20131203

एतिहासिक साहित्य सम्मेलन तर फितल्लो ब्यबस्थापन, देश बिदेशबाट आएका अतिथीहरुको चित्त दुखाउँदै यसरी बिट मारियो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको !

- अनेसासले यो सम्मेलन बाट पाठ सिकोस कि कार्यक्रम, उपस्थिती एतिहासिक भए पनि ब्यबस्थापन राम्रो हुन सकेन भने यस्तो भद्रगोल पनि हुँदो रहेछ भनेर । 
- "गुहु र गोबर एकै देख्नु, को के भनेर छुट्याउन नसक्नु, अन्तरराष्ट्रिय साहित्य सम्मेलनको फोरमको चरम दुरुपयोग गरी केटाकेटीको फोरम जस्तो बनाइएको देखियो साह्रै दु:ख लाग्यो" नेपाल बाट आमन्त्रित एकजना बिशिस्ठ अतिथिले मुखै खोलेर भन्नुभयो । 
- सामाजिक हिरो बाट बिभुसित एकजना बिशिस्ठ अतिथिलाई यती सम्म आत्मग्लानी भएछ कि वहाँ दोस्रो दिनको कार्यक्रम मा म त जान्न त्यहा भनेर वहाँ एक जना आफन्तको मा बस्नु भयो ।
- "अनेसास स्थापना देखी यहाँ सम्म ल्याइ पुर्‍याउनुहुने अग्रज, बरिस्ठ साहित्यकार होमनाथ सुबेदी, अध्यक्ष गीता खत्री, साहित्य को पुरापुर मर्म बुझेकि सिता पाण्डे जस्ता हस्तीहरु यस पटक किन चुके कुशल ब्यबस्थापनमा यती सार्हो" भन्दै थिए सहभागिहरु । 
- नेपाल बाट, अन्य देश बाट आमन्त्रित अतिथिहरु धेरजसो बोल्न, कबिता बाचन गर्न समेत बन्चित भए भने लोकल काम न काजका कथित संस्थाका मुखिया हरु हौं भन्ने हरु जसलाई साहित्यको स थाहा छैन उनिहरु मँचबाट कुर्लिएका देखेर दिक्क लागेका एक जना बरिश्ठ साहित्यकार विद्वानको प्रतिकृया थियो यस्तो हुन्छ भन्ने सँकेत पाएको भए म नेपाल बाट अमेरिका बेकार किन आउँथे र ? 
- मदन पुरस्कार बिजेता एबम यहाँ पनि पुरस्क्रित अमर न्यौपाने देखी आमन्त्रित बिशिस्ठ अतिथिहरुले पाँच छ बर्से लोकल बच्चाहरुले पाएको प्रस्तुती   समय जती पनि समय नपाएको देखेर सबै तीन छक परे 
- बरिस्ठ कलाकार गौरी मल्ल अनी बरिस्ठ साहित्यकार गोबिन्द गिरी प्रेरणा सम्म बिचमै आफ्ना कबिता बाचन बन्द गरेर ओर्लेको द्रिश्य अनी मोदनाथ प्रश्रित जस्ता जन साँस्कृतिक नायक उपाधिले सम्मानित विद्वान का कबिता सुन्न नपाएपछी एक सहभागीले मँचमै पुगेर उदघोसक लाई सम्झाए पछी बल्ल तल्ल मोदनाथ प्रश्रितको एक रचना सुन्न पाए सहभागीले । 
- यि आलोचना हरु होइनन । त्यहाँ देखिएका झलक हुन । आगामी दिन मा यि गल्ती कमिकमजोरी बाट पाठ सिकेर अनेसासले आफुलाइ अगाडि बढायो भने अनेसास महान हुने छ । सबैको साझा हुनेछ । उसको जय हुने छ ।           
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा अमेरिकाको डिसीमा 'तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन' नेपाली कवि, साहित्यकारहरुको जमघटबीच सम्पन्न भएको छ। उक्त अबसरमा विभिन्न विधामा विशिष्टता हासिल गरि अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बढाउने १० जना नेपाली तथा नेपाल र नेपालीहरुलाई विशिष्टरुपमा सहयोग गर्ने ३ जना विदेशीहरुलाई "अनेसास अन्तर्राष्ट्रिय नेपाली हिरो" पुरस्कारद्वारा सम्मान
गरिएको छ भने ३२ अनेसास च्याप्टर, नेपाली संस्था र नेपालीहरुलाई बिशेष कदर र चुनिएका १७ कृतिहरुका कृतिकारहरुलाई बिभिन्न अनेसास पुरस्कार प्रदान गरिएको छ।नोवेम्बर ३० र डिसेम्बर १ तारिख भर्जिनियाको लिसबर्गस्थितम्यारियोटमा सम्पन्न उक्त सम्मेलनमा प्रतिनिधी र पाहुनाहरुले ५० डलर प्रबेश शुल्क तिरेर ७१ जना कविहरुका कविता बाचन श्रवण गरे भने नेपाली साहित्य सम्बन्धी कार्यपत्र र साँस्कृतिक कार्यक्रमको स्वाद लिएका थिए।

'अनेसास अन्तरराश्ट्रिय सामाजिक हिरो पुरस्कार' २०१३ १० नेपाली र ३ अमेरिकि नागरिकलाई प्रदान

अनेसासले यो सम्मेलनदेखि नेपालको प्रतिष्ठा बढाउने नेपाली र बिदेशी सामाजिक नायकहरुलाई सम्मान गर्न शुरु गरेको 'अनेसास अन्तरराश्ट्रिय सामाजिक हिरो पुरस्कार' (The INLS International Social Hero Award) यो बर्ष सन् २०१३ कालागि १० नेपाली र ३ अमेरिकि नागरिकलाई प्रदान गरियो।

INLS award winners at the 3rd International Nepali Literary Convention in Virginia, USA on November 30, 2013. Photos: eEyecam.com
उक्त 'अनेसास अन्तरराश्ट्रिय सामाजिक हिरो पुरस्कार' अमेरिकाकालागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा, लक्ष्मी प्रतिष्ठान नेपालका संस्थापक बिष्णु गौतम, युएस नेपाल अनलाइन डटकमका सम्पादक प्रदीप थापा मगर (न्यु जर्सी), डा. हरिहरप्रसाद भट्टराई (नर्थ क्यारोलिना) लाई उनीहरुको योगदानको उच्च कदर गर्दै खादा ओडाई ताम्रपत्र प्रदान गरि सम्मान गरिएको छ ।

उक्त पुरस्कारद्वारा सम्मानित हुने अन्य नेपाली ब्यक्तित्वहरु सीएनएन हिरो पुष्पा बस्नेत, क्यानाडाकी महिला अधिकारकर्मी तथा समाजसेवी राधा बस्नेत, गैर आवासीय नेपाली संघका वर्तमान अध्यक्ष तथा अस्ट्रेलियाका धनाड्य ब्यबसायी शेष घले, नेपाल खेलकूद परिषदका महासचिब युवराज लामा, सिक्किम, भारतका कवि राजेन्द्र भण्डारी र बेलायतका खगेन्द्र नेपाली छन्। उनीहरु पुरस्कार ग्रहण गर्न उपस्थित हुन असमर्थ रहे।
INLS International Heroes 2013 award winners: from L to R: Dr. Shankar P. Sharma, Pushpa Basnet, Radha Basnyat, Shesh Ghale, Yubaraj Lama, Bishnu Gautam, Pradeep Thapa Magar, Dr. Harihar P Bhattarai, Khagendra Nepali, Rajendra K. Bhandari, Ander Crenshaw, Jared Polis, Maggie Doyne. Photos courtesy: nepalembassyusa.org, cnn.com, nrn.org.np, brw.com.au, nsc.gov.np, Bishnu Gautam's facebook profile, Ashok Panta, Hari P. Bhattarai's facebook profile, K.K. Movies Production, poetryinternationalweb.net, crenshaw.house.gov, polis.house.gov, blinknow.org

'अनेसास अन्तरराश्ट्रिय सामाजिक हिरो पुरस्कार-२०१३' द्वारा सम्मानित ब्यक्तित्वहरु
१. डा. शंकरप्रसाद शर्मा, अमेरिकाकालागि नेपाली राजदूत
२. बिष्णु गौतम, संस्थापक, लक्ष्मी प्रतिष्ठान, काठमाडौं, नेपाल
३. प्रदीप थापा मगर, सम्पादक, युएस नेपाल अनलाइन डट कम (न्यु जर्सी, अमेरिका)
४. डा. हरिहरप्रसाद भट्टराई (नर्थ क्यारोलिना, अमेरिका)
५. पुष्पा बस्नेत, सीएनएन हिरो-२०१२, काठमाडौं, नेपाल
६. राधा बस्नेत, समाजसेवी, क्यानाडा
७. शेष घले, अध्यक्ष, गैर आवासीय नेपाली संघ आईसिसी तथा ब्यबसायी, अस्ट्रेलिया
८. युवराज लामा, महासचिब, नेपाल खेलकूद परिषद, काठमाडौं, नेपाल
९. राजेन्द्र भण्डारी, कवि, सिक्किम, भारत
१०. खगेन्द्र नेपाली, बेलायत
११. एनडर क्रेनसह, अमेरिकी प्रतिनिधि सभा सदस्य (फ्लोरिडा राज्य) तथा सह-अध्यक्ष, नेपाल कांग्रेसनल ककस
१२. जरेड पोलिस, अमेरिकी प्रतिनिधि सभा सदस्य (कोलोराडो राज्य) तथा सह-अध्यक्ष, नेपाल कांग्रेसनल ककस
१३. म्यागी डोयेन (न्यु जर्सी, अमेरिका), संस्थापक, कोपिला पाठशाला, सुर्खेत, नेपाल

त्यसैगरी, उक्त पुरस्कारद्वारा सम्मानित हुने तीन जना अमेरिकि सामाजिक नायकहरुमा अमेरिकाको फ्लोरिडा राज्यबाट अमेरिकी प्रतिनिधि सभाका सदस्य तथा नेपाल कांग्रेसनल ककसका सह-अध्यक्ष एनडर क्रेनसह, कोलोराडो राज्यबाट अमेरिकी प्रतिनिधि सभा तथा नेपाल कांग्रेसनल ककसका सह-अध्यक्षका जरेड पोलिस र न्यु जर्सी राज्यमा जन्मभै हाल सुर्खेतमा अनाथ बालबालिकाहरुको निम्ति कोपिला पाठशालाको संचालन गर्दै आएकी म्यागी डोयेन छन्। सम्मानित हुने प्रतिनिधि सभाका दुवै सदस्यहरु क्रेनसह र पोलिस अनुपस्थित रहेका थिए भने डोयेन नेपालबाट आउन नसकेको कारण उनका प्रतिनिधिलाई उक्त ताम्रपत्र हस्तान्तरण गरिएको थियो ।
सम्मेलन उद्घाटन समारोह

सम्मेलन उद्घाटन समारोहको प्रमुख आतिथ्य अमेरिकाकालागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा तथा बिशेष अतिथिमा वरिष्ठ साहित्यकार तथा भूतपूर्व शिक्षा मन्त्रि मोदनाथ प्रश्रित हुनहुन्थ्यो भने कार्यक्रम महाकबि लक्ष्मीप्रसाद देवकोटा र आदिकवि भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पण तथा प्रमुख अतिथीबाट पानसमा दीप प्रज्वलन गरी समुद्घाटन गरिएको थियो ।

The 3rd International Nepali Literary Convention being inaugurated by the chief guest H.E. Ambassador Dr. Shankar P. Sharma in Virginia, USA. Photos: eEyecam.com
समारोहमा नेपाली तथा अमेरिकाको राष्ट्र गानको प्रस्तुतीकासाथै महाकवि लक्ष्मीप्रसाद देवकोटाको गीत साथै कविता वाचन गर्दै स्वागत गरिएको थियो । मिस नेपाल युएस-२०१२ आस्था श्रेष्ठले अमेरिकि राष्ट्र गान प्रस्तुत गरेकी थिईन् भने नेपाली राष्ट्र गान सामूहिकरुपमा गाईएको थियो। महाकवि लक्ष्मीप्रसाद देवकोटाको गीत खेम संग्रौलाले प्रस्तुत गरेका थिए।


स्वागतम मन्तब्य सम्मेलन संयोजक सिता पाण्डेले गर्दै सम्मेलन कोशे ढुंगा साबित हुने छ भन्ने बिचार राखेकी थिइन् ।
The 3rd International Nepali Literary Convention coordinator Sita Pandey. Photos: eEyecam.com

महाकवि देवकोटाकोबारेमा साहित्यकार बसन्त श्रेष्ठले देवकोटाको अन्तर्राष्ट्रियस्तरमा कस्तो भूमिका रहेको थियो भन्नेबारेमा संक्षेपमा जानकारी गराउदै सर्जकलाई जीवन कालमा नै सम्मान गर्न सक्नु पर्छ भन्ने कुरामा जोड दिए ।

कार्यक्रममा प्रमुख अतिथि राजदूत डा. शर्माले साहित्य सम्मेलन सफलताको कामना गर्दै साहित्य तथा भाषालाई दोश्रो पुस्तामा कसरि पुर्याउन सकिन्छ भन्ने कुरामा चिन्तन गर्दै यस सम्मेलनले यसलाई सम्बोधन गर्ने छ भन्ने विश्वास लिए । उनले सम्मेलन आयोजनामा महिलाको सक्रिय भूमिकाको प्रसंसा गरेका थिए । अबैतनिक महाबाणिज्यदुत प्रेमराजा महतले सम्मेलनले नेपाल कै झझल्को ल्याएको चर्चा गर्दै शुभकामना दिएका थिए ।

बिशेष अतिथि मोदनाथ प्रश्रितले अमेरिकाले बिज्ञानमा चरम विकास गरेको चर्चा गर्दै नेपाल बिज्ञानमा निक्कै पछाडी छ भन्दै अब बैज्ञानिक सम्मेलन गर्नतिर लाग्नु पर्ने बिचार ब्यक्त गरे। उनले नेपालका गाउँ रित्ता भएका छन्, जन्ती र मलामी जाने मानिसको अभाव भै सकेकोले अब अमेरिकामा शिक्षा लिएर नेपाल फर्कन आब्हान गर्दै उराठ भएका गाउँलाई उर्जा दिन आग्रह गरे।

अनेसासका सल्लहकार एबं त्रिभुवन बिश्वबिद्यालय नेपाली बिभागका प्रमुख डा. खगेन्द्र लुइँटेलले नेपाली भाषा महाभाषा भैसकेको उल्लेख गर्दै अमेरिकामा जातीय बिभाजन नभएकोमा खुशी प्रकट गर्दै यहि संदेश लिएर आफु नेपाल जाने बताए ।

'अनेसास अन्तरराश्ट्रिय सामाजिक हिरो पुरस्कार' छनौट समितिका संयोजक समाजसेवी राजा घलेले मन्तब्य राख्दै छोटो समयको अवधिमा पुरस्कार छनौट गर्ने महत्वपूर्ण र चुनौतिपूर्ण कार्य फत्ते गर्नु चुनौती थियो र अवसर पनि उत्तिकै भएकोले अहोरात्र मेहनत गरि सामुहिकरुपमा मिलेर सिफारिस गरेको उल्लेख गरे ।
Award Committee Members Attorney Binod Roka, Dr. Shiva Gautam and Raja Ghale at the 3rd International Nepali Literary Convention in Virginia, USA. Photos: eEyecam.com

समारोहलाई गैर आवासिय नेपाली संघ अमेरिकाका अध्यक्ष शिवकुमार राई, नेपालीज एशोसियसन इन साउथ इस्ट अमेरिका (NASeA) का अध्यक्ष डा. रामचन्द्र बराल, डा. ठाकुर पुडासैनि, अनेसास बोर्ड अफ ट्रस्टी चेयर होमनाथ सुबेदीले सम्बोधन गरेका थिए।
INLS President Gita Khatri. Photos: eEyecam.com

समारोह अनेसास केन्द्रिय अध्यक्ष गीता खत्रीको अध्यक्ष्यतामा सम्पन्न भएको थियो भने सन्चालन नेपाल अमेरिका टेलिभिजनकि रमा सिंहले गरेकी थिईन्।

आदिकवि भानुभक्त आचार्यको शालिक अनावरण

सम्मेलनमा नेपालका आदिकवि भानुभक्त आचार्यको अर्ध कदको शालिक अनावरण गरियो। उक्त शालिकको अनावरण प्रमुख अतिथी अमेरिकाकालागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा तथा बिशेष अतिथिमा वरिष्ठ साहित्यकार तथा भूतपूर्व शिक्षा मन्त्रि मोदनाथ प्रश्रितले संयुक्तरुपमा गरेका थिए। उक्त मूर्तिको प्रायोजन श्यामराज पाण्डेले गरेका हुन्।
Adikabi Bhanubhakta Acharya's statue being unveiled at the convention. Photos: eEyecam.com
वरिष्ठ साहित्यकार तथा भूतपूर्व शिक्षा मन्त्रि मोदनाथ प्रश्रितलाई 'जन साँस्कृतिक नायक' पुरस्कारद्वारा सम्मान
सम्मेलनमा बिशेष अतिथिकोरुपमा नेपालबाट आएका वरिष्ठ साहित्यकार तथा भूतपूर्व शिक्षा मन्त्रि मोदनाथ प्रश्रितलाई 'जन साँस्कृतिक नायक' पुरस्कारद्वारा सम्मान गरिएको छ।
Author Modnath Prashrit receiving Jana Saskritik Nayak award at 3rd International Nepali Literary Convention in Virginia, USA. Photos: eEyecam.com

'अनेसास सर्बोत्क्रिस्ट पुस्तक पुरस्कार' बिजेता १९ लेखकहरु सम्मानित

यसैगरि, अनेसासका सर्बोत्क्रिस्ट पुस्तक पुरस्कार स्वरुप नगद तथा ताम्रपत्रद्वारा १९ लेखकहरुलाई सम्मान गरिएको छ।
Author of Seto Dharati, Amar Neupane receiving INLS Best Book Award with $1500 cash prize at the convention. Photos: eEyecam.com

बिजेता १९ लेखकहरु र तिनका कृतिहरु निम्नानुसार छन्:

१. 'सेतो धरती' (उपन्यास)
लेखक: अमर न्यौपाने, मदन पुरस्कार बिजेता (चितवन, नेपाल)
पुरस्कार: अनेसास सर्बोत्क्रिस्ट पुस्तक पुरस्कार, १५०० डलर नगद, ताम्रपत्र र १०० डलरको अनेसास आजीवन सदस्यता
२. 'नेपाली उपान्यासको ईतिहास' (समालोचना)
लेखक: डा. खगेन्द्रप्रशाद लुइँटेल, प्रमुख, नेपाली बिभाग, त्रिभुवन बिश्वबिद्यालय
पुरस्कार: अनेसास डायस्पोरा अनुसन्धान पुरस्कार, ५०० डलर नगद र ताम्रपत्र
३. 'देश अबतार' (गिती नाटक)
लेखक: प्रा. डा. कुसमाकर न्यौपाने (पोखरा)
पुरस्कार: अनेसास हरिभक्त कटुवाल गिती कविता पुरस्कार, २०० डलर नगद र ताम्रपत्र
४. 'मेजर अर्जुनको औंठी' (कथा)
लेखक: सुमलकुमार गुरुङ (बेलायत)
पुरस्कार: अनेसास धौलागिरीका लेखक पुरस्कार, २०० डलर नगद र ताम्रपत्र
५. 'भानु तिम्रो सम्झनामा' (कथा)
लेखक: गंगा लिगल (ह्यूस्टन, अमेरिका)
पुरस्कार: अनेसास लुम्बिनीका लेखक पुरस्कार, २०० डलर नगद र ताम्रपत्र
६. 'थोपा थोपा' (गिती संग्रह)
लेखक: सुनिल संगम (पोर्तुगल)
पुरस्कार: अनेसास जनकपुरका लेखक पुरस्कार, २०० डलर नगद र ताम्रपत्र
७. 'राती फूल्ने फूलहरु' (कविता)
लेखक: प्रकाश नेपाल (भर्जिनिया, अमेरिका)
पुरस्कार: अनेसास नबप्रतिभा पुरस्कार, ३१० डलर नगद र ताम्रपत्र
८. 'हनुमान नाँच' (नेवारी लोक साँस्कृतिक)
लेखक: प्राज्ञ प्रेम छोटा (बाग्लुङ, नेपाल)
पुरस्कार: अनेसास जनजातीय भाषा तथा संस्क्रिती लेखन पुरस्कार, २०० डलर नगद र ताम्रपत्र
९. 'क्षितिज पारीका' (निबन्ध)
लेखक: शेखर ढुंगेल (अमेरिका)
पुरस्कार: अनेसास बागमतिका लेखक पुरस्कार, २०० डलर नगद र ताम्रपत्र
१०. 'समय दंश' (कथा)
लेखक: पद्मावती सिंह (काठमाडौं)
पुरस्कार: अनेसास महिला लेखक पुरस्कार, ४०० डलर नगद र ताम्रपत्र
११. 'नेपाली समालोचन' (समालोचना)
लेखक: ज्ञानु अधिकारी, काठमाडौं
पुरस्कार: पुरस्कार: अनेसास नारायणीका लेखक पुरस्कार, २०० डलर नगद र ताम्रपत्र
१२. 'श्वेतपत्र' (महाकाब्य)
लेखक: खेमनाथ दाहाल, काठमाडौं
पुरस्कार: अनेसास छन्दोबद्ध काब्य पुरस्कार, २०० डलर नगद र ताम्रपत्र
१३. 'पत्रैपत्र' (उपन्यास)
लेखक: सुस्मिता नेपाल, रजनी ढकाल, काठमाडौं
पुरस्कार: गण्डकी, २०० डलर नगद र ताम्रपत्र
१४. 'रात ढलेका थिएन' (कविता)
लेखक: गोपीकृष्ण प्रसाई, बेलायत
पुरस्कार: अनेसास सिता पाण्डे मेचीका लेखक पुरस्कार, २०० डलर नगद र ताम्रपत्र
१५. 'कोलाज' (गजल)
लेखक: दुबसु छेत्री, कार्यबाहक राजदूत, बहराइन
अनेसास गजल पुरस्कार, २०० डलर नगद र ताम्रपत्र
१६. 'नेपाली महिला उपन्यासकार' (समालोचना)
लेखक: लीला लुईटेल, कोशी
पुरस्कार: अनेसास कोशी पुरस्कार, २०० डलर नगद र ताम्रपत्र
१७. 'पच्चिस प्रतिभा' (बाल)
लेखक: गोपालप्रशाद पराजुली, काठमाडौं
अनेसास बाल साहित्य पुस्तक पुरस्कार, २०० डलर नगद र ताम्रपत्र
The INLS Best book award winners at the convention. Photos: eEyecam.com

यि मध्ये अमर न्यौपाने, डा. खगेन्द्रप्रशाद लुइँटेल, प्रा. कुसमाकर न्यौपाने, प्रेम छोटा, लीला लुईटेल, सुमलकुमार गुरुङ, सुनिल संगम, गंगा लिगल, प्रकाश नेपाल, शेखर ढुंगेलले आ-आफ्नो कृतिकालागि नगद पुरस्कार तथा ताम्रपत्र ग्रहण गरे। अन्य पुरस्क्रित लेखकहरु उपस्थित हुन सकेनन्।

६ कृतिहरु बिमोचित

उक्त सम्मेलनमा ६ जना लेखकका ६ कृतिहरुको लोकार्पण गरिएको छ।

गंगा लिगलको उपन्यास 'जेसिका' को साहित्यकार एबं पूर्व शिक्षा मन्त्री मोदनाथ प्रश्रितले लोकार्पण गरे भने होमनाथ सुबेदीको 'नेपाली लोक कथाको परम्परामा छन्त्याल लोककथा' को अध्ययन', होमनाथ सुबेदीकै 'डायस्पोराबाट नेपालका समालोचना' लाई डा. खगेन्द्र लुईंटेलबाट र लक्ष्मीकान्त पौडेलको 'भावान्जली' कविता संग्रह गीत खत्रीबाट बिमोचन गरिएको थियो।
The four books being released at the convention. Photos: eEyecam.com

उता निलम कार्की निहारिकाको उपन्यास 'अर्की आईमाई' सामूहिकरुपमा गीता खत्री, नायिका गौरी मल्ल, डा. बिष्णुमाया परियार, गायिका नलिना चित्रकार, भारती गौतम, गंगा लिगल, दीपा राई, मनु लोहोरुङ राई, मिना पन्त, कविता पौडेल, कुन्ती थापा, सरस्वती रिजाल, ममता कर्माचार्य, अस्मिना रन्जित, आचार्य प्रभा र अनु शाहले लोकार्पण गरेका थिए।
Author Neelam Karki Niharika's novel 'Arki Aaimaai' being released by group of Nepalese women personalities. Photos: eEyecam.com

सोही सम्मेलनमा डा. गोबिन्दसिंह राउतको कृति 'विश्व रङ्गमन्चमा सडक नाटक परम्परा' को पनि बिमोचन गरियो।

बाल कविता प्रतियोगिता

कार्यक्रममा दोश्रो पुस्ताका युवाहरुलाई प्रोत्साहन गर्न कविता प्रतियोगिताको पनि आयोजना गरिएको थियो भने उक्त कार्यक्रममा प्रथम बिबेचना निरौला, द्वितीय प्रिया सुबेदी तथा तृतीय निशान्त ज्ञवाली भएका थिए ।

अन्य सहभागी बाल कविहरुमा सुरभी खनाल, किशोर पन्थी, आभास खरेल, कृति भट्टराई, बिराट शर्मा, जेशिका, सोनाली दाहाल र सितल लुईंटेल थिए।
Child poets after the poetry competition. Photos: eEyecam.com

दोश्रो पुस्ताका युवाहरुले एउटा संदेश मुलुक नाटक पनि प्रस्तुत गर्दै दर्शकलाई भरपुर मनोरंजन दिलाएका थिए ।

नेपाल सरकार मन्त्रि परिषदका अध्यक्षको शुभकामना सन्देश श्याम राज पाण्डे तथा नेपाल प्रज्ञा प्रतिस्ठानका कुलपति बैरागी काईलाको शुभकामना सन्देश खेम भट्टचनले पढेर सुनाएका थिए ।

सम्मेलनको दोश्रो दिन
भानु बर्ष उत्कृष्ट पुरस्कार बिजेताहरु सम्मानित

उक्त सम्मेलनमा अनेसासका च्याप्टरहरु, ब्यक्तित्वहरु  र अनेसासको अभियानलाई प्रचारप्रसार गर्ने नेपाली मिडियालाई 'भानु बर्ष उत्कृष्ट पुरस्कार' द्वारा सम्मान गरियो।

'भानु बर्ष उत्कृष्ट पुरस्कार' द्वारा पुरस्क्रित ३२ संस्था, ब्यक्तित्व र मिडियाहरु निम्नानुसार रहेको छ:

१. उत्कृष्ट अनेसास च्याप्टर: अनेसास, कोलोराडो
२. उत्कृष्ट अनेसास च्याप्टर: अनेसास, न्यू योर्क
३. उत्कृष्ट अनेसास च्याप्टर: अनेसास, अस्ट्रेलिया
४. उत्कृष्ट अनेसास च्याप्टर: अनेसास, फ्लोरिडा
५. उत्कृष्ट अनेसास च्याप्टर: अनेसास, जापान
६. उत्कृष्ट अनेसास अध्यक्ष: प्रकाश नेपाल, अनेसास डिसी च्याप्टर
७. उत्कृष्ट अनेसास पूर्व केन्द्रिय अध्यक्ष: मोहन सिटौला, डिसी
८. उत्कृष्ट अनेसास सल्लाहकार: डा. खगेन्द्रप्रशाद लुइँटेल
९. उत्कृष्ट अनेसास सम्पादक: धनीराम सापकोटा (न्यू जर्सी), अनेसास न्यू योर्क च्याप्टर मुखपत्र 'प्रतिध्वनी" सम्पादक
१०. उत्कृष्ट अनेसास प्रतिनिधी: बिमल नेपाल, फ्लोरिडा
११. उत्कृष्ट अनेसास च्याप्टर कार्य: तीर्थराज पाण्डे, मेरिल्यान्ड
१२. उत्कृष्ट अनेसास म्यागाजिन: लेखनाथ काफ्ले (ताईवान), 'प्रयास' अनलाइन म्यागाजिन
१३. उत्कृष्ट लेखक: भागवती बस्नेत, इज्राएल
१४. उत्कृष्ट कवि: देबनाथ भट्टाराई, कोलोराडो
१५. उत्कृष्ट कवि: सुदिपभद्र खनाल, भर्जिनिया
१६. उत्कृष्ट पत्रकारिता: विश्वराज थापा, इनेप्लिज डट कम, भर्जिनिया
१७. उत्कृष्ट प्रिन्ट मिडिया: आङछिरिङ्ग शेर्पा, एभ्रेस्ट टाइम्स पाक्षिक पत्रिका, न्यू योर्क
१८. उत्कृष्ट मिडिया: रामहरी सुबेदी, डिसि नेपाल डट कम, भर्जिनिया
१९. उत्कृष्ट मिडिया: शैलेश पोख्रेल, बिआरटि नेपाल डट कम, कोलोराडो
२०. उत्कृष्ट मिडिया: तिलक मल्ल, समुन्द्र पारी डट कम, जापान
२१. बौद्दिक योगदान: एच बि भण्डारी, मेरिल्यान्ड
२२. बौद्दिक योगदान: हरी घिमिरे, भर्जिनिया
२३. बौद्दिक योगदान: खिमानन्द आचार्य, भर्जिनिया
२४. बौद्दिक योगदान: गोपालप्रशाद भण्डारी, न्यू ह्याम्पसायर
२५. बौद्दिक योगदान: सिता पाण्डे, भर्जिनिया
२६. बौद्दिक योगदान: राजा घले, जर्जिया
२७. बौद्दिक योगदान: डा. शिव गौतम, बोस्टन
२८. बौद्दिक योगदान: डा. बिद्या रन्जित, कनेक्टिकट
२९. बौद्दिक योगदान: बिनोद रोका, न्यू योर्क
३०. बौद्दिक योगदान: नताशा बस्ले, डिसी
३१. उत्कृष्ट कार्य: कमलमणी पन्थी, ह्युस्टन
३२. उत्कृष्ट कार्य: मन्जु पुन मगर, भर्जिनिया

नेपाली डायस्पोरा साहित्यबारे कार्यपत्रहरुको प्रस्तुति

सम्मेलनमा नेपाली डायस्पोरा साहित्यबारे कार्यपत्रहरुको प्रस्तुति रहेको थियो तर समयाभावको कारण पूर्णरुपमा प्रस्तुत गर्ने मौका कार्यपत्र प्रस्तोताहरुले पाएनन्। कार्यपत्रहरुको प्रस्तुतिको संयोजक होमनाथ सुबेदी थिए।  यी कार्यपत्रहरुको छुट्टै संग्रह प्रकाशित हुने कुरा संयोजक सुबेदीले युएस नेपाल अनलाइनलाई जानकारी गराए।

कार्यपत्रहरुको शिर्शक र प्रस्तुताहरुको नाम निम्नानुसार रहेको छ:

1. Nepal Diaspora Literature Theories and Uses
by Dr. Khagendra Luitel, Nepal
2. Nepali lyrical Literature and Diaspora Literature
by Dr. Kusumakar Neupane Pokhara, Nepal
3. Canadali Nepali Diaspora Sahitya
by Dr. Govind Singh Rawat, Canada
4. North Europe Nepali Diaspora Literary History
by- Sumal Kumar Gurung, UK
5. Diaspora Contribution on Nepali folk Literature and Culture
by Prem Chotta, Nepal
6. Nepalese Multiple Diaspora and its literature
by Homnath Subedi
7. Nepali Lyrical Development in Europe
by Sunil Sangam, Portugal
8. Laxmi Prasad Devkota ra Nepali Sahitya
by- Basant Shrestha, USA
9. Importence of Nepali Litarature Outside Nepal
by Gita Khatri, USA
10. Challenges of Diaspora Journalism
by Govind Giri” Prerana”, USA
11. A brief Introduction of Nepali women writers
by Sita Pandey, USA
12. Contemporary Nepali Literature in Nepal and Diaspora new trends
by Maniraj Singh, Nepal
13. The Chhandobaddha Kabya Sahityako Siddhanta Ra Prayog
by Govinda Raj Binodi
14. Thoughts of Nepal’s New Diaspora
by Modha Nath Prasit

ब्रिहद कवि गोस्ठी

सम्मेलनको दोश्रो दिन ब्रिहद कवि गोस्ठीको आयोजना गरियो। उक्त गोस्ठीमा आ-आफ्नो कविता प्रस्तुत गर्ने कविहरुमा सुमलकुमार गुरुङ, डा. शिव गौतम, प्रेम छोटा, गौरी मल्ल, आचार्य प्रभा, डा. गोबिन्दसिंह राउत, निरा शर्मा, अमर न्यौपाने, गोबिन्दराज बिरोधी, प्रकाश माइला पौडेल, भारती गौतम, ममता कर्माचार्य, दिनेशराज भण्डारी, रजनी श्रेष्ठ, शारदासिं खाती, गोमा न्यौपाने, बिनोद रोका, मणी बाङ्देल, गीता पन्थ, मनु लोहोरुङ राई, अग्नी पराजुली, शेखर ढुङ्गेल, दीपा राई, महेश्वर पन्त, हरि काफ्ले, लालगोपाल सुबेदी, मणीराज सिंह, उत्तम भौंकाजी, सरस्वती रिजाल, निकेश कार्की, बिमला निरौला, सिताराम अधिकारी, केशब आचार्य, सिता पाण्डे, मोहन निरौला, प्रकाश चापागाई, हेमन्त श्रेष्ठ, बसन्त श्रेष्ठ, गोबिन्द गिरी प्रेरणा, अनु शाह, गुणराज लुईटेल, इश्वरी भट्ट, सुदिपभक्त खनाल, रबिन्द्रभक्त श्रेष्ठ, मोदनाथ प्रश्रित, कुन्ती थापा, गीता खत्री, देबेन्द्रप्रशाद उपाध्याय, गोबर्धन पूजा, निलम कार्की निहारिका (कथा बाचन), बिकास बिष्ट (गित), होमनाथ सुबेदी, कल्पना सुबेदी, कल्पना सत्याल, डा. रामचन्द्र बराल, डा. गोपी उप्रेती र तेजस्वी पाण्डे (अङ्ग्रेजी भाषा कविता) थिए।

कवि गोस्ठीको सन्चालन गोबर्धन पूजा र महेश्वर पन्तले गरेका थिए।
Grand Poetry Festival at the convention. Photos: eEyecam.com

साँस्कृतिक साँझ र समापन

सम्मेलनको समापन साँगितिक साँझको आयोजना गरी सम्पन्न गरिएको थियो। जहाँ महा बाणिज्यदुत एबम बरिस्ठ लोक गायक प्रेमराजा महत, अन्तरराष्ट्रिय कलाकार मँचका अध्यक्ष एबम बरिस्ठ लोक दोहोरी गायक राम प्रसाद खनाल,  गायिका नलिना चित्रकार, नयाँ पिँढीका चर्चित गायक यश कुमार  आदिको प्रस्तुती रहेको थियो। उक्त साँझको संयोजन मन्जु सङ्रौलाले गरेकी थिईन्।

सम्मेलनको पहिलो दिनको साँझ नेपाली दूताबासले सम्मेलनमा सहभागी साहित्यकारहरुको सम्मानमा रात्रीभोजको आयोजना गरेको थियो। त्यसै गरी दोस्रो दिन नासो का अध्यक्ष दिपक जंग विश्वकर्माले सहभागीहरुलाइ आफ्नै निवास उडब्रिजमा रात्रीभोजको आयोजना गर्नुभएको थियो ।










-  source: Nepalmother.com / Bishwa raj Thapa Eneplese/ Pradeep Thapa Magar /Usnepalonline / INLS

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक