20130924

हाम्रा परम मित्र एबम संचार सहकर्मी राम खरेलले गैर आबासिय नेपाली संघ (एनआरएन) को सचिव पदमा प्रतिस्पर्धा गर्ने भए

ramchandra-kherelनेपाल मदर डट कम राम खरेलको सचिव पदमा उमेदवारीको पूर्ण समर्थन गर्दै संसार भर रहेका एन आर एनहरुलाई सहयोग गर्न हार्दिक अनुरोध गर्दछ ।  
हाम्रा परम मित्र एबम संचार सहकर्मी  राम खरेलले गैर आबासिय  नेपाली संघ (एनआरएन) को सचिव पदमा प्रतिस्पर्धा गर्ने भएका छन् । क्षेत्रिय संयोजक खरेलले सचिव पदमा उम्मेदवारीको घोषणा गरेका हुन् । खरेलले आफनो उम्मेदवारी व्यक्तिगत स्वार्थ भन्दा गैर आवासिय नेपालीको सम्मानका लागि भएको दाबी गरेका छन् । नेपालीका लागि नेपाली, एक पटकको नेपाली सधैंका लागि नेपाली भन्ने गैर आवासिय नेपाली संघको मूल नारालाई सार्थकर्ता दिन आफुले सचिव पदमा उम्मेदवारी दिएको उनले वताए । सामाजसेवीका रुपमा समेत परिचित खरेलले नेपालका विभिन्न क्षेत्रमा लगानी गरेका छन् ।खरेलले गैर आवासिय नेपाली संघ अन्तरराष्टिय समन्वय परिषद्को मिडिया टास्कफोर्स, गैर आवासिय नेपाली संघ राष्टिय समन्वय परिषद् अमेरिकाको संचार संयोजक, गैर आवासिय नेपाली संघ अमेरिकाको बोर्ड सदस्य, गैर आवासिय नेपाली संघ अन्तरराष्टिय समन्वय परिषद् अमेरिका क्षेत्रिय सह संयोजक र हाल कार्यवाहक संयोजकको कार्यभार समालि सकेका छन् । सचिवका प्रत्यासी
खरेलले २००७ देखि गैर आवासिय नेपाली संघ अन्तरराष्टिय समन्वय परिषद्को विधान समितिमा समेत काम गर्दै आएका छन् । सत्र वर्षदेखि खरेलले अमेरिकामा सगरमाथा टेलिभिजन संन्चालन गर्दै आएका छन् । सगरमाथा टेलिभिजनमार्फत नेपाली कला संस्कृती लगानी प्रर्वद्धन, पर्यटनको विकास विस्तारमा उल्लेखिय योगदान उनले पुरयाउँदै आएका छन् । सचिवका प्रत्यासी खरेल नेपाल पर्यटन वोर्डका मानार्थ पर्यटनदूतमा समेत हुन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक