20131028

वैद्य माओवादी र पूर्वराजा ज्ञानेन्द्र उस्तै-उस्तै हुन भन्छन प्रचण्ड, मंसिर ४ गतेको निर्वाचनपछि प्रचण्ड राष्ट्रपति र बाबुराम भटटराई प्रधानमन्त्री बन्छन भन्छिन गड्यौला भोगी हिसिला !

एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले वैद्य माओवादी र पूर्वराजा ज्ञानेन्द्र उस्तै-उस्तै भएको बताउनुभएको छ । वैद्य र ज्ञानेन्द्रको रुपमा फरक भए पनि सार एकै भएको प्रचण्डको भनाइ छ । चुनावी सभालाई सम्वोधन गर्न दिनभरको दौडधुप गरेर साँझ पेरिसडाँडामा सम्बोधन गर्ने क्रममा प्रचण्डको स्वर बसिसकेको थियो । सुक्न लागेको स्वरमा सम्बोधन गरेका प्रचण्डले जनताले एमाओवादीलाई जिताए पनि
त्यसलाई रोक्ने षड्यन्त्र भइरहेको बताउनुभयो । ‘बाजुरादेखि मधेसका सबै प्रायः र पहाडी जिल्ला हेरेँ, जनताले हामीलाई जिताइसक्यो । तर, शक्तिहरु चाहिँ नजिताउन लागेका छन् । अनेक षड्यन्त्रहरु छन्’ प्रचण्डले भन्न्ुभयो-’षड्यन्त्र गर्ने क्रममा असाध्यै उग्र दक्षिणपन्थी र वाम लफ्फाजीहरु, आफूलाई उग्र क्रान्तिकारी देखाउनेहरु एक ठाउँमा हुन्छन् ।’वैद्यलाई विचरा भनेका प्रचण्डले भन्नुभयो-’देख्दा रुप फरक देखिन्छ, जोड्दा एकै हुन्छन् । अहिले नेपालमा ज्ञानेन्द्र र हाम्रो वैद्यजी बिचरा एकै ठाउँमा, संविधानसभाको विरोध गर्नेमा एउटै । देख्दा वैद्य जी बिचरा मलाई अहिले पनि माया लाग्छ । उहाँको रुप र ज्ञानेन्द्रको रुप फरक देखिन्छ, तर सार एउटै । संविधानसभा हुन नदिने, भाँड्ने ।’ वैद्य माओवादीले एमाओवादी र त्यसमा पनि आफूलाई तारो बनाएको भन्दै उहाँले यो व्यक्ति मात्र नभई संविधानसभा, संघीयताविरुद्ध भएको बताउनुभयो । ‘सबभन्दा बढी विरोध एमाओवादीको गर्ने, त्यसमाथि त्यसको अध्यक्ष प्रचण्डलाई हिँड्न पनि नदिने, डुल्न पनि नदिने । म जहाँ-जहाँ गयो, त्यहाँ बन्द राख्ने, रुख ढाल्ने, बम राख्ने’ उहाँले भन्नुभयो-’यो व्यक्तिका विरुद्ध मात्र हैन, संविधानसभाविरुद्ध, संघीयताविरुद्ध, नेपाली जनताका विरुद्ध ।’ बन्द र रुख ढालेर चुनाव नरोकिने भन्दै उहाँले भन्नुभयो-’अलिअलि बन्द र रुख ढालेर केही हुनेवाला छैन । चुनावमा जनता लागिसके ।’ यसअघि पाँचथर, सोलुखुम्बु र ओखलढुंगामा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले वैद्य माओवादीको आलोचना गर्नुभएको थियो । वैद्य माओवादी भूमिगत भएर केही गर्न नसक्ने भन्दै उहाँले निर्वाचनमा बहुमत ल्याएर पहिलो कार्यकारी राष्ट्रपति बन्ने दावी गर्नुभयो । चुनावमा संघीयता पक्षधरसँग तालमेल गर्ने भन्दै उहाँले संघीयता पक्षधरले दुई तिहाइ ल्याउने दाबी गर्नुभयो ।
एमाओवादीका नेतृ हिसिला यमीले मंसिर ४ गतेको निर्वाचनपछि पार्टी अध्यक्ष प्रचण्ड राष्ट्रपति र नेता डा. बाबुराम भटटराई प्रधानमन्त्री बन्ने दावी गर्नु भएको छ । आगामी निर्वाचनमा पनि पार्टीको पहिलो संविधानसभाको परिणाम भन्दा कम नआउने बरु बढेर बहुमत आउने उहाँको दावी थियो । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा काठमाडौं क्षेत्र नम्बर ६ की उमेदवार समेत रहेकी यमीले निर्वाचनपछि राष्ट्रपतिको पनि चुनाव हुनु पर्ने बताउनुभयो । कांग्रेसले एमाओवादीको घोषणापत्रलाई पच्छ्याएको र एमालेले कांग्रेसको घोषणापत्रलाई पच्छ्याएको उहाँको भनाई थियो । कांग्रेस प्रचार विभाग प्रमुख डा. मिनेन्द्र रिजालले माओवादीले बहिस्कारको नाममा निर्वाचनमा हिंसा मच्याए पनि निर्वाचन रोक्न नसक्ने दावी गनुृभयो । मुलुककै सबैभन्दा ठूलो गोलमेच सम्मेलन संविधानसभालाई भाड्न खोज्नु आत्मघाती हुने उहाँको चेतावनी थियो । नेकपा-माओवादीको राजनीतिक आवरणमा अपराध समेत हुन थालेको भन्दै उहाँले माओवादीलाई गाली गर्ने एमाओवादी आफै अरुलाई धम्क्याउन लागेकोले अब उसँग माओवादीलाई गाली गर्ने नैतिकता नरहेको बताउनुभयो । कार्यक्रममा एमाले सचिव युवराज ज्ञावलीले एमाले बहुमतसहित वा नभए पनि मुलुकको ठूलो पार्टी बन्ने दावी गर्नुभयो । माओवादीको नाममा एमाओवादी नै अशान्ति गरेर निर्वाचन रोक्न लागेको आशंका ब्यक्त गर्दै उहाँले निर्वाचन बहिस्कार वा भाड्ने काम उनीहरुकै लागि आत्मघाती हुने चेतावनी दिनुभयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक