20130326

एयरपोर्ट अध्यागमनले ३० लाख मागेपछि !

- सुरेश कोइराला 
काठमाडौं। अध्यागमन विभागमै युवती लुटपाट र त्यसपछि बलात्कार भएको घटनाका सम्बन्धमा अभियुक्तलाई सामान्य कारबाही मात्र गरिदा अध्यागमका कर्मचारीहरूको बानीमा सुधार आएको छैन। भिजीट भिसा र फर्जी पासपोर्ट बोकेका व्यक्तिलाई 'सेटिङ' मा पैसा खाएर विदेश पठाउने अनि पैसा नपाएको झोकमा कागजात मिलेका व्यक्तिलाई प्रस्थान अनुमति नदिने एयरपोर्ट अध्यागमनका कर्मचारीहरूको नियती नै बनेको प्रमाण भेटिएको छ। गत चैत्र १ गते अमेरिकी ग्रीन कार्ड प्राप्त तिर्थ विनोद ढकाल उपाध्याय, ईन्दिरा ढकाल र सुरेश कोइरालालाई एयरपोर्ट अध्यागमनका अधिकृत रुद्रप्रसाद खड्का र शाखा अधिकृत यज्ञ पनेरुले कमिशन नपाएकै झोकमा प्रस्थान अनुमति नदिएपछि घटना बाहिर सार्वजनिक भएको हो। ढकालद्धय र कोइराला दुई वर्ष अघि अमेरिकाबाट २ वर्षका लागि ट्राभल डकुमेन्ट बनाएर नेपाल आएका थिए। ट्राभल डकुमेन्टमा उनीहरू सबैको राष्ट्रियता नेपाली भनेर उल्लेख छ। अमेरिकी ग्रीन कार्ड पाएर अमेरिकाको नागरिकता लिई नसकेको अवस्थामा ट्राभल डकुमेन्ट लिएर नेपाल आएकाले 'भिसा' लगाउन जरुरत पर्दैन। तर पैसा नपाएपछि जे पनि गर्न पछि नपर्ने खड्का र पनेरुले अमेरिकी ट्राभल डकुमेन्टमा भिसा नभएको भन्दै उनीहरूलाई अमेरिका जानबाट रोकेको कोइरालाले बताए। पछि यो विवाद अध्यागमन विभाग कालिकास्थानसम्म पुगेपछि त्यहाँका महानिर्देशक वसन्तराज गौतम र कानुन अधिकृतले अनावश्यक रुपमा
कर्मचारीले रोकेको भन्दै गल्ती स्वीकारेर ढकाल दम्पती र कोइरालालाई प्रस्थान अनुमति दिएका थिए।
ढकाल दम्पतीलाई त एयरपोर्टका कर्मचारीले २ वर्ष सम्मको जरिवाना र अवैध बसाई भन्दै ३० लाख रकम घुस मागेको कुरा कोइरालाले सुनेपछि त्यस बारेमा माथिल्लो निकायमा जानकारी गराइएको बताएका छन्। कोइराला भने अमेरिकाका लागि डिभी परेर नेपालमा डिग्रीको शोधपत्रको परिक्षाका लागि दुई वर्ष अघि आएका थिए। उनी सञ्चारमाध्यममा पनि आवद्ध छन्। कोइरालाकै पहलमा एयरपोर्ट अध्यागमनका ती भ्रष्ट कर्मचारीले ढकाल दम्पतीसँग रकम असुल्न नसकेको विभागका एक अधिकारीले बताए। कोइरालाले विभागका कर्मचारीले आफ्नो ट्राभल डकुमेन्टलाई अमेरिकी पासपोर्ट भन्दै २ वटा पासपोर्ट लिएर अवैध तरिकाले बसेको भनेर बार्गेनिङ गरेको बताए। आफूलाई विनाकारण रोकेको भन्दै लिखितपत्र मागेपछि अध्यागमन अधिकृत खड्काले सुरेश कोइरालाको अमेरिकी ट्राभल डकुमेन्टमा भिसा नभएको र आवश्यक कारबाहीका लागि पासपोर्ट थान–२ यसै साथ संलग्न राखी भन्दै कालिकास्थान कार्यालयलाई पत्र पठाएका थिए। उक्त पत्र जनप्रहारसँग सुरक्षित छ। यस विषयमा एयरपोर्ट अध्यागमन कार्यालयका प्रमुख विनेश भट्टराईसँग सम्पर्क गर्दा उनले खड्कालाई नै सोध्नुस भन्दै केही भन्न चाहेनन्। आफू मातहतका कर्मचारीले अनाहकमा नागरिकलाई दुःख दिएर पैसाकै लागि हुँदै नभएको पासपोर्ट २ थान भनी लेखेर गल्ती गर्ने कर्मचारीलाई कारबाही गर्नु पर्नेमा अध्यागमन प्रमुख भट्टराईको भ्रष्ट शैलीले कोइराला र ढकाल दम्पती जस्तै अन्य नागरिकले पनि दुःख पाउने निश्चित छ। यति सम्मकी भट्टराईलाई उक्त घटनापछि अध्यागमन विभागका महानिर्देशक वसन्तराज गौतमले बोलाएर स्पटिकरण सोधेका थिए। तर भट्टराईले यसबारेमा थाहा नभएको भन्दै गल्ती ढाकछोप गरिरहेका छन्। बलात्कार र लुटपाटमा मुछिदै आएका अध्यागमनका कर्मचारीको आचरण यस्तै रहिरहने हो भने अध्यागमन कार्यालय भ्रष्टाचारी र बलात्कारीको अखडा बन्ने निश्चित छ।
गल्ती ढाकछोप गर्न नयाँ निर्णय
पैसा नपाएपछि अमेरिकी ट्राभल डकुमेन्टलाई पासपोर्ट भनेर लेख्ने हैसियत राख्ने कर्मचारीलाई कारबाही गर्नुपर्नेमा अध्यागमन विभागले भने उनीहरूको गल्ती ढाकछोप गर्न चैत्र २ गते एउटा निर्णय गरेको छ। अध्यागमन अधिकृत भीमराज पोखरेलले हस्ताक्षर गरेको उक्त निर्णयमा भनिएको छ–'संयुक्त राज्य अमेरिकाका लागि डिभी परी सो देश प्रस्थान गरिसकेका नेपाली नागरिकले उक्त देशको नागरिकता प्राप्त गर्ने प्रकृयामा रहेको अवस्थामा नेपाली नागरिकता त्याग गरिसकेको भन्न मिल्ने नदेखिंदा त्यस्ता नेपाली नागरिकलाई अमेरिकी नागरिकता प्राप्त गरेको भन्ने स्पष्ट प्रमाण नदेखिएसम्म संयुक्त राज्य अमेरिकाबाट आउँदा/जाँदा निजहरूले सो मुलुबाट प्राप्त ग्रीनकार्ड, रिइन्ट्री परमिट कै आधारमा नेपाली राहदानीमा आगमन/प्रस्थान दिन बाधा नपर्ने भनी मिति २०६९/१२/०२ को निर्णयअनुसार जानकारी गराइएको व्यहोरा अनुरोध छ।'

1 comment:

  1. Reading all this, I feel like shooting those mofos from top to bottom one by one.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक