20131001

राष्ट्रिय लोक तथा दोहोरि गीत प्रतिस्थान नेपालको पाँचौ महाधिबेसन सम्पन्न, अन्तरराष्ट्रिय कलाकार मँचका तर्फबाट नबनिर्बाचित टिम लाई बधाई

जमाना अब नयाँ पिँढीको हो भन्ने कुरा भर्खरै सम्पन्न राष्ट्रिय दोहोरी गीत प्रतिस्ठानको सुर्खेत महाधिबेशन ले पूस्टि गरेको छ । नयाँ कार्य समितिका लागि भएको निर्वाचन मा पुरै नयाँ पिँढी निर्बाचित भएछन । हिजोका ति दिन हरु जुन दिन मा लोक गीत र दोहोरी गीत का लागि मैले नेपाल टेलिभिजन बाट राष्ट्रिय अन्तराष्ट्रिय अभियान चलाऊँदा मलाई सहयोग गरेका जुझारु भाई बहिनिहरु अहिले नेत्रित्वमा आएको सुन्दा अत्यन्त खुशी लाग्यो । केही भाई बहिनिहरु निर्वाचनमा खडा भए पनि सफलता हाशिल गर्न नसकेको मा दुखित पनि छु । निर्वाचन मा गैसके
पछी निर्वाचनको परिणाम स्विकार्नु पर्छ । अहिले निर्बाचित हुन नसकेका भाई बहिनिहरु यो कार्य समितिलाई सघाउने र अर्को निर्वाचनका लागि तयार हुनु पर्छ जस्तो लाग्छ मलाई । लोक गीत र दोहोरी गीतको लागि प्रतिस्ठानले चाल्ने हरेक राम्रा कदममा मेरो सधैं साथ र सहयोग रहने छ म देश बहिर अमेरिकामै भए पनि । फेरी एक पटक मेरो ब्यक्तिगत तर्फबाट र अन्तरराष्ट्रिय कलाकार मँचका तर्फबाट म नबनिर्बाचित अध्यक्ष प्रतिभाशाली प्रिय भाई चन्द्र शर्मा सहित बरिस्ठ उपाध्यक्ष बद्रि पंगेनी, प्रथम उपाध्यक्ष उपाध्यक्षमा टिकाराम चापाई, दिप्तिय उपाध्यक्ष -बिमल राज छेत्री, महा सचिब रमेश बि जी, सचिब पशुपति शर्मा र सिरिश देबकोटा, कोषाध्यक्ष रिता थापा, सह-कोषाध्यक्ष दिपक खड्का, त्यसै गरी केन्द्रिय सदस्यहरु (खुल्ला तर्फ़ ) रामजी खाँड, चोलेन्द्र पौडेल, तारापति सुबेदी, शंकर बि सी, खुमन अधिकारी, हुम गैरे, हरि थापा, पुस्कल शर्मा, राजु गुरुङ, सुबाश के सी, कुलेंद्र बि.क. सबैलाई हृदय देखिनै बधाई दिन चाहन्छु । साथै आफ्नो कार्यकाल सफलतापुर्बक सम्पन्न गरेका निबर्तमान अध्यक्ष पुरुसोत्तम न्यौपाने सहित प्रतिस्ठान को स्थापना देखी हाल सम्म सक्रिय मेरा मित्र हरु प्रजापती पराजुली, दुर्गा रायमाझी, नारायण रायमाझी, अमर बिरही गुरुङ लगायत सबै धन्यवाद का पात्र हुनुहुन्छ । 

निर्बाचित नयाँ कार्य समितिका सबै भाई बहिनिहरुलाई केही सुझाब : -
 - लोक दोहोरी छाडा होइन सबैको प्रिय र गाढा हुन सकोस । 
 - नयाँ पिँढीले पुरानो पिँढीलाई नबिर्सियोस, ताकी भोली भबिश्यमा आउने अर्को नयाँ पिंढीले यो पिँढीलाई पनि सम्झिने बाटो रहोस् । ईतिहास को कदर गर्न सिकौँ
 - निर्वाचनमा हारेका जितेका सबै एक भएर अगाडि बढ्ने बातावरण बनोस । 
 - हरेक टेलिभिजन खोल्दा लोक दोहोरी हेर्न पाइने बातावरण होस ।
 - हरेक रेडियो हरुले लोक गीत र दोहोरी गीत लाई बढी प्राथमिकता दिनु पर्ने बातावरण स्रिजना होस् । 
- कुनै पनि कार्यक्रम, सभा, महोत्सब लोक दोहोरी बिनाको नहुने बातावरण पैदा होस । 
 - बिक्रिती बिसंगती होइन लोक दोहोरी सभ्य र सुसन्स्क्रित हुन सकोस । मेरो भन्नु यती मात्र छ । बाँकी निर्बाचित टिमकै जो मर्जी । धन्यवाद ।


- रामप्रसाद खनाल
  अध्यक्ष - अन्तराष्ट्रिय कलाकार मँच  -   (www.IAFAmerica.com)
 सम्पादक - नेपालमदर डट कम  (www.Nepalmother.com
                                                                  समस्त परिवार    
      
      

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक