(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20140108

प्रत्येक राजनीतिक दलहरुमा रुवाबासी, मारामारको राजनीतिक जात्रा देखेर जिल्लाराम आम जनता : - राजन कार्की

संविधानसभाको आहृवान, सभामुखको चयन, सरकारको गठन र संविधान लेखन प्रक्रिया सुरु गरेर संविधान लेखनका बिबादित विषयहरु सहमति अथवा प्रक्रियागत तरिकाले सल्टाउ“दै ६ महिनाभित्रै संविधानको खाका जनबहसका लागि र्सार्वजनिक गर्ने र तत्पश्चात उठेका जनगुनासाहरुलाई संवोधन गरेर एकवर्षभत्रै संविधान जारी हुनेछ भन्ने प्रतीक्षा गरिराखिरहेका आम जनता प्रत्येक राजनीतिक दलहरुमा रुवाबासी, मारामारको राजनीतिक जात्रा देखेर जिल्लाराम परेका छन् । के भएछ ह“ - कुन पार्टर्ीी शोक परेछ - भनेर सोध्ने जनता त्यतिबेला झन आर्श्चर्यमा पर्ने गरेका छन् जब उनीहरुले समानुपातिकमा आफ्नो नाम नपरेकाहरुले विरोधमा सभासद् बेचियो, नाताबाद र कृपावाद गरियो, मापदण्ड मिचियो, रगत बगाउनेको उपेक्षा गरेर पैसा लगाउनेको मूल्याङ्कन भयो भनेर कोलाहल मच्चाएको यथार्थ थाहा पाएका छन् । त्यस्ता पार्टर्ीी नेताहरुले कसरी नया“ संविधान लेखनमा एकचित्त लगाउन सक्लान् - कार्यकर्तालाई थुमथुम्याउन् कि संविधान लेखुन् - समानुपातिकमा न्याय गर्न नसक्नेले संविधानमा
न्याय देलान् - कस्तो बिडम्बना !
राजनीतिक पार्टर्ीी देखिएको रुवावासीको घटना रिपोर्टिङ् गरेर भ्याइ नभ्याई छ पत्रकारहरुलाई । के छाप्ने, के नछाप्ने छुट्याउनै मुस्किल छ सम्पादकहरुलाई । समानुपातिक भनेर कुनै पनि दलले चेपाङ्, मुसहर, सिमान्तकृत दलित महिला अथवा पिछडिएको जातिको प्रतिनिधित्व गराएनन्, न त प्रत्यक्ष निर्वाचनमै उभ्याए । समानुपातिक सूची यस्तो सुके लुतो बन्न पुगेको छ, जुन लुतो कन्याउ“दैमा हैरानी । यो संविधानसभा पनि पहिलो संविधानसभाको नियति भोग्न बाध्य हुने खतराहरु टड्कारै देखिन थालेका छन् ।
राजनीतिक पार्टर्ीीमा देखिएको यो रुवाबासीको रन्को एकातिर छ भने अर्कोतिर एउटाले अर्कोलाई सिध्याउने धराप राजनीति सुरु भएको देखिन्छ । निर्वाचन परिणाम, संविधानसभा बहिष्कार गर्र्छौं भन्ने प्रचण्डका तर्फाट वर्षान पुनले भनिदिए- हामी कांग्रेसलाई 'बिना र्सत' र्समर्थन गर्र्छौं । चुनावी सरकार बनाउन कांग्रेसलाई निम्त्याएर सुशील कोइरालालाई अस्वीकार गरेर खिलराज अघि सार्ने एमाओवादीले अहिले किन त्यही कांग्रेस र उनै सुशील कोइरालाकै नेतृत्वमा बन्नलागेको सरकारलाई बिना र्सत र्समर्थन गर्ने - पहिले कांग्रेसले धा“धली गर्‍यो, छानबिन हुनर्ुपर्छ भन्नेले ९० ड्रि्री फनक्कै यू र्टन गरेर अहिले बिना र्सत र्समर्थन दिन्छु भन्नु 'यो त अलि हजम भएन नि -' कतै यो बिना र्सतभित्र तीरजस्ता धराप त छैनन् - ट्याक्टिकल इक्विलिब्रियममा चल्ने एमाओवादीले कसैलाई पनि सित्तैमा सरकार चलाउन बिना र्सत र्समर्थन दिनु भनेको बाघले घा“स खान थालेछ भनेजस्तै हो । अर्थात्, कांग्रेसलाई ०६५ पछिका माओवादीले सिर्जना गरेका अराजकता, दण्डहीनता र भ्रष्टाचारको दलदलमा फसाउने चालबाजी हुनसक्छ ।
खुला सत्य हो- एमाओवादी संविधानसभा हाम्रो एजेन्डा हो भन्छ । आफ्नो एजेन्डामा टेकेर कांग्रेस, एमालेले संविधान जारी गरेको एमाओवादीलाई कसरी पाच्य हुनसक्छ - त्यसै पनि प्रचण्डले भनिसकेका छन्- प्रतिगामीले हामीलाई हराए, यथास्थितिवादीले जिते । तिनै प्रचण्ड पार्टर्ीीत्र भन्छन्- जनताले हामीलाई दनक दिएकै हुन् । अर्थात् एमाओवादीभित्र हुटहुटी औडाह छुटेको सहजै बुझिन्छ । यो औडाह छुट्नु भनेको कांग्रेस, एमालेलाई कसरी संविधान निर्माण र घोषणा गर्न रोक्ने भन्ने नै हो । कांग्रेस र एमाले मिलेर संविधान जारी गरिदिए भने एमाओवादीको सिद्धान्त, अर्थ र औचित्य मेनलाइनबाट उछिट्टएिको रेलयात्रा बन्न पुग्नेछ । त्यसैले पनि एमाओवादी जसरी पनि कांग्रेस, एमालेलाई असफल पार्ने र संविधान जारी गर्न रोक्ने रणनीतिलाई प्रभावकारी पार्न 'बिना र्सत' र्समर्थनको धराप थापेको हुनसक्छ ।
एमाले खोई के हो, के हो - रागिनी उपाध्यायको अमर्ूत चित्रजस्तो । शंकर कोइरालाको कविताजस्तो । बुझिनेजस्तो पनि, नबुझिने जस्तो पनि । ०४६ सालपछिका उसको तमाम क्रियाकलाप प्रजातान्त्रिक छन् । तर उसका प्रजातान्त्रिक क्रियाकलाप प्रजातन्त्रलाई बलियो पार्न होइन, जसरी पनि सत्तारस चुस्नमात्र सफल भइरहेका छन् । एमाओवादीस“ग हाम्रो बहुदलीय जनवादको सिद्धान्त मिल्दैन भन्ने एमालेका माधव नेपाल, झलनाथ खनालले 'प्रचण्ड शरणम् गच्छामी' रणनीति अ“गालेर कसरी प्रधानमन्त्री बन्न सफल भए र प्रचण्डकै टाउकोमा घिरिङ् खेले भन्ने विषय नेपालीले भोगिसकेका छन् । अहिले त्यही एमाले हामी पनि कांग्रेसभन्दा के कम - भन्दै राष्ट्रपति हामीलाई चाहियो, १६ वटा मन्त्रालय पनि चाहियो भनेर कांग्रेसको कोठाचोटामा द्यौसी मा“ग्न थालेका छन् । यही द्यौसीभैलोको कारण कांग्रेसले एमाओवादी र साना दलहरु मिलाएर सरकार बनाउ“दा के होला - भन्ने विषयमा सामान्य छलफल गर्न बाध्य भएका दृश्य पनि देखिएकै हो । अर्थात् कांग्रेसलाई निचा देखाउन र आफ्नो प्रभावकारिता स्थापित गर्न एमालेले पनि धराप थाप्न पछि परेन । कांग्रेस ठूलो पार्टर्ीीो, एकवर्षभत्र संविधान जारी हुन्छ भनेर बृद्ध सभापति सुशील कोइराला अहिले पनि फलाकी रहेका छन् तर उनको जीवनभरिको निष्कलंक राजनीतिलाई कलंकित पारिदिन, सुशील असक्षम हुन् भन्ने प्रमाणित गरिदिन एमाओवादी र एमालेले थापेको धरापबाट कसरी उनी उम्किने हुन्, कांग्रेसको यो जोखिमपर्ूण्ा राजनीतिक सातघुम्तीको यात्रा सबैका लागि उत्सुकताको विषय भएको छ ।
संविधान बन्न दिने कि नदिने - यो प्रश्न एमाओवादी र एमालेका सामु तर्ेर्सिएको यक्ष प्रश्न हो । कांग्रेसले सत्ताको काठीमा चढेर सरकार हा“क्छ र संविधान निर्माणमा लाग्छ । यो निश्चित छ कि संविधान नबन्नु भनेको कांग्रेसले साख र समाजवादको साज दुबै गुमाउनु हुनेछ । यता संविधान बन्नु एमाओवादीको लागि राजनीतिक रुपमा मृत्युघण्ट बज्नु हो । कांग्रेस र एमाओवादी सफल हुनु भनेको एमालेको भावी राजनीतिक धरातलमा पहिरो जानु हो । संविधान जारी गर्ने जस लिनुमा नै एमालेको भविष्य सुरक्षित देखिन्छ । अर्थात् संकटको बढी चाप प्रचण्ड छ । प्रचण्डले हारमा जित देख्न सकेनन् भने उनले जनताका सामु जाने बाटो बिराउन पुग्नेछन् । एमाओवादीले संविधान बनाउन दिएन भन्ने कुरो जनतामा गयो कि एमाओवादीको राजनीतिमा पर्ूण्ाविराम लाग्यो भनेर जाने हुन्छ । जनता शान्ति, स्थिरता, निर्माणका पक्षमा छन्, बिध्वंश अव जनता सहने पक्षमा छ“दैछैनन् । मंसिर ४ को निर्वाचनको जनादेश एकप्रकारले जनताको हस्तक्षेप हो । यो घटनाबाट सिक्नेका लागि उज्यालो भविष्य देखिन्छ, सिख नलिने हो भने अन्धकार राजनीति पनि छ । जनताले मिलेर संविधान बनाउ भनेका छन्, सहमतिमा र्स्वर्ग कोर्ने र का“चुली फर्ेर्ने मौका यही हो । यो मौका न प्रचण्डले गुमाउन मिल्छ, न चुनाव बहिष्कार र चुनाव रद्द गर्नुपर्छ भन्ने बैद्यले गुमाउनु हुन्छ । एमाले त जसरी पनि सहयात्रामा लाग्नर्ैपर्छ । मधेसीहरुले मधेसको झापड खाइसकेका छन्, उनीहरुका सामु अर्को मधेस आन्दोलनको कुनै माने देखिदैन । बरु सुधारिनु उत्तम हुनेछ । अर्थात्, भद्रगोलको भद्रो जो हर्ेर्दैछ, उसले राजनीतिक काललाई कुतकुत्याउ“दैछ भन्दा फरक पर्दैन ।
जनताले ब्यालेटभन्दा कोही बलियो हु“दैन भनिदिएका छन् । यो सन्देशको सम्मान गर्ने प्रथम जिम्मेवारी कांग्रेसको का“धमा आइसकेको छ । यही जिम्मेवारीको जगमा उभिएर कांग्रेसले सकभर र्सवसम्मत र नभए बहुमतीय प्रक्रियाबाट संविधान लेखनलाई प्राथमिकता दिनर्ैपर्छ । संविधान निमर्ँणको ठूलो व्यवधान भनेकै एक मधेस एक प्रदेश र जातीय पहिचानसहितको संघीयता हो । यसबाहेक शासकीय पद्धति, शक्ति पृथकीकरणको प्रत्याभूतिको निक्र्यौल गर्नुमा पनि सामान्य समस्या देखिन्छन् । संघीयताको संख्या, सीमा, स्वरुप, अधिकार ठूला विषय होइनन् । राष्ट्रिय अखण्डतालाई बिखण्डनको खतरा मुक्त पार्न आत्मनिर्ण्र्ााो अधिकारलाई कुनै पनि हालतमा बन्देज लगाउनु पर्छ । यी विषयलाई निर्वाचन परिणामले अस्वीकार गरिसकेको छ । मुख्य समस्या जनयुद्धकालका फौजदारी अभियोगको निरुपण कसरी गर्ने भन्नेमा आउनसक्छ । 'आम माफी' का पक्षमा कांग्रेसलाई उभ्याउन एमाओवादीले 'बिना र्सत' र्समर्थनको ललीपप चुसाउन खोजेको हुनसक्छ । यो विषयमा अपराधको साक्षी बस्ने होइन, सत्य बक्ने र अन्तर्रर्ााट्रय नजीर तथा बिधिको शासन, मानवाधिकारको मानकमा -क्षमादान र कारवाही) जे उपयुक्त ठानिनेछ, त्यही अडानमा उभिनर्ुपर्छ कांग्रेस । अव पाखण्ड पर््रदर्शन हर्ेर्दैन जनताले । नेपाली कांग्रेसले समाजवादको व्याख्या र प्रजातन्त्रको बिडा उठाएको पार्टर्ीीनेको कांग्रेस नै हो भनेर प्रमाणित गर्ने अवसर आएको छ । कांग्रेसजन- सभासद्, सत्ताशक्ति नपाएको कोलाहल गर्न छाडेर सैद्धान्तिक आधार तरास्ने कारिगरी पर््रदर्शन गर । यसैमा देखिएको जनाधार स्थिर रहनेछ, नया“ जनाधारको सीमा बिस्तृत हुनेछ । यो अवसर अन्य पार्टर्ीीका लागि पनि उत्तिकै महत्वको छ ।
नेपाली कांग्रेसले भर्खर वीपी जयन्तिका अवसरमा मेलमिलाप दिवस मनाएको छ । यो दिवसको सान्दर्भिकता तव सिद्ध हुनेछ जब सुशील कोइरालाको नेतृत्वमा राजनीतिक सहमति बन्नेछ र यही सहमतिले संविधान निर्माण गर्न सक्नेछ । अहिले पनि संविधान बनेन भने कहिले संविधान नबन्न सक्छ । फेरि संविधान बन्ने, शान्ति स्थापित नभए के गर्ने - भन्ने प्रश्न पनि छ । राजनीतिक अस्थिरताका साङ्गोपाङ्गो समाधान नेपालको आवश्यकता हो । यो आवश्यकताको परिपर्ूर्तिका लागि जनताले कांग्रेसको नेतृत्वमा राजनीतिक सहमति र सहकार्य खोज्ने जनादेश दिएका छन्, त्यो जनादेशको निर्वहन गर्नु कांग्रेसको गुरुतर दायित्व हो ।
त्यसैले मान्छे मरेको घरजस्तो देशलाई रुवाबासीको कोलाहलमा पार्न रोकिनर्ुपर्छ । देशबाट संकट टर्‍यो भने कसले पाउनुपथ्र्यो पाएन, कसलाई न्याय वा अन्याय भयो, पछि मासको दाना फोडेर, तीलको दाना चिरेर हिसावकिताव गर्न सकिन्छ । संविधान बनाउने बेलामा रुवाबासी गर्नु भनेको संविधान लेख्न बाधाव्यवधान खडा गर्नु हो । सबैले रुवावासी रोकेर, संविधान लेख्न दबाब सिर्जना गरे कसो होला ?

किन ह्यूगो बन्न चाहेनन् नेताहरु ?
- राजन कार्की
इतिहासकारहरु साक्षी छन्- खोटरहित नौवटी कन्याको नवयोनी पूजा गर्ने, तिनलाई नौ भैरवी मानेर उन्मत्त भैरव मैथुन गर्ने नेपालका पर्ूवराजा भनौं अथवा ढेढ वर्षा छोरा गिर्वाणलाई सिंहासनमा राखेर स्वामी महाराज बनेका रणबहादुर शाह भनौं- यिनले सिक्किमदेखि गढवालसम्मको राज्य थामेकै थिए । रसदपानीको मुहान छेकेर छलद्वारा १८१६ मा सुगौली सन्धिमा बृहद नेपालका सीमाहरु सा“घुरिए पनि राणाहरुले जनबल र राजालाई साक्षी राखेर पर्ूर्वी नेपाल र नया“ मुलुक फिर्ता ल्याएकै हुन् । देशका सीमा बचाएकै हुन् । त्यस्ता बहादुरहरुको देशमा 'लाल बहादुर' ले लाल क्रान्ति गरेर राजतन्त्र मिल्काइदियो । तर, निरङ्कूशता, र्सवसत्तावाद, कूशासन र विदेशी हस्तक्षेप, अतिक्रमण फाल्न सकेन । हिजो 'हुकुमीतन्त्र' थियो, आज 'रकमीतन्त्र' चलेको छ । भनिन्छ, स्वीस वैंकमा नेपाली सम्पत्तिको भकारी नै छ । देश निर्माणमा त्यो भकारी पैट्याउन सके नेपाली युवाले खाडीमा गएर अकालमा मर्नुपर्ने थिएन । वीपीले भनेका थिए- '१८१६ को सुगौली सन्धिपछि नेपाल देश बन्यो । नेपाल राष्ट्र बनाउने प्रयत्न भएन । शरीरको ढा“चा खडा भयो, त्यसमा आत्मा आउन सकेन ।' २०६४ र २०७० सालको संविधानसभाको निर्वाचनपछि लोकतान्त्रिक हु“ भन्ने कांग्रेस, एमाले, एमाओवादी र मधेसी दलहरुले राष्ट्रको ढा“चामा आत्मा भर्न राजनीतिक प्राण प्रतिष्ठा गर्छन् भन्ने जनविश्वास पानी बगेझैं बगिरहेको छ । जनयुद्ध र जनआन्दोलनपछि पनि बिधि होइन, कुनै न कुनै प्रकारको ब्याधाकै शासन चलिरहेको छ । कस्तो अभागी खप्पर रहेछ नेपाल र नेपालीको -
लोकतन्त्र, स्वाधीनता र मुलुकको अस्तित्व खतरामा परेको छ । खतरा को हुन्, कहा“बाट छ - स्पष्ट छैन । जनआन्दोलनको सफलतापछि लोकतन्त्रको युग सुरु भएको हो । लोकतन्त्र युगका युगनायकहरु यिनै दल हुन्, नेता पनि यिनै हुन् । फरक यत्ति छ, गिरिजाप्रसादको देहावशानपछि उनका भतिजा सुशील कोइराला कांग्रेसी नेतृत्वमा आएका छन्, राजपा र राप्रपा मिलेका छन् र मधेसी दलहरुमा फुटेर दर्जनौं पार्टर्ीीने । जब राजनीतिक मैदानका खेलाडी पात्र यिनै हुन् भने खतरा यिनको असक्षमताबाट मात्र छ । पार्टर्ीी नेता आयात गर्ने सवाल भएन, यिनलाई जनताले सही मार्गमा ल्याउन सकेनन्, यिनीहरुले आफ्नो कर्तव्यबोध गरेनन् । यही हो सबैभन्दा ठूलो खतरा ।
२०६३ साल वैशाख ११ गते २४० वर्षो शाही शासनले जनताको आन्दोलनका सामु घु“डा टेक्नु भनेको 'प|mान्सको राज्यक्रान्ति'भन्दा कम थिएन । प|mान्समा राज्यक्रान्तिपछि पुनःनिर्माणको क्रम सुरु भयो । नेपालमा राजाले जनताका सामु 'सरेन्डर' गरेपछि सुरु भएको भा“डभैलोको अन्त हुने लक्ष्यण नै देखिन्न । प|mान्सको क्रान्तिपछि कहिल्यै र्सवसत्तावाद दोहोरिएन, नया“ भविष्यको खोजी भइरहृयो । नेपालमा जसरी पनि सत्तामा जाने अनावश्यक होडबाजीका कारण अस्थिरता बढ्दै गएको छ । हिजो दरवारले गल्ती गर्‍यो, आज अग्रगमनकारी आवरणमा राजनीतिक नेताहरु गल्तीपछि गल्ती गर्दैछन् । रामायणको कथामा सीताले लक्ष्मणरेखा नाघ्दा धेरै कुरा नष्टभ्रष्ट भयो, त्यस्तै बितण्डायुक्त नेपाली लोकतन्त्रको कथा प्रसङ्ग बनेको छ । मुलुक र मुलकवासीको भविष्यस“ग खेलबाड गर्ने कसैको भलो भएको इतिहास छैन । लोकतन्त्रलाई र्सवसत्ताबादमा रुपान्तरण गर्ने नेताहरुको कल्याण होला र -
कस्ता होलान् जनयुद्ध हा“क्ने प्रचण्ड - प्रचण्ड प्रकट हु“दा मनका उत्कण्ठा मेट्न, उनले खुलामञ्चमा भाषण गर्दा प्रचण्डलाई हर्ेन, सुन्न म पनि गए“ । त्यतिबेलाको मेरो मनमा खेलेका प्रचण्डको फोटो प|mान्समा वैचारिक आन्दोलन छेड्न सक्ने देशभक्त भिक्टर ह्युगो जस्तो थियो । जब ह्युगोको मृत्यु भयो, प|mान्सका तरुनी उमेरका अनगिन्ति युवतीहरुले 'एउटा ह्युगो' जन्माउने लालसाले गर्भाधान गराइदिन युवा, अधबैंसे, बुढाहरुलाई आफ्नो कौमार्य जवानी सुम्पेका थिए । देशभक्तिको आ“धी थियो त्यो । मलाई लाग्यो- नेपालको इतिहासमा प्रचण्ड भिक्टर ह्युगो हुन्, जसले नया“ नेपालको सुन्दर भविष्यलाई सुन्दर बर्तमान बनाइदिनेछन् । नेपालको अस्तित्वलाई सगरमाथाझैं अटल बनाइदिने छन् । समय बित्दै गयो र प्रचण्डको करिस्मा चम्किएन, खिया लाग्दै गयो । गत मंसिर ४ को निर्वाचनमा त कसिंगर बनेको देखियो । त्यो चमत्कारिक व्यक्तित्व, त्यो विश्व समाचारमा छाएका प्रचण्डको तस्वीर र आज लज्जास्पद रुपमा चुनाव हारेका प्रचण्डको अनुहार - नेताको गल्तीलाई गर्दा जनताले कसरी मूल्याङ्कन गर्दो रहेछ - मजस्ता प्रचण्डप्रेमी, मजस्ताको मनको प्रचण्ड यतिबेला धुमिल तस्वीरमा सिमित हुनपुगेको छ ।
लाइट अफ एसियाको देशमा 'लाइट अफ नया“ नेपाल'का झल्कासम्म देखा परेन । व्रि्रोहको कुरा गर्ने र सत्ता हत्याउने, लोकतन्त्रको भाषण गर्ने र जनवादको स्कूललिङ गर्ने । डा. जेकिल एण्ड हाइडका अनुहारका नेताहरु देख्दा लाग्छ नया“ नेपाल भनेको यही अराजकता, अव्यवस्था हो । बैद्यले जनव्रि्रोहको जगमा जनवाद उमार्ने रोपाइ“ थालेका छन् । हर्ेर्दैजाउ“, १० वर्षो जनयुद्धकालमा १७ हजारको टाउको काटियो, लोकतन्त्रको आवरणमा जनव्रि्रोहको बाली काटिंदासम्म अरु कति हजार लोकको टाउको काटिने हो -
राजनीतिमा नैतिकताभन्दा मूल्यवान अरु केही हु“दैन । नैतिकता नभएको व्यक्ति असल नागरिक हुनसक्दैन, त्यो व्यक्ति असल नेता हुन सक्दैन, ऊ राष्ट्रवादी पनि हुनसक्दैन । यो तुलोमा तौलने हो भने हाम्रा नेता भनेका प्रचण्ड, सुशील, झलनाथ, माधव, केपी ओली, विजय गच्छदार, महन्थ ठाकुर, राजेन्द्र महतोहरु हुन्, यिनीहरु राजनीतिक धर्मप्रति कति इमान्दार छन्, र्छलङ्ग छैन र - राजनीति बेइमानी र निष्ठाहीन मुनाफाको व्यापारशास्त्र बन्न पुगेको छ । २०५६ सालमा डायनाले भनेकी थिइन्- प्रिन्स चार्ल्स बृटेनको गद्दीमा बस्न लायक छैनन् । डायनाले मेरो परपुरुषस“ग सम्बन्ध छ । तैपनि उनको मृत्युपछि उनको लाशलाई बिदाई गर्न कहिल्यै कसैलाई नकर्ुने र कसैका सामु नझुक्ने बेलायतकी महारानीले कुरिन्, झुकिन् र बिदाई गरिन् । मनमा कालो राख्ने र मन खोलेर बोल्नेवीचको भिन्नता यही घटनाले छुट्याउ“छ । त्यस्तो शवयात्रा गिरिजाप्रसादको भएन, अरु कुनै नेताको अन्तिम बिदाईमा सम्भव होला -
वीपीजस्ता दूरद्रष्टा पहिले नै बिते । मदन भण्डारी, मनमोहन अधिकारीहरुले पनि जीवनलाई बिसाए । मुक्तिको संवाहक बनेकाहरु चट्टान बन्न सकेनन्, सबै कृष्णभीरको सलल बग्ने पहिरो बन्न पुगे । पहिरोले थिचिए, मिचिए, मरिरहेछन्, राष्ट्र र राष्ट्रवासी । अन्धकारमा गुप्ती खेल खेल्ने नेताका खेलहरु अहिले पनि अ“ध्यारा कोठाहरुमै खेलिदैछन्, अन्धकार बाक्लिदै गएको छ । भाले कहिले बास्छ र उज्यालो हुन्छ भन्ने कुनै निश्चितता छैन । किनभने आज पनि नेताहरु संविधानसभालाई निकास र विकासको थलो बनाउन हिचकिचाइरहेका छन् । अक्षम राजनीतिले मुलुक पराधीन र शान्तिसुरक्षा अराजक हुनेरहेछ । यसैले विदेशी चलखेल ह्वात्तै बढेको छ र जननेताह 'कठपुतली शैली'मा चलायमान भएको देखिन्छ । कस्तो बिडम्बना - कहा“ छ खोई प्रजातान्त्रिक दियालो र उज्यालो - भन्दै कवि क्षेत्रप्रताप अधिकारी लेख्छन्-
घामले घुम्टो ओढेको बेला
आस्था कहा“ सुकाउ“ भइरहेछ
बाजले आ“खा तरेको बेला
देश कता लुकाउ“ भइरहेछ ।
कांग्रेसका कार्यकर्ता भएर पनि खरो बोल्ने विश्लेषक हुन्- पुरुषोत्तम दाहाल । उनले लेखेका छन्- जो स्वतन्त्र हुन्छन्, ती कम्युनिष्ट हु“दैनन् । जो कम्युनिष्ट हुन्छन्, ती स्वतन्त्र हु“दैनन् । इरानका तानाशाह खोमेनीको मुख्य काम कुरानको प्रवचन दिनुहोला, लोकतन्त्रमा निर्वाचन भइसकेपछि पनि भूमिगत गिरोहजस्तो संयन्त्र र खली खाइसकेपछि पनि अझै किन व्रि्रोहको बर्बर भाषण घन्किरहेको छ - लोकवादी भनिने नेताहरु 'राजनेता'को सम्मान आर्जन गर्न लालायित नहुनु जस्तो आर्श्चर्य कुन छ - एक युगमा एकपटक आउने ०६४ को संविधानसभालाई सफल पारेको भए, यतिखेर स्थिरता र विकासको बाली लहलह भइसकेको हुनेथियो । ०७० को संविधानसभालाई सफल पार्दा देरी होला, यसबाट पनि स्थिरता र विकास रोप्न सकिन्छ, फलाउन र भित्र्याउन सकिन्छ । तर, नेताहरुमा दोस्रो संविधानसभालाई पनि सफल पार्ने इच्छाशक्ति प्रवल भएको देख्न सकिन्न । नेपाली राजनीति दर्पणमा ०६३ सालको वसन्त परिवर्तन अर्थात 'प्रचण्ड परिवर्तन' त भयो तर यो परिवर्तन अहिलेसम्म क्रुर व्यङ्गमा सिमित हुनपुगेको छ ।
क्षिमेकको इतिहास छ- महात्मा गान्धी बेलायतबाट फर्केपछि सन्तको जीवन रोजे । उनलाई नपुग्दो के थियो - तर उनी राष्ट्र र लोकतन्त्रको मार्गदर्शक बने । शताब्दीकै महामानव भए । महात्मा गान्धी जनसम्मानका सगर बने, यसकारण उनको तस्वीरका सामु सबैले शीर निहुराउ“छन् । जनयुद्ध, समाजवादी र जनवादीहरुले र्सवमान्य बन्ने राजमार्ग रोज्न चाहेनन् । हाम्रा नेताहरु गुट र फुट, सत्ता र भत्ताका लागि मरिहत्ते गर्ने स्वार्थको पोकोमात्र बनिरहेका छन् । कुनै शिक्षक छन् भने उनले दीक्षा दिनुपर्‍यो- सरदार र सन्त, नेता र राजनेताको भिन्नता के हुन्छ - भिक्टर ह्युगो र हाम्रा नेताहरु ः ह्यूगो पश्चिमको उज्यालो इतिहास, हाम्रा नेताहरु नेपालको अ“ध्यारो कालखण्ड । यही अ“ध्यारो कालखण्डमा छटपटाइरहेको छौं हामी । हाम्रो यो छटपटाहटको अन्त्य कहिले होला ?

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक