व राजा ज्ञानेन्द्रलाई बदनाम गर्न पारसका हेरेक कुरा लाई बढी उछाल्ने गरेको सत्य हो तर पारस मुर्ख हुन यि नसुध्रिने जँकी लाई अब नेपालीले माया गरिरहनुपर्छ जस्तो लाग्दैन, यसलाई राजासंस्था सँग जोडेर माया गर्नु आबस्यक छैन, हिमानी जस्ती श्रीमती हुँदाहुँदै बाहिर आँखा दुलाउने यि मुर्ख को बारेमा कसैले सहानुभुति प्रकट गर्नु ब्यर्थ छ । तर पारस का कारण पूर्व राजा ज्ञानेन्द्रलाई लान्छित गर्नु अन्याय हुन्छ' अहिले राजाबादीहरु पनि
यस्तो भन्न थालेका छन । समाचारमा भनिए जस्तो यिनले गरेका हुन भने यिनलाई माफि दिने होइन कि जेल मा हलेर कडा सजाय दिनुपर्छ । गल्ती गर्नेले कार्वाही भोग्नै पर्छ ।
हेर्नुस् नागरिकको समाचार जस्ताको तस्तै : "पूर्वयुवराज पारस शाह थाइल्यान्डमा एक महिनाअघि प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेको खुलेको छ। धरौटीमा हिरासतमुक्त उनी अहिले थाई अदालतमा लागुऔषध मुद्दाको तारेख खेपिरहेका छन्। अहिलेसम्म गुपचुप राखिएको यो घटनाबारे नेपाल र थाई दुवै सरकार मौन छन्। विश्वस्त स्रोतका अनुसार कात्तिक ७ गते पर्यटकीय सहर फुकेटमा रहेको उनको निजी निवास छापा मार्दा प्रहरीले ३ दशमलब ४ ग्राम गाँजा फेला पारेको थियो। पारसले बरामद गाँजा आफ्नो नभएको दाबी गरे पनि प्रहरीले उनलाई कार्यालय पुर्‍याएको थियो। उनले फुकेट प्रहरी हिरासतमा एक रात काटे। दोस्रो दिन एक थाई नागरिकले १० हजार भाट धरौटी राखेर उनलाई छुटाएका थिए। उनी अहिले १२-१२ दिनमा तारेख थाम्न अदालत पुग्छन्। स्रोतका अनुसार प्रहरीले उनको राहदानी जफत गरेको छ। तारेखका लागि वारेस इन्कार गरिएपछि उनी आफैं अदालत धाइरहेका छन्।
थाई कानुनअनुसार लागुऔषध मुद्दाको छिनोफानो हुन कम्तीमा तीन महिना लाग्छ। थाई सरकारले वर्गीकरण गरेको पाँच थरी लागुऔषधमध्ये गाँजा पाँचौं नम्बरमा पर्छ। यो अभियोग पुष्टि भए उनलाई एक वर्ष कैद वा २० हजार भाट जरिवाना वा दुवै सजाय हुनसक्छ। एक नम्बरको लागुऔषध चरेस र हेरोइनसहित पक्राउ परे मृत्युदण्डसम्म हुनसक्छ।
पूर्वयुवराज पारस पक्राउ परेको बारे थाइल्यान्ड प्रहरीले कात्तिक ११ गते नेपाली दूतावासलाई जानकारी गराएको थियो। लगत्तै उक्त खबर परराष्ट्र र गृह मन्त्रालयसम्म आएको थियो।
विदेशमा पक्राउ परेका व्यक्तिबारे परराष्ट्र मन्त्रालयले परिवारलाई जानकारी दिने नियम छ। उच्चस्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाहले पनि त्यसको औपचारिक जानकारी पाइसकेका छन् तर पूर्वराजपरिवारका कुनै पनि सदस्यले उनीबारे चासो लिएका छैनन्।
स्रोतका अनुसार पारस अधिकांश समय थाइल्यान्डको पर्यटकीय नगरी बैंककमा बस्ने गरेका छन्। बैंककमा उनको निजी अपार्टमेन्ट छ। बैंककबाट एक घन्टा हवाई दूरीमा रहेको फुकेटमा पनि उनको अपार्टमेन्ट छ। उनले अचेल अर्को सहर पतायामा सामुन्द्रिक उपजको व्यापार गर्दै आएका छन्।
मुद्दाको अन्तिम छिनोफानो नभएसम्म उनी फुकेट प्रहरीको निगरानीमा छन्।
चितवनको टाइगरटप्स रिसोर्टमा कांग्रेस नेतृ सुजाता कोइरालाका ज्वाइँ रुवेल चौधरीलाई गोली हानेको विवादमा उनी ०६७ फागुन २८ गते पक्राउ परेका थिए। सार्वजनिक अपराध अभियोग खेपेका उनलाई जिल्ला प्रशासन कार्यालयले 'आइन्दा यस्तो नगर्ने' सर्तमा रिहा गरेलगत्तै उनी बैंकक गएका थिए।
सुरुमा उनले आफ्ना दुवै सन्तान पनि बैंकक लगेका थिए। त्यहाँ पढ्ने व्यवस्था गरे पनि खासै वास्ता नगरेपछि पूर्वयुवराज्ञी हिमानीले आफ्ना सन्तान नेपाल फर्काएकी थिइन्। बैंकक गएदेखि उनी परिवारको सम्पर्कमा समेत थिएनन्। उनी थाई प्रेमिकासँग बस्ने गरेको सार्वजनिक हुँदै आएको थियो।
थाई राजपरिवारसँग पूर्व राजपरिवारको राम्रो सम्बन्धका कारण उनी सिंगापुरवाट थाइल्यान्ड सरेका हुन्। स्रोतका अनुसार थाई राजकुमार चुमासक कानोक्नानले पारसलाई सहयोग गर्दै आएका छन्। चुमासक पनि आफ्नो देशमा विवादित छविका हुन्।
मध्यबैंककको सडकमा गोली चलाएर विवादमा तानिएका उनी युवतीसँगको सम्बन्धका कारण समेत बेलाबखत चर्चामा आउँछन्।

1 comment:

  1. युवराजको निवासमा “३ दशमलब १० ग्राम ” गाँजा फेला परेको छ । समाचार लेख्नेले यो कुरा बुझ्नु जरुरी छ कि थाइलाण्डको कानून अनुसार गाँजा सेवन गर्नेलाई ढरौटीमा रिहा गर्दैन पहिलो कुरा ।
    दोश्रो कुरा युवराज पारस लागु औषधी मुद्धामा तारिख धाउँदै भनेर भनिएको छ । जुन कुरा सरासर गलत हो भन्ने कुरा थाइ अदालतमा सोधपुछ गरे हुन्छ । किनकी कुनै पनि अदालतमा युवारजकाखे मुद्धा परेको छैन ।
    तेश्रो कुरा गाँजाको जुन परिमाण समाचारमा भनिएको छ त्यो एउटा चुरोटमा रहेको सुर्ति बराबर हुनेछ । अब भन्नुस युवराजको घरमा यति सानो परिमाणमा गाँजा रहेको छ भनेर थाइ प्रहरीलाई पुलिसलाई खबर कसले ग¥र्यो होला रु यदी युवराज गाँजा सेवन गर्ने ब्यक्ति भएको भए युवराको घरमा गाँजाको पोका पोका नै भेट्नु पर्ने हो नि किन भेटिएन रु
    चौथौ कुरा यदी थाई प्रहरीले छापा मारेको नै हो भने युवराजले छापा पर्दा यति थोरै मात्र रहेको गाँजालाई लुकाउन नसक्ने हो र रु
    त्यसैले अहिले नागरिक र नयाँ खबर पत्रिकाले आफ्नो प्रमुख समाचारको रुपमा युवराजको फोटो सहित जुन समिाचार प्रकासित गरेको छ त्यो आफ्नो पत्रिकाको बिक्रि बढाउन वा विदेशी वा स्वदेशी राजसंस्था विरोधी तत्वको निर्देशनमा भएको र जनतालाई राजसंस्थाप्रति भ्रममा पार्ने सिवाय अरु केही होइन । तसर्थ हामी यसप्रति घोर निन्दा र भत्र्सना गर्दछौं ।
    अहिले मुलुकमा दलहरु असफल भई देश बर्बाद हुन लागेको समयमा नेपाली जनताले राजसंस्थाले मात्र देशलाई बचाउन सकिन्छ भनेर राजसंस्थाको माग र चाहना गरिरहेको समयमा र समाचारमा नै लेखिएको छ कि यो तीन साता अघि भएको घटना हो । यदी ३ साता अघि नै भएको भनेर समाचारमा लेख्नेहरुले तीन साता अघि नै यो समाचार किन प्रकासन गर्न सकिएन रु साथै अहिले जुन समाचारहरु नेपाली खबरहरुमा आए त्यो खबर अहिले सम्म थाइलाण्डमा प्रकासित कुनै पनि थाइ पत्रिकाहरुले समाचार किन प्रकासित गरिएन रु तसर्थ अचानक युवराजलाई बद्नाम गराई समग्र राजसंस्थाविरुद्ध नेपाली जनतामा भ्रम र धृणा फैलाउने षडयन्त्र अनुरुप यसरी समाचार आएको हो । अहिले दल र राष्ट्रपति बिचमा सत्ताको लडाइ चलिरहेको समयमा जनता राष्ट्रपति र दलहरुको सत्तालिप्साबाट आजित भइ राजसंस्थाको नै तिबै चाहनाको समयमा यो समाचार आउनुले नेपाली जनता र राजसंस्थाको पुन मिलन होस् भनेर नचाहने , विदेशीहरुको निर्देशनमा मुलक चलोस भनेर चाहने स्वदेशी र विदेशी दलालहरुको षडयन्त्र अनुरुप नेपाली जनतालाई भ्रममा पार्ने र राजसंस्थालाई बद्नाम गराउने सिवाय अरु केही होइन भनेर स्पष्ट हुन्छ ।
    तसर्थ अहिले जुन समाचारहरुले युवरजाकोबारे लेखे ती मिडियाहरुले देश र जनताको विरुद्ध षडयन्त्र गरिरहेका छन् । यी सबै कुनै विदेशी शक्तिबाट परिचालित पत्रिका हुन भनेर स्पष्ट भएको छ । जसको हामी घोर विरोध र यस्ता राष्ट्र र जनतालाई भ्रमित गर्ने पत्रिकालाई बहिस्कार गर्न सबै नेपाली जनतामा आह्वान गर्दछौं ।
    केही समय पहिले पनि युवराजलार्इृ नक्कली भारुको कारोवार गर्ने भनेर समाचारहरु प्रकासित भएको थियो जुन पछि गलत साबित भयो । अहिले पुन युवराजलाई नै बलिको बोका बनाएर राजसंस्थालाई कमजोर बनाउने र भ्रम फैलाउने षडयन्त्र भएको छ । मुलुक सफल भइरहेको समयमा अब मुलुकलाई बचाउन राजसंस्था मात्र एक सच्चा राष्ट्रवादी शक्ति रहेको समयमा राजसंस्था र जनता मिलेर देशलाइृ बचाउयने कार्यमा लाग्ने समयमा राजसंस्था विरुद्ध भ्रम र घृणा फैलाउने कार्य गरेर देशलाइृ गृहयुद्धमा धकेलेर परतन्त्र बनाउने षडयन्त्रमा लागेका विदेशीहरुको दलाली गर्दै आएका समाचारको हामी घोर विरोद्ध गदै तत्काल माफी माग्न हामी जोदार माग गर्दछौं ।

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक