20130814

क्षमता हुनेलाई कसैले रोक्न सक्दो रहेनछ, उनी अर्थात एच बी भण्डारी अहिले अमेरिकाको टेक्सासमा भएको डेमोक्र्याटिक पार्टीको युवा सम्मेलनमा अल्पसंख्यक डेमोक्र्याटिक युवा संजालको सचिव पदमा निर्वाचित भए

अमेरिकाको एउटा नेपाली संस्था जसमा अध्यक्ष पदमा उमेदवारी दिँदा र उक्त गलत लाइनमा हिँडिरहेको संस्थालाई चुनाव मार्फत प्रजातान्त्रिक बाटोमा लैजान केही युबाहरुको साथ लिएर केही गर्छु भन्दा  उनलाई मुद्धा हालेर अमेरिकामा दिनुसम्म दु:ख दिईयो । उनी र
उनलाई साथ दिने जतिलाई मुद्धा दिएर दु:ख मात्र दिईएन, उनलाई समाजमा अगाडि पर्न नदिन अनेकौं खेल खेलियो र उनलाई अगाडि बढाउन प्रयास गर्दा नेपाल मदर डट कम समेत मुद्धाको भागीदार बनाइयो ।  पद पाए जहाँ पनि पुग्ने दुई पैसे कथित समाजसेबि, जसको न कुनै बुद्धी बिबेक छ न त ढंग, उनिहरुलाई प्रयोग गरी नानाथरी उनी बिरुद्ध लेख्न लगाएर उनी र उनका साथीहरु को तेजो बध गर्न लगायो । बाल्टिमोरको कलेजमा प्राध्यापन गर्दै गरेका यि उत्साही युबा जसले नेपाली अमेरिकी समाजका लागि केही गर्छु भने,  तर त्यतिखेर त्यही बाल्टिमोरका आफुलाई मुखिया सम्झिनेहरुले उनलाई असहयोग गरे । तर क्षमता हुनेलाई कसैले रोक्न सक्दो रहेनछ, उनी अर्थात एच बी भण्डारी अहिले अमेरिकाको टेक्सासमा भएको डेमोक्र्याटिक पार्टीको युवा सम्मेलनमा अल्पसंख्यक डेमोक्र्याटिक युवा संजालको सचिव पदमा निर्वाचित भएकाछन । हालै भएको सम्मेलनमा मेरील्याण्ड युवा डेमोक्र्याटको तर्फबाट नेपाली मूलका अमेरिकी युवा राजनीतिज्ञ भण्डारीले प्रतिनिधित्व गर्ने अवसर पाए ।
hari
(बाल्टिमोर का मेयर तथा डेमोक्र्याटिक पार्टिका केन्द्रिय सचिब स्टेफेनी रलिङ ब्ल्याक सँग भण्डारी) । भण्डारीलाई डेमोक्र्याटिक महिला संजालकी उपसभापति एवं भारतीय मूलकी अमेरिकी राजनीतिज्ञ मरिगा रावले समर्थन गरेकी थिइन । युवा सम्मेलनमा अमेरिकाभरीका डेमोक्र्याटिक पार्टीका युवा नेताहरु सहभागी थिए । भण्डारीको जितलाई नेपाली मूलका अमेरिकीहरुले अमेरिकी मूलधारको राजनीतिमा प्राप्त गरेको ठूलो सफलता भनी खुशी ब्यक्त गर्नु पर्ने दिन आउँदा उनका बिरोधिहरुको निन्द्रा हराम भएको छ किन कि अब एच बि भण्डारीले अमेरिकी मुलधारको राजनीतिबाट समाजका नाममा, संस्थाका नाममा गरिने अबैधानिक काम कर्वाहीका बारेमा पर्दाफास गर्नेछन । निर्वाचित भएपछि बाल्टिमोर काउन्टी गभर्मेन्टको सल्लाहकार समितिको सदस्य, बाल्टिमोर काउन्टी योङ डेम्रोक्र्याटका का उपाध्क्ष्य, लिन ओभर इम्प्रोभमेन्टका उपाध्यक्ष्य समेत रहेका भण्डारीले नेपाली मूलका अमेरिकीहरुलाई अमेरिकी मूलधारको राजनीतिमा सामाजिकीकरण गर्ने यो अपूर्व अवसरलाई अधिकतम सदुपयोग गर्ने प्रतिबद्धता जनाए । अमेरिकी राजनीतिबाट राम्रो कुरा सिकेर नेपाली अमेरिकी समुदाय र नेपाल लाई केही राम्रो कुरा दिन प्रयास गर्ने छु भन्छन उनी नेपाल मदर डट कम सँगको कुराकानीमा । उनलाई नेपाल मदर डट कम हार्दिक बधाई दिन चाहन्छ । दर्शन रौनियार, हरी शर्मा, रोजर अधिकारी हुँदै एच बी भण्डारी सम्मको अमेरिकी राजनीति प्रबेश ले नेपालको गन्धा राजनीति अमेरिकामा भित्र्याएर गुटबन्दी, फुटबन्दी गर्ने, अमेरिकामा बसेर पनि पदका लागि संस्था खोल्ने, समाज भाँड्ने, पद लोलुपहरुलाई, अनी सबै नेपालीलाई पनि गतिलो पाठ सिकाएको छ तर समाज ले कती ग्रहण  गर्न सक्छ त्यो त भबिस्यले बताउने नै छ ।  एच बी भण्डारीलाई नेपाल मदर डट कम ले उनका कठिन दिनहरुमा यसरी सम्झाएको थियो " एच बी जी, हतास नहुनुस्, तपाईंमा खुबी छ, तपाईं केही गर्न सक्न्हुहुन्छ,  त्यसैले अब नेपाली संघ संस्थाको पदिय लडाईं, खुट्टा तानातान मा नलागी अमेरिकी पोलिटिक्स्मा छिर्नोस, त्यहा तपाईंको भबिस्य उज्जवल छ" उनले ठ्याक्कै त्यस्तै गरे र सफलता पनि हासिल गरे, आज यो समाचार लेख्दा नेपाल मदर गौरब गर्दछ र उनको साफलताको लागि शुभकामना दिन्छ पनि । हरेक नेपालीले अब यसरीनै अगाडि बढ्ने दिन आएको छ । नेपालबाट माथि उठेर अमेरिकामा राम्रो कुरा सिकेर नेपाल, नेपाली, नेपाली अमेरिकी समाजमा राम्रो कुरा दिन, सिकाउन सकियो भने त्यो सबैका लागि राम्रो हुने छ यही भनाइ छ नेपाल मदर डट कम् को आज पनि सबैलाई ।                 
vandari

1 comment:

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक