20131207

नेपाल र नेपालीका लागि अर्को दु:खद समाचार : बैद्यले समानान्तर सत्ताको खाका कोर्न थाले, क्यास र ड्यास दुबै माओवादीको कार्यगत एकता मात्र होइन, पार्टी एकता हुने सम्भावना बढ्यो !

हे दैब ! कुकुर तिहारमा कुकुर लाई पनि धेरै माला लगाइ दिन खोज्नुस कुकुर ले टाउको हल्लाएर बढी भएका माला झार्छ प्याँक्छ तर यि माला भोगी महान अभिनेता छबिलालले के सारो गर्या हो !!! होइन हे पिछलग्गु हरुहो तिम्रा महा नेता लाई अब फुल र मालाले पुरै पुरिदिए हुन्छ । त्यसो भयो भने यि माला भोगीको घिडकिसो पुरा हुन्थ्यो कि !!!! कतिखेर काही त जिरेखुर्सानी का शिवहरिको थेगो दोहोर्याउन मन लाग्छ भन्या यि दुवा तिर्की लाई देख्दा ! प्वाक्क मुखमा हान्नु जस्तो !!!
संविधानसभा निर्वाचन बहिष्कार गरेको नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्यले समानान्तर सत्ताको खाका कोर्न थालेका छन् । ललितपुरको कुपन्डोलमा आइतबारदेखि बस्ने पार्टी केन्द्रीय समिति बैठकमा अध्यक्ष बैद्यले पार्टी, सेना र मोर्चाको अवधारणामा आधारित वैकल्पिक सत्ताको खाका प्रस्ताव गर्ने तयारी गरेका छन् । पोलिटव्युरो, पदाधिकारी र राज्य समितिका इन्चार्जले पेस गर्ने रिपोटिङका आधारमा बैद्यले केन्द्रीय कार्यालयका तर्फबाट बैठकमा प्रस्ताव पेस गर्नेछन् । सचिव देव गुरुङका अनुसार पहिलो चरणमा राज्य समितिका इन्चार्जले आफ्नो क्षेत्रको रिर्पोटिङ पेस गरेपछि दोस्रो चरणमा वैद्यले आगामी कार्यदिशसहितको प्रस्ताव राख्नेछन् । तेस्रो चरणमा वैद्यको
प्रस्ताव केन्द्रीय सदस्यले दिएको सुझावका आधारमा परिमार्जन गरी बैठक सकिने गुरुङले बताएको अन्नपूर्ण पोस्टमा खबर छ । दोस्रो संविधानसभा निर्वाचनबहिष्कार गरेको नेकपा–माओवादीले एकीकृत नेकपा माओवादीसँग एकताको प्रस्ताव अघि सार्ने भएको छ । एमाओवादीबाट विभाजित भई मोहन वैद्य नेतृत्वमा गठित माओवादीले हेटौंडा महाधिवेशनले तय गरेको कार्यदिशा उसले त्यागे आफू एकीकरणका लागि तयार रहेको
जनाउ दिँदै तत्काल एकता प्रस्ताव अघि सार्ने भएको हो । आइतबारबाट सुरु हुने केन्द्रीय समिति बैठकमा माओवादीले एमाओवादीसँग ससर्त एकीकरणको आह्वान गर्ने प्रस्ताव पारित गर्ने भएको स्रोतले बतायो । माओवादी बैठकको एजेन्डाको रूपमा संविधानसभा निर्वाचनमा एमाओवादीको अस्तित्व समाप्त हुनेसम्मको गतिविधि भएकाले पार्टी एकताका लागि आह्वान गर्ने भएको छ । संविधानसभा निर्वाचनमा असफल हुनुमा एमाओवादीको हेटौंडा महाधिवेशनले लिएको कार्यदिशा नै भएको माओवादी ठम्याइ छ । उसले पार्टीलाई बलियो बनाउन र आङ्खनो एजेन्डालाई सफल बनाउन एमाओवादीले हेटौंडा महाधिवेशनले लिएको उत्पादन र समाजवादी क्रान्तिको कार्यदिशा असफल भएको भन्दै त्यसलाई त्यागी पार्टी एकताका लागि आह्वान गर्ने तयारी गरेको हो । माओवादीका एक केन्द्रीय सदस्यका अनुसार पार्टीले आइतबारदेखि सुरु हुने बैठकमा आङ्खनो भावी आन्दोलनको समीक्षा गर्नेछ । आफूहरूसँग १० वर्षे आन्दोलनमा सँगै रहेको एमाओवादीले संविधानसभा निर्वाचनमा भाग लिएर ठूलो भूल गरेको माओवादी दस्तावेजमा उल्लेख गरिएको राजधानी दैनिकमा खबर छ । दस्तावेजमा एमाओवादीसँग कार्यगत एकता वा पार्टी एकीकरण दुवैको प्रस्तावसमेत वैद्यले राखेका छन् । ‘एमाओवादीले दोस्रो संविधानसभा निर्वाचनमा प्राप्त गरेको परिणाम कार्यदिशाकै कमजोरीले हो,’ स्रोतले वैद्यको दस्तावेज उद्धृत गर्दै भन्यो, ‘उहाँहरूलाई हेटौंडा महाधिवेशनले लिएको कार्यदिशा त्यागी पार्टी एकतामा आउन आह्वान गर्दछौं । ’ संविधानसभामा भाग नलिई गोलमेच सभाबाट संविधान निर्माण गर्नुपर्ने बताउँदै आएको माओवादीले एमाआवादी संविधानसभामा भाग नलिए र गोलमेच सभाले नै संविधान बनाउने निष्कर्षमा पुगे ऊसँग कार्यगत एकता हुन सक्ने जनाएको छ । एमाओवादीले भारतसँगको सामीप्य बढाएकोप्रति आपत्ति जनाउँदै आएको माओवादीले केन्द्रीय समिति बैठकमा भारतप्रति पार्टीको साझा धारणा तय गर्ने भएको छ । उसले एमाओवादीको हेटौंडा महाधिवेशनले तय गरेको कार्यदिशा भारतको चासोका कारण पारित भएको आरोपसमेत लगाएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक