20121108

कबिता : कुकुर तिहारका कुकुरहरु.................. !

- रामप्रसाद खनाल, भर्जिनिया अमेरिका 

बिगत बर्ष, कुकुर तिहारको दिन
बिहान पख, मर्निङवाकमा बाटोमा हिड्दै थिएँ
निन्याउरा, ख्याउटे केही भुस्याहा कुकुरहरु भेटेँ
सोँचें बिचराहरु कती दिनका भोका होलान !
कती रात सडकमा भोकले काइँ काइँ गर्दै रोएका होलान !
मान्छे पनि कती निर्दयी होलान भन्दै
म ति कुकुरहरुको पक्षमा बोल्दै, दिल खोल्दै
भुस्याहा कुकुरहरुलाइ आ ..कुती कुति आ... भन्दै
मेरो घर तिर बोलाएँ
ति कुकुरहरु मेरो पछी पछी आए
घरमा मेरा लागि पाकेको खाना

आफ्नै गास काटेर उनिहरुलाई खान दिएँ
कती दिनका भोका थिए कुन्नी, टन्न खानु सम्म खाए
दुई चार दिन उनिहरु खानाको रसले होला
मेरा अगाडि पछाडि झुम्मिई रहे
कुकुर तिहारको दिन मैले उनिहरुलाई टिका लगाइदिएँ
घाँटीमा माला पनि भिराइदिएँ
बिगतमा खाते, भुस्याहा जे भएपनी
आज्ञाकारी, अशल, घर पालुवा बनाउँछु भन्दै
हरेकलाई टोनी लगायतका राम्रा राम्रा नाम पनि दिएँ
कुकुर तिहारका दिन सडकमा भेटीएका कुकुरहरुलाई
भुस्याहाबाट घर पालुवा बनाउने अठोट पनि लिएँ
कुकुर तिहार, भाई टिका सकियो
तिहारको रमझम सँगै चाडवाड  पनि सकिए
तर हरेक दिन कुकुरहरु कुकुर तिहारका दिन जस्तै
मिठो मिठो खान मात्र खोजी रहे, माला मात्र रोजी रहे
एक दिन म भन्छामा खाना खाँदै थिएँ
एउटा कुकुर भान्छामै छिर्यो
ठिकै छ नि भनेर अलिकती "कलो" खान दिएँ
अर्को दिन अर्को कुकुर छिर्यो 
मेरो खानाको थालमै मुख गाड्यो
त्यो दिनको मेरो भान्छानै भाँड्यो
झन अर्को दिन त ति कुकुरहरुको हुल
भान्छामा पकाएकै भाँडामा मुख गाड्न पुगे
औँला दिंदा डुँडुलो निल्न खोजे
अनी लौरो लगाउँदै भान्छाबाट मात्र होइन
घर बाटै खेदिदिएँ
मनन गरें सडकमा रमाउने खाते कुकुरहरु
चोरेर खान पल्केका भुस्याहाहरुलाई
सुधार्न निकै गार्हो रहेछ
आजकाल ति कुकुरहरु मेरो वरि परी छैनन
मैले खाते भुस्याहा कुकुरहरु पाल्न छाडिसकेको छु
तै पनि......, तै पनी .....
फेरी कुकुर तिहार आउंदै छ, कुकुर तिहारका दिन
उनिहरुलाई खोजेरै भएपनी
"कलो" खुवाउँदै, कुकुर तिहारको टिका र माला लगाइदिँदै
कुकुर तिहार मनाउने निधो गरिसकेको छु  
किनकी कुकुर तिहार आखिर कुकुर कै तिहार न हो !    

1 comment:

  1. Ram P Bhai
    Jasli Baneko bhayapani ramri ni lekhanu bhayachha .Kura tasti hoo !

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक