20140103

भ्रस्टाचार बिरुद्धको एउटा अनुकरणीय कार्य बिदेशबाट !

अमेरिकाको टेक्सासमा रहेर नेपालको भष्ट्राचार विरुद्द सकृय संस्था हेम–सरिता पाठक प्रतिष्ठानले नेपालका उत्कृष्ट चारजनालाई स्वच्छ् नागरिक सम्मान प्रदान गर्ने भएको छ ।
logoदेशमा रहेको भष्ट्राचार अन्त्य गर्न सकृय प्रतिष्ठानले आ–आफ्नो क्षेत्रबाट भष्ट्राचार अन्त्य गर्न लागि पहल गर्दै उदाहरणीय काम गर्न सफल चार जनालाई स्वच्छ नागरिक सम्मान प्रदान गर्न लागेको हो । प्रतिष्ठानका प्रमुख संरक्षक हेम पाठकले जारी गर्नुभएको विज्ञप्तीमा राजनीति, न्याय, सुरक्षा र प्रशासन क्षेत्रका एकएक जनालाई सम्मान प्रदान गर्ने जनाउनुभएको छ । हरेक वर्ष भष्ट्राचार विरुद्धमा उत्कृष्ट काम गर्ने पत्रकार, कलाकार र साहित्यकारलाई पुरस्कार प्रदान गर्दै आएको प्रतिष्ठानले राजनीति, प्रशासन, सुरक्षा र न्याय नै देशका मुख्य अंग भएकाले यस क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई नागरिक सम्मान गर्दा सकारात्मक सन्देश
प्रबाह हुने जनाएको छ ।
भष्ट्राचार अन्त्य अभियानमा बल पुर्याउने नागरिक अभियान घोषणा गरेको जनाइएको छ । उत्कृष्ट व्यक्ति छनौटका लागि प्रतिष्ठानले संसारभरका नेपालीहरुबाट सुझावस्वरुप नाम संकलन गरेपछि धेरैले मन पराएका व्यक्तिलाई नागरिक सम्मान प्रदान गरिने जनाइएको छ
आफूलाई उत्कृष्ट लागेका ब्यक्तिको नाम फागुन मसान्तसम्म प्रतिष्ठानका प्रमुख संरक्षक हेम पाठकको ईमेल ठेगना hempathak134@gmail.comमा पठाउनुपर्ने छ ।
प्रतिष्ठानले प्रत्येक वर्ष भष्ट्राचारविरुद्ध उत्कृष्ट कविता लेख्नेलाई प्रदान गर्दै आएको एक हजार अमेरिकन डलरको पुरस्कार यस वर्ष पनि प्रदान गर्ने भएको छ ।
भष्ट्राचारविरुद्धको कविता प्रतियोगितामा सहभागी हुन आगामी फागुन मसान्तसम्ममा २ सय ५० शब्द नबढाई प्रतिष्ठानको ईमेल ठेगना  hemsaritafoundation@gmail.com मा पठाउनुपर्ने छ ।
यस वर्षको उत्कृष्ट कबिता चयन गर्न प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राध्यापक गंगा उप्रेतीको संयोजकत्वमा छनौट समितीको बनेको छ ।  भष्ट्राचारविरुद्ध नयाँ पुस्तालाई शिक्षा प्रदान गर्ने उद्धेश्यकासाथ प्रतिष्ठानको सहयोगमा काठमाडौको साँखुमा विद्यालय पनि खोलिएको छ ।

एक वर्षमा संविधान नबने जनमतसङ्ग्रहः नेपाल

DSC_0032
DSC_0087
DSC_0136
DSC_0161
DSC_0209
DSC_0210
DSC_0225
DSC_0289
DSC_0310
DSC_0326
काठमाडौँ, ६ पुस । नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एक वर्षभित्रमा नयाँ संविधान जारी हुन नसके समस्यालाई अल्याएर नराखी विवादित विषयमा जनमतसङ्ग्रह गर्नुपर्ने बताउनुभएको छ ।
बज्रयोगिनी गाविसको घुमारचोकस्थित उग्रतारा निम्नमाध्यमिक विद्यालयमा हेम सरिता पाठक एकेडेमीले स्थापना गर्ने नयाँ भवनको शिलान्यास कार्यक्रममा नेता नेपालले छ महिनाभित्र मस्यौदा र एक वर्षभित्रमा संविधान जारी गरेर अब मुलुकलाई आर्थिक क्रान्तिमा लैजानुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘संविधानमा विवादित सवालमा सहमति हुन नसके समस्यालाई अल्झाएर राख्नु हुँदैन, जनमतसङ्ग्रहमा जानुपर्छ ।’
केही दलहरुका आग्रहरू समझदारीमा परिणत हुन लागेको र अब चाँडै संविधानसभाको बैठक बस्ने भन्दै समझदारी नभए जनमतसङ्ग्रमा जानुपर्ने धारणा उहाको थियो ।
नेता नेपालले मुलुकलाई दीगो शान्ति, राजनीतिक स्थिरता, विधिको शासन र सुशासनका माध्यमबाट आर्थिक विकास आवश्यक भएकाले त्यसतर्फ सबैले योगदान गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेता नेपालले ३० हजार अमेरिकी डलरमा बन्न लागेको सो विद्यालयको नयाँ चारकोठे भवनको शिलान्यास गर्नुभयो ।
एकेडेमीको आग्रहमा अमेरिका निवासी भारतीय मूलका व्यावसायी आमिर अलिले सो सहयोग दिनुभएको थियो ।
एकेडेमीका अध्यक्ष हेमप्रसाद पाठकले सो विद्यालय र गाउँलाई नै नमूना बनाउन आफूहले दीर्घकालसम्म सहयोग गर्ने घोषणा गर्नुभयो ।
तामाङवस्ती बज्रयोगिनी गाविसका बालबालिका अध्ययन गर्ने सो विद्यालयमा एक सय ४० जना छन् ।
कार्यक्रममा सभासदहरू गोकर्ण विष्ट, रामेश्वर फुयाँल, नेपाल प्रहरीका डिआइजी विज्ञानराज शर्मा, अमेरिका निवासी गायक प्रेमराजा महत, गायक जीवन शर्मालगायतको उपस्थिति थियो । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक