20130616

न्युयोर्कमा रहेका नेपाली समुदायले गरेको कार्यक्रममा सहभागी भएकी अभिनेत्री कोइरालाले आफु पुर्ण रुपमा निको बताएकी छन्

Manisha 4न्युयोर्क, चर्चित अभिनेत्री मनिषा कोइरालाले आफु पुर्ण रुपमा निको भएको बताएकी छन् । लामो समयको उपचार पछि न्युयोर्कमा रहेका नेपाली समुदायले गरेको कार्यक्रममा सहभागी भएकी अभिनेत्री कोइरालाले आफु पुर्ण रुपमा निको बताएकी हुन् । लामो समयको अस्पताल बसाई पछि शनिबार न्युयोर्कमा रहेका नेपालीहरुले
अभिनेत्री कोइरालालाई स्वागत तथा शुभकामना दिने कार्यक्रमको आयोजना गरेका थिए । अस्पातालमा भर्ना भएपछि पहिलो पटक सार्वजानीक कार्यक्रममा देखीएकी अभिनेत्री कोइरालाले दर्शकहरुको शुभकामनाले गर्दा नै आफु निको हुन सकेको भन्दै सबै शुभचिन्तकहरुलाई धन्यबाद दिएकी छन् । आफ्ना बुबा, आमा सहित कार्यक्रममा सहभागी भएकी कोइरालालाई शुभकामना दिन न्युयोर्कमा रहेका नेपाली कलकारहरु, समाजसेवीहरु तथा बिभिन्न क्षेत्रसंग सम्बन्धीत ब्यक्तीहरुको उपस्थिती रहेको थियो । अभिनेत्री कोइराललाई शुभकामना दिने कार्यक्रम बन्दना कोइराला, सिता खरेल, मिना श्रेष्ठ, गिता खत्री लगाएतका महिला अगुवाहरुको सकृयातामा कार्यक्रमको आयोजना गरिएको थियो । बलिउड अभिनेत्री कोइरालालाई चचिर्त अभिनेत्री गौरी मल्ल, तिलक श्रेष्ठ, पबिता परियार लगाएतका कलाकारहरुले शुभकामना दिएका थिए । कार्यक्रममा अभिनेत्री गौरी मल्लले कोइरालाले अभिनय गरेका फिल्मका गित गाएर सुनाएकी थिईन् भने गाएक तिलक श्रेष्ठ र पविता परियारले शुभकामना गितहरु गाएका थिए । लामो समयको स्वास्थ्य उपचार पश्चात पहिलो पटक सार्वजानीक कार्यक्रममा सहभागी भएकी अभिनेत्री कोइरालाले आफ्ना दर्शक तथा शुभचिन्तकहरुलाई दिएको शुभकामना लगाएतका बिषयहरुलाई समेटिएको रिर्पाेट ह्वाईट हिमाल टेलिभिजनको साप्ताहिक कार्यक्रम कम्युनिटी हलचलमा प्रशारण हुने छ ।
Manisha 7
manisha
Manisha 1
Manisha 2
Manisha 3

Manisha 5
Manisha 6
manisha gropu
manisha group 2
manisha 4
Photo: Shaym Shrestha and Ashok Pant

1 comment:

  1. Back to average people. She accomplished so much already. Many are still dreaming dream, hey do not give up, people.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक