20130525

माओवादी विद्रोहीको आक्रमणमा कँग्रेस आईका नेता सहित १६ जनाको मृत्यु, पूर्व मुख्यमन्त्री सहित १२ जना घाइते !

  माओवादी विद्रोहीको आक्रमणमा कँग्रेस आईका नेता सहित १६ जनाको मृत्यु भएको छ । भारतको छत्तिसगढ राज्यमा माओवादी गएराती आक्रमण गर्दा कँग्रेस आइका महेन्द्र कर्मासहित १६ जना मारिएका छन् । पूर्व मुख्यमन्त्री सहित १२ जना घाइते भएका छन् । ज्यान गुमाउनेमा राजनीतिक नेतासंगै सुरक्षाकर्मी समेत रहेका छन । छत्तिसगढको बस्तर जिल्लामा भएको नक्सलवादी आक्रमणमा वरिष्ठ कँग्रेस नेता कर्मा कर्मासहित पूर्वविधायक उदय मुदलियार, गोपी माधवानीलगायतको ज्यान गएको छ ।वरिष्ठ नेता एवं पूर्वमुख्यमन्त्री विद्याचरण शुक्ललगायत झण्डै १२ जना गम्भीर घाईते भएका छन । शुक्लको पेटकमा दुईवटा गोली लागेको छ । त्यस्तै माओवादीले कँग्रेस प्रदेश अध्यक्ष नन्दकुमार पटेल उनका छोरोको अपहरण गरेको विविसि अनलाइन्ले लखेको छ । कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धीले लोकतन्त्र माथिकै हमला भएको प्रतिक्रिया दिएक छन् । उनले प्रधानमन्त्री मोनमोहन सँग विशेष सुरक्षा सर्तकता अपनाउन र अपहरणमा परेको
रिहाई गर्न आग्रह गरेकी छन् । नागरिक र राजनिज्ञमाथिको आक्रमण कार्यरतापूर्ण भएको उनको टिप्प्णी छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक