20130111

आङकाजी शेर्पाले पृथ्वीनारायण शाहलाई युद्ध अपराधी घोषणा गर्न माग गरे, पृथ्वीनारायण शाहले बनाइदिएको नेपालका मुर्ख नेपाली आङकाजी राष्ट्र निर्माताको खोइरो खन्दैछन, होइन के भएको हो यि आङकाजी मार्का नेपालीहरु लाई ???!!!

बेलाबखत उग्र अभिव्यक्ति दिएर विवादमा आउने गरेका संघीय समाजवादी पार्टीका नेता आङकाजी शेर्पाले पृथ्वीनारायण शाहलाई युद्ध अपराधी घोषणा गर्न माग गरेका छन् । सिंहदरबार अगाडि रहेको पृथ्वीनारायणको सालिगसमेत तत्काल हटाउन शेर्पाले माग गरेका छन् । दुई सय ९१ औं पृथ्वी यजन्तीकै दिनपारेर शेर्पाले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्-’१७ धार्नी आदिवासी जनजाति नेवारको नाक काट्ने पृथ्वीनारायण शाहलाई युद्ध अपराधी घोषणा गरियोस् ।’ जिम्मेवार पार्टीका नेतासमेत रहेका शेर्पाले लेखेका छन्-’शासक जाति र वर्गले लेखेको ईतिहासमा उत्पीडित र उपेक्षीतहरु कथा व्यथा लेखेको हुँदैन भनेको सुनेको थिएँ । पृथ्वीनारायण शाहको गुणगान गाउने नेपालको ईतिहासले काठमाडौ उपत्याकामा १७ धार्नी आदिवासी नेवारहरुको नाक काटेको बारे किन बोल्दैन ?’ साम्प्रदायिक अभिव्यक्ति दिएको भन्दै नेकपा एमालेबाट निष्काशनमा परेका आङकाजीले पृथ्वीनारायणलाई गाली गर्दै भनेका छन्- ‘आदिवासी जनजाति नेवारको १७ धार्नी नाक काटेर गर्व गर्ने पृथ्वीनारायण शाहलाई मरोपरान्त युद्धअपराधी घोषणा गरिनुपर्छ ।’ त्यसैगरी सिंहदरबार अगाडि रहेको शाहको सालिक तत्काल हटाएर शंखधर चक्र -साख्वा ?) को सालिक राख्न शेर्पाले माग गरेका छन् । ‘सिहंदरवारको अगाडि युद्धअपराधी पृथ्वीनारायण शाहको
शालिक तत्काल हटाएर शंखधर चक्रको शालिक राखियोस् ।’ शेर्पाको थप माग छ, ‘पृथ्वीनारायण शाहको गुणगान मात्र वर्णन गरिएको नेपालको इतिहास तत्काल सच्चाइयोस् ।’ काजीले स्टाटसको अन्त्यमा लेखेका छन्- ‘विश्लेषण: आङ काजी शेर्पा किसान’
: आङ काजी शेर्पा किसान’
**********************************************
नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको भूमिका महत्वपूर्ण थियो भनेर पढेका, जाँचमा त्यही लेखेर पास भएका र मास्टरी गर्दा विद्यार्थीलाई यही पढाएर पाका भएका नेताहरु अहिले देश चलाउने ठाउँमा छन् । लोकतन्त्र स्थापना हुनुभन्दा पहिलेसम्म पनि पृथ्वीनारायण शाहलाई एकताको प्रतीक ठान्ने यिनै नेताहरुले पुस २७ लाई चटक्कै बिर्सेका छन् । ०६२ सालसम्म हरेक वर्ष पुस २७ लाई एकताको दिवसको रुपमा मनाईन्थ्यो । तर, अहिले केही संघसंस्थाले मात्र यो परम्परा धानिरहेका छन् । सरकारी स्तरबाट पुस २७ मा कार्यक्रम हुन छाडेको ७ वर्ष भएको छ ।
जनआन्दोलन सफल भएसँगै पूर्व राजाहरुको रीस फेर्ने क्रममा पृथ्वीनारायण शाहका शालिकमाथि पनि तोडफोड भए । काम बिगारेपछि झल्याँस्स हुने नेपाली प्रवृत्तिकै कारणले होला हिजोआज नेताहरुलाई पृथ्वीनारायण शाहलाई रीस गर्नु बेकार जस्तो लाग्न थालेको छ । ‘उनलाई अपमान गर्नु र शालिक फोड्ने काम ठीक होइन’ एकीकृत नेकपा माओवादीका युवा नेता देवेन्द्र पराजुलीले अनलाइनखबरसित भन्नुभयो-’दिवस नमनाए पनि उनको योगदानलाई भुल्न हुँदैन ।’
राजाको शासन ढालेर सत्तामा पुग्नेबित्तिकै नेताहरुको आँखाले पुराना राजाहरुलाई ‘राजा’ को रुपमा मात्रै देख्यो र उनीहरुको योगदानलाई भुले भन्ने जनगुनासो बढ्न थालेको छ । साँच्चै पृथ्वीनारायणलाई त मान्नुपर्छ भन्नेमा केहीलाई महसुस पनि भएको छ । माधवकुमार नेपाल नेतृत्वको सरकारले एकता दिवसलाई निरन्तरता दिनेबारे छलफल पनि चलायो । फेरि विवाद हुने डरले त्यो प्रयास त्यत्तिकै सेलायो । ‘पृथ्वीनारायण शाहलाई साम्राज्यवादीको पगरी गुथाएर हिंस्रक शासकको उपाधि दिइँदैछ, वास्तवमा यो इतिहास बंग्याउने काम हो ।’ इतिहासका जानकार रमेश उप्रेतीको भनाइ छ ।
दोस्रो जनआन्दोलनपछि सिहंदरवारको मूल ढोकाअघिको पृथ्वीनारायण शाहको शालिकमा तोडफोड मात्र भएन, त्यो झिकेर फाल्नुपर्नेसम्मका माग उठे । चाहिनेभन्दा बढी लोकतान्त्रिक देखाउन त्यतिबेला सरकारले पुस २७ लाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउने चलन हटायो । ०६३ सालदेखि सरकारले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने चलन हटाए पनि जनस्तरबाट मनाउने क्रम चलिरहेको छ । दिवस मनाउनेहरुलाई शुरुमा धेरैले लोकतन्त्रबिरोधी र राजावादीको रुपमा चिने । राप्रपा नेपालजस्ता राजावादीहरुले मात्रै मनाउने हो यो भनेरे धेरैले वास्ता पनि गरेनन् । तर, एमाले नेता मोदनाथ प्रश्रतिलगायतका चर्चित व्यक्तित्वले समेत एकता दिवस मनाउनुपर्छ भन्न थालेपछि यसको समर्थन बढ्न थालेको छ । पृथ्वीनारायण शाहको नाम राष्ट्रिय एकता र अखण्डतासित जोडिएकोले उनलाई भुल्न नहुने धेरैको तर्क छ । ‘राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको योगदानलाई भुल्न सकिन्न’ प्रश्रतिले भन्नुभयो -’उनलाई एकताको रुपमा मान्नुपर्छ ।’
ऊबेला बाइसे, चौबीसे राज्यमा छरिएको मुलुकलाई गोलबन्द गर्ने काम पृथ्वीनारायणले नै गरेका हुन् । अहिले संघीयताको चर्चा चलिरहेको बेला पृथ्वीनारायणको त्यो काम संघीयता बिरोधी थियो भन्नेहरु पनि छन् । तर, उनले त्यसो नगरेका भए मुलुक अहिलेको अवस्थामा नहुने र विदेशीको भैसक्नेथियो भन्नेहरु पनि छन् । तर, नागरिक समाजका मल्ल के सुन्दर यो मान्न तयार हुनुहुन्न । ‘उनी शासक मात्र हुन्, एकताको प्रतीक होइनन्’ उहाँले भन्नुभयो -’शासकले राज्य विस्तार गर्नु ठूलो कुरा होइन, अरु शासकले जे गर्थे उनले पनि त्यही गरेका हुन् । यही कारण उनलाई एकताको प्रतीक मान्न सकिँदैन ।’
अरु राजाहरुले गरेको गल्ती हेरेर पृथ्वीनारायण शाहको अवमूल्यन र इतिहासप्रति बेइमानी त भैरहेको छैन भनेर प्रश्न उठाउनेहरु पनि धेरै छन् । ‘राष्ट्रिय एकताको प्रतीककै रुपमा पृथ्वीनारायण शाहलाई लिनुपर्छ’ नेपाली कांग्रेसका नेता लक्ष्मण घिमिरेले बताउनुभयो ।
पृथ्वीनारायणलाई एकताको प्रतीक मान्नुपर्छ भन्नेहरुको लाइनमा अहिले राजावादी मात्रै होइनन, खरो क्रान्तिकारी भन्ने धेरै नेताहरु पनि थपिएका छन् ।


1 comment:

  1. येस्ता खालका मानिसहरु अरु पनि छन | यो एउटा बिकाउ प्रबृत्ति हो | हाम्रो मुलुकको लागि एउटा दुस्चक्र हो | यसलाई कसैले जानी जानी र कसैले नजानी नजानी मल जल गरेका छन | यो दुस्चक्र तोड्न संगठित प्रयास चाहिन्छ |

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक