20130829

"मैले अध्यक्ष रेग्मीलाई भनें अनसन तोड्ने आधार के? आफ्नै समय किन खेर फालेको यहाँ आएर? दोषी पक्डने होभने म अहिल्यै खान थाल्छु। पुलिस तपाईंकै सरकारको हैन, अनि केले रोकी राख्या छ त?" : नन्दप्रसाद

- By Kanak Mani Dixit
आमरण अनसनमा रहेकी गंगामायाको स्वास्थ्य स्थिति 'क्रिटिकल' बनेको छ भने नन्दप्रसादको नाजुक र कुनै पनि बेला बिग्रन सक्ने। गंगामाया छट्पटाउन्दै हुनुहुन्थ्यो भने नन्दप्रसादको बोली अझै पनि प्रश्ट। मुलुक हाँक्ने नेता, मन्त्रि र मन्त्रिपरिषद अध्यक्ष्य आउँदा-जाँदा अधिकारी दम्पतिको विचार र अडानमा कुनै परिबर्तन आएको देखिएन। 'हेल्थ अपडेट' तल अङ्ग्रेजीमा रखिएको छ भने यता अधिकारी दम्पति संगको आजका केहि कुरा। साथै आजै बिहान खिचिएको उहाँहरुको तस्बिर। बिस्तृत विवरण हेर्नु होला भोलि शुक्रबार 'काठमाडौँ पोस्ट'को मेरो स्तम्भमा।

गंगामाया-
"अब मरिन्छ क्यारे ... पेट तिर अड्केको जस्तो भा छ, टाउको दुखेको छ ..."
"मरिहालिन्छ, हामीलाई बाँच्न दिएनन्।"
"एउटा छोरो पार्टीले खायो, एउटालाई उसले दु:ख दिंदैछ, हामीलाई सरकारले खायो।" (ज्यान बचाउंदै लड्ने सुझाब दिंदा)- "होस्, अब हामीलाई मारुन ... खोप्ने र रोप्ने सबै काम नगरिकन मर्न दिएको भए हुन्थ्यो।" 

नन्दप्रसाद -
“(मैले अध्यक्ष रेग्मीलाई भनें) अनसन तोड्ने आधार के? आफ्नै समय किन खेर फालेको यहाँ आएर? दोषी पक्डने होभने म अहिल्यै खान थाल्छु। पुलिस तपाईंकै सरकारको हैन, अनि केले रोकी राख्या छ त?"

"(अनुसन्धानको नाटक) भनाई मात्र हो, गराई होईन ... हाम्रो बिजोग मात्र हेर्न आएको जस्तो लाग्यो।"
"कुरा अधि बढेको छ भन्दै कति झुल्याउने?"
"दोषीका त्यतिका नाम दिएका छौं, एकजनालाई हत्कडीमा किन राख्न सक्दैनन्?"
"यो सबै 'पावर' को खेल भैहाल्यो नि, ठुल्ठुलालाई छुँदै नछुने ..."
"प्रहरी प्रशाशन यहाँ आईरहने गृह मन्त्रि अन्तर्गत हैन र? ... बोलिमा मात्र सिमित, काम चाहिं एकातिर ...

भन्ने मात्र हो, गर्ने होइन।"  "(मन्त्रिहरु) अनसन तोडाउन भनेर आउन सक्ने, अनुसन्धान भने नगर्ने ..."
(तपाईंको बोलि यति दिनको अनसन पछिपनि प्रष्ट छ भनि सोध्दा)- "शरीर सिथील छ, तर दिमाग ठिक छ। म त यसै बोल्दा बोल्दै मर्छु जस्तो लाग्छ ..."

Health update:
Gangamaya’s condition is deteriorating fast while Nanda Prasad could become critical at any moment, say the doctors. They are both on the path to ‘metabolic derailment’. Through intravenous drip they are receiving dextrose, sodium and potassium, but not essential fat, minerals and protein. Gangamaya has low blood pressure, deep vein thrombosis, spread of infection (sepsis), and gastro-intestinal bleeding. Nanda Prasad is more stable, but he has lost muscle mass. Both refuse to be fed by nasal tube or have a ‘central line’ put through sub-clavical or jugular veins.



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक