20131117

तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा भाग लिनका लागि सबैलाई हार्दिक अनुरोध


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा “तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ’’ अमेरिकाको वासिङ्गटन डि.सीमा यही नोभेम्बर ३० र डिसेम्बर १ का दिन हुँदैछ ।  नेपाली भाषा, साहित्य, सँस्कृतिका लागि यो दुई दिने सम्मेलन एउटा कोसेढुङ्गा साबित हुने विश्वास गरिएको छ ।  नेपाली भाषा, साहित्य र सँस्कृतिका विभिन्न विधामा विभिन्न कार्यक्रमहरु सम्मेलनका
दौरान आयोजना हुनेछन् । यसका साथै विभिन्न बिषयमा विशिष्टता हासिल गरी नेपालको छवि अन्तर्राष्ट्रिय जगतमा प्रतिष्ठित र गौरवान्वित गर्ने विभिन्न विधाका १० जना नेपालीहरु र नेपाल र नेपालीहरुलाई विशेष सहयोग गर्ने तथा योगदान दिने ३ जना विदेशीलाई पनि यस अवसरमा सम्मान गरिने कार्यक्रम रहेको छ ।

 यसरी यो सम्मेलनमा नेपाली साहित्यको लागि मात्र नभई कला, सँस्कृति, खेलकुद, गायन पत्रकारिता, पर्यटन व्यवसाय आदि विभिन्न क्षेत्रमा विशिष्ट योगदान दिने अन्तर्राष्ट्रिय नेपाली हिरो हरुलाई पनि सम्मान गरिने कार्यक्रम रहेको छ । साहित्यलाई समाजका विभिन्न पक्षसित सधैं सँगै आवद्ध गरिरहने उद्देश्यबाट पहिलो पटक यस्तो प्रकारको कार्यक्रमको आयोजना गरिन लागेको हो । साथै यस अबसरमा खेलकुद प्रदर्शनी, युवा कविता गोष्ठी, रक्तदान, नेपाली प्रतिभाशाली युवाबाट प्रस्तुति, विभिन्न विधाका महत्वपूर्ण साहित्यक पुरस्कारहरु वितरण,  बृहत कविता गोष्ठी, विभिन्न साहित्यिक विधामा कार्यपत्र प्रस्तुति तथा बिबिध सांस्कृतिक कार्यक्रम हुनेछ  ो सम्मेलन म नेपाली हुँ र नेपाललाई माया गर्छु भन्ने सबैका लागि हो । 

अर्कोतिर विदेशमा लामो समयसम्म बस्ने नेपालीहरुको नयाँ पुस्तामा नेपाली भाषा, साहित्य र सँस्कृति विकासमा चुनौती र समस्याहरु देखा पर्न थालेका छन् । अतः डायस्पोरामा नेपाली भाषा, साहित्यको उत्थान गर्दै सँस्कृतिको जर्गेनाको लागि यो सम्मेलनमा भाग लिनुहुन म सम्पूर्ण साहित्यकार,  लेखक, कवि, पत्रका, खेलाडी, व्यवसायी सबैलाई अनुरोध गर्दछु । यो सम्मेलन वासिङ्गटन डि.सी मेट्रो एरियाको मेरियोट होटलमा हुनेछ । सम्मेलनमा भाग लिनकालागि  www.convention.inls.org नामक वेबसाइटमा अनिबार्य रूपमा नाम दर्ता  गर्नुपर्ने हुन्छ । साथै अन्य जानकारी आवश्यक परेमा सिधै इमेल पनि गर्न सक्नु हुनेछ ।
मेरो इमेलः sirunsi@yahoo.com
सीता पाण्डे
संयोजक
तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नोभेम्बर ३० र डिसेम्बर १, वासिङ्गटन डि.सी अमेरिका
Convention Venue:  Tysons Corner Marriott 8028 Leesburg Pike, Tysons Corner, VA 22182, USA

तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा १३
जना अन्र्तराष्ट्रिय हिरोहरुलाई सम्मान गरिने

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजव्दारा यही नोभेम्बर ३० र डिसेम्बर १, २०१३ मा आयोजना गरिने तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा विभिन्न विधामा विशिष्टता हासिलगरि अन्तर्राष्ट्रिय जगतमा नेपालको गौरब र प्रतिष्ठालाई बढाउने १० जना नेपाली र नेपाली मुलका नेपालीहरुलाई सम्मान गरिने भएको छ । 

यसैगरी नेपाल र नेपालीहरुलाई विशिष्ट रुपमा सहयोग गर्ने ३ जना विदेशीहरुलाई पनि यस कार्यक्रममा सम्मान गरिने भएको छ । नेपाली भाषा, साहित्यका साथै कला संस्कृति, खेलकुद, कलाकार, पत्रकारिता, व्यवसाय आदि समाजका विभिन्न क्षेत्रमा विशेष योगदान पु¥याउने व्यक्तिहरु तथा संस्थालाई पनि यस सम्मेलनमा विशेष सम्मान प्रदान गरिनेछ । 

यसरी ूप्रतिभाको खोजी र सम्मान गरिनेू यस अभियानलाई सहयोग गरि सफल पार्न NASeA का पृ्र्व अध्यक्ष तथा APEC का महासचिब एटलाण्टाका व्यवसायी कलाकर्मी राजा घलेको संयोजकत्वमा एक कार्यदल गठन भएको छ । जसमा हार्वड विश्व विद्यालयका डा शिव गौतम, बोष्टन, कानुन व्यवसायी विनोद रोका, न्यृ्योर्क, कनेक्टिकट विश्वविद्यालयकी डा. विद्या रंजित तथा नेपाल स्थित अमेरिकी राजदृ्ताबासमा विगत धेरै बर्ष कामगरि, हाल वाशिङ्गटन डि.सी.मा नेपाली समुदाय बीच गहिरो अध्ययन भएकी अनुभवी Natasha Basley को पनि सहभागिता रहेकोछ । 

यस कार्यदलले योग्य र प्रतिभाशाली व्यक्तिहरुको साथै लोकप्रिय कार्य गर्ने संस्थाहरुको पनि छनोटगरि निकट भविष्यमा नाम सिफारिस गर्नेछ । तसर्थ यस कार्यदललाई जानकारी दिएर सहयोग पु¥याउनहुन म सम्पृ्र्ण नेपाल र डायस्पोराका लेखक, कवि, साहित्यकार, कलाकार तथा दाजुभाई दिदिबहिनीहरुलाई हार्दिक अनुरोध गर्दछु । 


                                                                                                                                                                                                                सीता पाण्डे
                                                                                                                                                                                                        संयोजक
                                                                                                                                                                                                तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन 
                                                                                                                                                                                                                    वाशिङ्गटन डी.सी.
तेश्रो नेपाली साहित्य सम्मेलनमा भाग लिनेहरुलाई जानाकारी
अ.ने.सा स.. आयोजनामा  हुने  तेश्रो नेपाली साहित्य सम्मेलनमा सहुलियत दर् $ ८९.००  मा होटेल मेरियटमा बुक गर्ने  आज, नोवेम्बेर ७, २०१३ अन्तिम दिन हो । अत: विभिन्न  देश, तथा अमेरिकाकै  विभिन्न राज्य बाट सहभागी  हुने र होटेल बस्न चाहने सहभागीहरुले  आजसम्म होटेल बुक गरेमा बिशेष  छुट पाउनु हुने छ । बिस्तृत  जानकारीको  लागि तथा भाग लिन चाहनेहरुले  www.convention.inls.org   visit  गर्नुहोला । यदि, नाम रजिस्ट्रेशन गर्नमा  कुनै समस्या परेमा यस इमेलमा पनि संपर्क गर्न सक्नु हुनेछ।
Email: sirunsi@yahoo.com
ठेगाना यस  प्रकार छ
www.Marriott .com
Tysons Corner Marriott
Address: 8028 Leesburg Pike, Tysons Corner, VA 22182


तेश्रो नेपाली साहित्य सम्मेलनमा भाग लिनेहरुलाई जानकारी
अ.ने.सा स.. आयोजनामा  हुने  तेश्रो नेपाली साहित्य सम्मेलनमा सहुलियत दर् $ ८९.००  मा
होटेल मेरियटमा बुक गर्ने  आज, नोवेम्बेर ७, २०१३ अन्तिम दिन हो । अत: विभिन्न  देश, तथा अमेरिकाकै  विभिन्न राज्य बाट सहभागी  हुने र होटेल बस्न चाहने सहभागीहरुले  आजसम्म होटेल बुक गरेमा बिशेष  छुट पाउनु हुने छ । बिस्तृत  जानकारीको  लागि तथा भाग लिन चाहनेहरुले   www.convention.inls.org    visit  गर्नुहोला । यदि , नाम रजिस्ट्रेशन गर्नमा  कुनै समस्या परेमा यस इमेलमा पनि संपर्क गर्न सक्नु हुनेछ।
ठेगाना यस  प्रकार छ
www.Marriott .com 
Tysons Corner Marriott
Address: 8028 Leesburg Pike, Tysons Corner, VA 22182


Thanking You
Sincerely,
Sita Pandey
Convener
3rd International Nepali Literary Convention
Nov 30 - Dec 1st, 2013
Washington D.C. - Metro Area, USA
www.convention.inls.org

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक