20131125

लाज शरम पचाउंदै प्रचन्डको एमाओबादीले निर्णय गर्‍यो " दुई तिहाइ बहुमत मानिदैन, हाम्रो सहमतिमा मात्र सरकार र संबिधान बनाउने भए मात्र संबिधान सभामा गइन्छ नत्र ...."

 ए बाबा दुई तिहाइ नमान्ने भए, जनताको अभिमत नमान्ने भए किन निर्वाचन मा गएको त ???
एमाले,  काङ्रेस र अन्य बिजयी दलहरु हो जनताको अभिमत अनुसार अघी बढ, सहमतिका नाम मा एमाओबादीको गुलाम नबन होइन भने यि नौटँकी हरुले तिमीहरुलाई पनि राजा ज्ञानेन्द्र लाई दरबार बाट खेदे जस्तै खेद्ने छन, साबधान !    
एमाओवादीले सशर्त संविधानसभामा सहभागी हुने निर्णय गरेको छ । उसको शर्त अन्तरिम संविधान संशोधन गरेर सरकार र संविधान निर्माण प्रक्रिया सहमतीय आधारमा अघि बढाउनुपर्ने रहेको छ । पार्टी कार्यालय पेरिसडाँडामा सोमबार सम्पन्न केन्द्रीय समितिको बैठकले सरकार र संविधान निर्माण प्रक्रिया सहमतीय प्रणालीका आधारमा अघि बढाइएको अवस्थामा संविधानसभामा सहभागी हुने निर्णय गरेको हो ।
एमाओवादी बैठकले सहमतीय प्रणालीमा जानका लागि अन्तरिम संविधान संशोधन गर्नुपर्ने माग गरेको छ । साथै संविधानसभा बाहिर रहेका शक्तिलाई पनि संविधानसभामा ल्याउन उपयुक्त विधिसहित आवश्यक पहल गरिनुपर्ने एमाओवादीको प्रस्ताव छ । यसमा विशेष गरी एमाओवादीले वैद्य माओवादीलाई संविधानसभामा ल्याउने संविधानतः मार्ग प्रशस्त गर्नुपर्ने संकेत गरेको हो । बैठकले चुनावमा भएको धाँदलीबारे छानविन गर्न सरकारका तर्फबाट उच्चस्तरीय आयोग गठन गर्न माग गरिएको छ । चुनाव
मा हुनसक्ने धाँधलीबारे बेलैमा सचेत भई त्यसलाई रोक्न नसक्नु नेतृत्वको गम्भीर कमजोरी रहेको भन्दै केन्द्रीय समितिले आत्मालोचना समेत गरेको छ । बैठकले एमाओवादीले संविधानसभामा सहभागिताका लागि शर्त अघि सारे पनि शान्ति र संविधानको बाटोबाट अलग नहुने निर्णय गरेको छ । ‘शान्ति र संविधान निर्माण प्रक्रियाबाट बाहिर जाने अवस्था छैन’ बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो- ‘तर, सरकार र संविधान निर्माण प्रक्रिया सहमतिमा हुन्छ भने संविधानसमा जान्छौं, नत्र जाँदैनौं ।’
धाँधलीको छानविन गर्न समिति गठन
चुनावमा भएको धाँधलीको छानविन गर्न बैठकले पाँच सदस्यीय छानविन समिति बनाएको छ । समितिमा वर्षमान पुन अनन्त, रामचन्द्र झा, खिमलाल देवकोटा, जनकलाल जोशी र रामनारायण विडारी रहनुभएको छ । समितिको संयोजक नतोकिए पनि बरिष्ठताका हिसाबले वर्षमान पुनले संयोजकत्व गर्ने स्रोतले बतायो । समितिलाई ७ दिनको म्याद दिइएको छ ।
बैठकले उम्मेदवार र केन्द्रीय सदस्यहरुलाई आ-आफ्नो क्षेत्रमा मतदातालाई धन्यवाद दिन र धाँधलीको रिपोर्ट संकलन गर्न एक महिने अभियानमा पठाउने निर्णय गरेको छ । सोमबार बोलाइएको केन्द्रीय समितिको बैठक एकै दिनमा सकिएको छ । अर्को बैठक नेताहरु फिल्डबाट प्रतिवेदन लिएर फर्किएपछि पुस ९ गते बस्ने पार्टी प्रवक्ता अग्नि सापकोटाले बताउनुभएको छ ।
पराजयको मुख्य कारण धाँधली, गौण कारण आन्तरिक : प्रचण्ड
झण्डै एकघण्टा बैठकलाई सम्बोधन गर्नुभएका प्रचण्डले चुनावमा अप्रत्यासहित हारको कारण केही आन्तरिक भए पनि मुख्य धाँदली नै भएको बताउनुभयो । ‘यस्तो परिणाम आउनुमा केही आन्तरिक कारण पनि छन्’ उहाँको भनाइ उद्धृत गर्दै एमाओवादीका एक नेताले भने-’तर, मुख्य कारण धाँदली नै हो ।’ ठूला कमिटीहरु बन्नु र संगठन अस्तव्यस्त हुनुलगायतका कमजोरी रहेको स्वीकार गर्दै प्रचण्डले चुनावी अभियान, संगठन परिचालन, जनलहर हेर्दा माओवादीको यो परिणाम आउने कुनै अवस्था नभएको बताउनुभयो ।
वैठकपछि एमाओवादी प्रवक्ता अग्नि सापकोटाले जारी गर्नुभएको विज्ञप्तिमा पार्टीले गम्भीर आत्मालोचना गरेको बताउँदै भनिएको छ ‘षड्यन्त्र एवम् धाँधलीको योजनालाई समयमै पहिचान गरी त्यसो गर्न नदिने सम्बन्धमा पार्टीको तर्फबाट भएको कमजोरी र अन्य संगठनात्मक कमजोरीहरुको बारेमा गम्भीर आत्मालोचना गर्दै अझ विस्तृत समीक्षापछि थप कार्ययोजनाका साथ अघि बढ्ने निर्णय छ ।’

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक