(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20131012

बरु संविधान सभाको पुनस्र्थापना गर्ने कि !

Puskar sir
- पुष्करलाल श्रेष्ठ
२०६२।०६३ सालको कथितजनआन्दोलनपछि राजा ज्ञानेन्द्रले मिति २०६३ बैशाख ११ गते राष्«टको नाममा सम्बोधन गरी मरिसकेको संसदलाई पुनस्र्थापना गरेपछि व्युंतिएका भुतहरु अर्थात् अवशेष भइसकेका सांसदहरुको ताण्डव नृत्य कहिले रोकिन्छ भन्ने कुरो मै हुं भन्ने राजनीतिक विश्लेषकहरुले पनि अझै गर्न सकेका छैनन् । ०६२।०६३ सालको जन आन्दोलनलाई कथित भन्ने ताकत र हैसियत यो स्तम्भकारसंग छैन तर त्यसबेलाको आन्दोलन देश र जनताको भलाईका लागि नै होला भन्ने ठानेर नै यो स्तम्भकार प्रधान सम्पादक रहेको यस नेपाल समाचारपत्रले आन्दोलनका सबै गतिविधिहरु निष्पक्षरुपमा प्रकाशित गरेका समाचारहरु अहिले पनि जीवित दस्तावेजका रुपमा पल्टाएर हेर्न सकिन्छ।
तर, दोस्रो जन आन्दोलन भएको एक दशक पनि नबित्दै त्यस आन्दोलनका नेता भनिएकाहरु, नेपाली राजनीतिका विश्लेषकहरु, आन्दोलनलाई दिलो ज्यानले समर्थन गरेको राष्ट्रिय दैनिक कान्तिपुरका सम्पादक सुधीर शर्माद्धारा लिखित प्रयोगशालाः नेपाली सड्०क्रमणमा दिल्ली, दरबार र माओवादी नामक पुस्तकको मिति २०७०।५।२९ गते शनिबार कान्तिपुर दैनिकमा प्रकाशित एउटाअंश,राजधानीनयां दिल्लीमा १२ बुंदे सहमति गराउने नेपाल विज्ञ भनी चिनिएका भारतका प्रा. एस डी मुनीका अभिव्यक्तिहरु पढिसकेका जो कोहीलाई पनि ०६२।०६३ को जनआन्दोलन कथित लाग्नु स्वभाविकै
हुनगयो ।
यदि त्यस बेला सांच्चिकै जनबलबाट राजतन्त्र फाली गणतन्त्रको स्थापना गरिएको भए आन्दोलन सकेको झण्डै एक दशक पुग्न लागि सक्दा पनि नेपालको राजनीति यति तरल अवस्थामा गुज्रिरहनु पर्ने अवस्था आउने थिएन । नेताहरुको स्पष्ट दृष्टिकोण, जनबल र विचारको राजनीतिले परिवर्तन हुने व्यवस्था यति लामो अवधि सम्मकै देश मात्र कमजोर र अस्थिर भएर गुज्रेको देखिन्छ । आप्mनै बाहुबल भन्दा विदेशीको इशारामा नेताहरु नाच्दा क्यारेवियन राष्ट्र हाइटीलेआजभोगिरहेको भयावहस्थितिनिकट भविष्यमै नेपालले व्यहोर्नु पर्ने भविष्यवाणी यस स्तम्भकारलेहाइटीको राजनीतिअध्ययन गरेर स्वदेश फर्के लगत्तै नेपाल हाइटीको बाटोमा शिर्षकदिएर आजभन्दा ३ वर्षअघिने मिति नेपाल समचारपत्रमा प्रमुख समाचारलेखी नेताहरुलाई सचेत गराउने प्रयास नगरेको पनिहोइन।
अमेरिका, क्युवा र भेनेजुयला राष्ट्रको स्वार्थमा हाइटीका नेताहरु कथपुतली बनिदिंदाआज हाइटीमा लामो समयदेखि संयुक्त राष्ट्र संघले राजगरिरहेको छ । यो अवस्थाभनेको हाइटी अहिले अप्रत्यक्षरुपमा अमेरिकाको नियन्त्रणमा चलिरहेको छ अर्थात् भनौं चल्नबाध्यहुनुपरेको छ ।सामरिक महत्वको देश भएकै कारणले अहिले हाम्रो देश नेपालपनि अमेरिका, चीन, भारत र युरोपियनयुनियनको निगरानीमा परेको छ । एकातिर चीनको तीव्र प्रगतिबाट तर्सेकाअमेरिका, क्रिश्चियनधर्म पैmलाउने स्वार्थमा संघीयताको एजेण्डा बोकेर पसेको युरोपियनयुनियन, सुरक्षा सतर्कताकाकारण देखाइ नेपालमा सधैं आप्mनो प्रभाव रहिरहोस् भन्ने भारतको चाहना र तिब्वतको निहुंमाआफ्नो देश टुक््रयाउने नाममाहिजो अफगानिस्तानजस्तै नेपालको भूमि अमेरिका, युरोप र भारतको क्रिडास्थल नबनोस् भन्ने कुरामा संधै चनाखो रहने चीनजस्ता देशहरुकास्वार्थकालागिहाम्रा नेताहरु गोटी बनिदिएकै कारण आजहामीले पनियस्तो अवस्थाभोग्नु परेको कुरा अहिले आएर घाम जतिकै छर्लड० भइसकेको छ ।चार वर्षमापनि संविधानबनाउननसकेको कारण नेताहरुले नेपालीजनतामाझआएर स्पष्टसंग भन्न नसक्नुका मुख्य कारण पनि यीनै हुन् ।
अहिले पनिविदेशीको कठपुतली बन्न सक्ने सभासदहरुको बहुमतहुने संविधान सभाबन्ने अवस्था नबनेसम्म यो देशमा सजिलैसंग न त संविधान सभाको चुनाव हुन्छ न त नयां संविधान नै बनेर आउंछ । नेपालीजनताको मन जितेर भन्दाविदेशीको इशारामानाच्दा सजिलै सत्ताको स्वाद चाख्न सकिन्छ भन्ने कुरा राम्ररी बुझिसकेका यी तथाकथित नेताहरुले अहिले अनेक बहानामा संविधान सभाको चुनाव हुन नदिने वा पर ढकेल्ने प्रपञ्च रचिरहेको स्पष्ट बुभ्mन सकिन्छ । अन्यथा मरिसकेको संसद अवैधानिक रुपमै सही, पुनस्र्थापना भइसकेपछि पाएको गणतन्त्रलाई यतिका वर्ष सम्म संस्थागत र वैधानिक बनाउन नसक्नुको अरु के कारण हुनसक्छ ?
यसै पनि गरिव देश हाम्रो नेपालमा संविधान सभाको नाममा हजारौं नेपाली जनताको बली सहित खर्बौ रुपियां बर्बादभइसकेकै छ। संविधानसभाबाट संविधान बनाउन नसकेपछि पनि लाजै पचाएर पुनः६०१ जनाको जम्वो संविधानसभा बनाएर देशको ढुकुटी रित्याउन अनेक तिकडमबाजी गर्दै बाधाअड्काउफुकाउको नाममाफेरि त्यही ६०१ जना भ्यागुतााहरुको धार्नी जम्मा गरेर देशको ढुकुटी लुट्ने ताना बाना बुनिसकेका छन् । राष्ट्र र जनताप्रति एक रति पनिजिम्मेबारी बोध नभएका यिनीहरुले चुनाव हुन नदिन एउटा पार्टीलाई बाइपास पनि गरिसकेको अवस्था छ । अहिले बाइपास हुन बाध्य नेकपा माओवादीले नेतृत्व गरेका ३२ दलले यो सबै विदेशीको चलखेलमा भएको भनिसककेका छन भने भोलि कथं कदाचित कुनै शक्तिको स्वार्थपूर्ति हुने नदेखेर चुनाव विथोलिन गएमा अहिले चुनाव गराउन लागि परेको अभिनय गर्ने पार्टीहरुले भोलि यही पार्टीलाई विदेशीको इशारामा नाचेका कारण हामीलाई चुनाव गर्न दिएनन् भनी आरोप लगाउन ेनिश्चित छ । हाइटीमाजस्तो नेता र पार्टी सबै विदेशीकै इशारामा चलिरहेका कारणल ेनै यिनीहरुले यो सत्य कुरा ओकल्ने गरेका हुन् भन्ने कुरा अब हामीले बुभ्mन ढिला गर्नु हुंदैन। ठोकेरै भन्न सकिन्छ कि यसरी विदेशी इशाराले चल्ने नेताहरुबाट न संविधान बन्छ न बनेको संविधान देश र जनताको हितमा नै हुन्छ ।
विगतमा मरिसकेको संसदलाई पुनस्र्थापना गरि दिएर भष्मासुरलाई बर्दान दिए जस्तै गरी जनता र राजा ज्ञानेन्द्रलाई भुतले खाएजस्तो खाइदिएर जिल्ल बनाइ दिएकै हुनक्यारे?एकातिरअहिलेकोदोस्रो संविधान सभा चुनावको नाटक मञ्चनमा फेरि पनि गरिब मुलुकको अर्बौ रुपियां बर्बाद हुने निश्चित छ नै । अर्कोतिरअहिलेनै उम्मेदबारको हातखुट्टा भांचिदिने हुंकार गरिसकेको नेकपा माओवादी लगायत अन्य बहिष्कारवादीको नाममा फेरि पनि कति निर्दोष जनताले अनाहकमा अंगभंगभई ज्यानको मायामार्नुपर्ने हो भन्ने कुराको कल्पनै गर्न सकिन्न ।अहिले नेपालको राजनीतिको ठेक्का पाएका चार दल, राष्ट्रपति र सरकार मिलेपछि दिनलाई रात र रातलाई दिनपनि सहजै बनाउन सकिने रहेछ । देशको कानून बनाउनका लागि परेको दाबी गर्ने यी नेता भनाउंदाहरुलाई त कुनै नियमकानूनको पालना समेत गर्न नपर्ने भएपछि बरु विघटित संविधानसभालाइ नै पुनस्र्थापना गरिदिए कमसेकम चुनावको नाममा हुने देशको खर्बौ रकम बच्नुका साथै हामी निहत्था जनताको ज्यान माथि फेरि आंचआउने काम त गर्दैनन् कि यिनीहरुले ?

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक