20130326

कहीँ नभएको जात्रा एमाओबादीमा: संसारकै ठुलो ३९९ सदस्यीय केन्द्रिय समिती, हत्यारा, लुटेरा, चोर, डाँका देखी बाबुराम प्रचण्ड सम्म सबै केन्द्रिय समितिमा भन्दै टिका टिप्पणी शुरु !

एमाओवादीले केन्द्रीय समितिको सोमबार बसेको बैठकले केन्द्रीय समिति ३ सय ९९ बनाउने निर्णय गरेको छ । केन्द्रीय समितिमा क–कसलाई ल्याउने भन्ने विषयमा आन्तरिक विवाद बढ्दै गएपछि महाधिवेशन सकिएको झन्डै डेढ महिनापछि एमाओवादीले महाधिवेशन आयोजक समितिभन्दा ठूलो केन्द्रीय समिति बनाउने निर्णय गरेको हो । महाधिवेशन आयोजक समितिमा २ सय ४० सदस्य थिए । सोमबारको बैठकले एक सय ५१ पूर्ण र दुई सय ४८ वैकल्पिक केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ । विवादका कारण नामको अन्तिम टुंगो भने अझै लागेको पार्टी विधानमा १ सय ५१ सदस्यीय केन्द्रीय समिति रहने उल्लेख भए पनि महाधिवेशनले २ सय ४१ सदस्यीय आयोजक समितिमध्ये ९८ जनालाई मात्र केन्द्रीय समितिमा ल्याएको थियो । केन्द्रीय सदस्य मनोनीत गर्दा महिला, दलित, मधेसी र उत्पीडित क्षेत्रलाई प्राथमिकता दिइने माओवादीले जनाएको थियो । ‘सबै सन्तुलन मिलाउँदा केन्द्रीय समिति ठूलो भयो,’ एक केन्द्रीय सदस्यले भने । अन्य पार्टीबाट एमाओवादीमा आउनेहरूका लागि केही सिट छुट्टयाउन सकिने ती नेताले बताए । पार्टी विधानमा केन्द्रीय समितिको एकतिहाइ पोलिटब्युरो र पोलिटब्युरोको
एकतिहाइ सदस्य बराबर स्थायी समिति हुने व्यवस्था छ । महाधिवेशनले अध्यक्षमा पुष्पकमल दाहाल, उपाध्यक्षमा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ तथा महासचिवमा पोष्टबहादुर बोगटीलाई चयन गरेको थियो । केन्द्रीय समितिअघि पार्टीको पदाधिकारी बैठक बसेको थियो । पदािधकारी बैठकले तयार पारेको केन्द्रीय सदस्यको सूचीलाई केन्द्रीय समिति बैठकले अनुमोदन गरेको स्रोतले जनाएको छ ।

 महाधिवेशन आयोजक समितिमा रहेका अधिकांश सदस्य केन्द्रीय सदस्यमा परेको स्रोतले जनाएको छ । गत माघ अन्तिम साता हेटौंडामा सम्पन्न सातौँ महाधिवेशनले दुई अंकभन्दा नबढाएर केन्द्रीय समिति बनाउन म्यान्डेट दिएको थियो । महाधिवेशन आयोजक समितिले भने १ सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउन प्रस्ताव गरेको थियो । तीमध्ये ९८ जना महाधिवेशनबाटै चुनिएका थिए भने बाँकी ५३ जना केन्द्रीय समिति बैठकले मनोनीत गर्ने निर्णय महाधिवेशनले गरेको थियो । संविधानसभाको निर्वाचनलाई केन्द्रमा राखेर समावेशी, वरिष्ठ र फिल्डमा काम गरेका नेताहरूलाई ल्याउँदा ठूलो केन्द्रीय समिति बनाउनुपरेको एमाओवादीले जनाएको छ । आगामी १७ चैतमा बस्ने बैठकले पदाधिकारी चयन, राज्य समिति इन्चार्जसहित केन्द्रीय सदस्यहरूको अन्तिम नामावली सार्वजनिक गर्ने एमाओवादीले जनाएको छ । ‘आवश्यक गृहकार्य गरेर पदाधिकारी, केन्द्रीय सदस्य थप गर्नेलगायत विषय टुंग्याइनेछ,’ प्रवक्ता अग्नि सापकोटाले भने । महाधिवेशनले १ सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरे पनि आवश्यकताअनुसार वैकल्पिक सदस्य राख्न सकिने विधानमा व्यवस्था गरिएकाले त्यसैअनुसार २ सय ४८ वैकल्पिक सदस्यको व्यवस्था गरिएको प्रवक्ता सापकोटा बताए ।

1 comment:

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक